धरान (सुनसरी) सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँले ३५ हजार ७४१ मत प्राप्त गर्नुभयो ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गर्नु भएको छ ।
यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































