किमाथाङ्का (सङ्खुवासभा), प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको अग्रता कायम गर्नुभएको छ ।कार्कीले हालसम्म पाँच हजार ४८३ मत प्राप्त गर्नुभएको छ । कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले चार हजार ७५९ मतसहित पछ्याइरहनुभएको छ । उहाँहरुबीच ७२४ मतान्तर छ ।
नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले तीन हजार ३४३, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले दुई हजार २६१ नेपाली कम्युनिष्ट पार्टीकी सरिता थापाले ५२२ मत प्राप्त गर्नुभएको जनाइएको छ । सङ्खुवासभामा हालसम्म १७ हजार ९४४ मतगणना भइसकेको छ ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































