गोरखा, प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ । आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्नुभएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गर्नुभएको छ ।यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्नुभएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































