‘विजयसाल सामुदायिक घरवास’मा बढ्दै पाहुनाको आकर्षण

कञ्चनपुर,  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ ।विगतमा साहुको घरमा श्रम बेचेर जीवन गुजार्न बाध्य भएका थारु समुदायका परिवारहरू आज आफ्नै गाउँमा घरवास (होमस्टे) सञ्चालन गरेर आत्मनिर्भर बन्ने यात्रामा अगाडि बढिरहेका छन् ।

 

 

थारु बस्तीमा सञ्चालन गरिएको ‘विजयसाल’ अहिले स्थानीय समुदायको आयआर्जनको भरपर्दो माध्यम बन्नुका साथै थारु संस्कृति संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धनको नमूना बनेको छ । बस्तीका विस्पति चौधरीले घरवास सञ्चालन गरेको केही वर्षमै आफ्नो जीवनमा ठूलो परिवर्तन आएको अनुभव सुनाउनुहुन्छ । घरवास सुरु गर्नु अघि उहाँले परिवार पाल्न ज्याला मजदुरी गर्नुपर्ने अवस्था थियो ।

 

 

 

“पहिला हामी दैनिक ज्यालामजदुरी गरेर जीवन चलाउँथ्यौँ”, उहाँले भन्नुभयो, “घरवास सञ्चालन गर्न थालेपछि आम्दानीको नयाँ बाटो खुल्यो, पाहुनाको आगमन भइरहन्छ, यसले जीविका चलाउन धेरै सहज बनाएको छ ।” घरवासमा आउने पाहुनाको निरन्तर आगमनले चौधरीको मात्र होइन, बस्तीका अन्य परिवारको पनि आम्दानी बढ्दै गएको छ । अहिले यहाँका छ परिवार मिलेर विजयसाल सामुदायिक रूपमा घरवास सञ्चालन गरिरहेका छन् ।

 

 

 

घरवासमा आबद्ध सबै परिवारले पाहुनालाई बस्नका लागि छुट्टाछुट्टै घर निर्माण गरेका छन् । ती घरहरू परम्परागत थारु वास्तुकलाको झल्को दिने गरी निर्माण गरिएका छन् । बाहिरबाट हेर्दा माटो र काठले बनेका परम्परागत घरजस्तै देखिने भए पनि भित्र आधुनिक सुविधा उपलब्ध गराइएको छ ।

 

 

पाहुनालाई सहज बसोबासका लागि प्रत्येक कोठामा एटेच बाथरुम, आरामदायी बेड तथा वाइफाइ सेवा उपलब्ध गराइएको छ । दुई जना बस्न मिल्ने गरी तयार गरिएका कोठाहरूमा पाहुनाले गाउँको वातावरणसँगै आधुनिक सुविधाको अनुभव पनि गर्न सक्छन् ।

 

 

घरवास परिसरमा पाहुनालाई बस्नका लागि चार वटा आकर्षक गोल घर निर्माण गरिएका छन् । त्यस्तै पाहुनाको स्वागत तथा सामूहिक कार्यक्रमका लागि छुट्टै सामुदायिक हलको पनि व्यवस्था गरिएको छ । यसले घरवासलाई केवल बस्ने ठाउँ मात्र नभई सांस्कृतिक गतिविधि र सामुदायिक अन्तक्र्रियाको केन्द्रका रूपमा पनि विकास गरेको स्थानीय दुर्गा चौधरी बताउनुहुन्छ ।

 

 

“घरवासको नाम ‘विजयसाल सामुदायिक घरवास’ राखिनुको पनि विशेष कारण रहेको छ”, उहाँले भन्नुभयो, “विजयसाल बहुऔषधीय गुण भएको वनस्पति हो, जसलाई स्वास्थ्यका दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ, विजयसालको काठबाट बनेको भाँडामा पानी राखेर पिउँदा मधुमेह तथा रक्तचाप नियन्त्रणमा सहयोग पुग्ने मान्यता रहेको छ, पछिल्लो समय वनजङ्गलमा यो रुख लोप हुने अवस्थामा पुगेको छ, यसैलाई ध्यानमा राख्दै विजयसालको संरक्षण तथा प्रचार गर्ने उद्देश्यले घरवासको नाम ‘विजयसाल’ राखिएका हौँ ।”

 

 

विजयसाल घरवासको अर्को आकर्षण भनेको यहाँ उपलब्ध हुने परम्परागत थारु खानपान हो । घरवासमा आउने पाहुनालाई उहाँहरूको चाहनाअनुसार विभिन्न स्थानीय परिकार तयार गरेर पस्किने गरिन्छ । घरवास सञ्चालक वसन्ती रानाका अनुसार यहाँ भेज तथा नन–भेज दुवै प्रकारका परिकार पाइन्छन् ।

 

 

“पाहुनाको रोजाइअनुसार खाना तयार गर्छौं”, उहाँले भन्नुभयो, “थारु समुदायका मौलिक परिकार ढिक्री, बरिया रोटी, अन्तीको भात, मिसौला, फुलौरालगायतका परिकार पाहुनाले निकै मन पराउनुहुन्छ ।” यसका अतिरिक्त माछा, गङ्गटा, घोंगी, सुतही, सुँगुरको मासु तथा स्थानीय जातको कुखुराको मासु पनि यहाँका लोकप्रिय परिकार हुन् ।

 

 

कहिलेकाहीँ पाहुनाले मुसाको चटनीसमेत चाख्नका लागि माग गर्ने गरेको सञ्चालकहरू बताउँछन् । त्यस्तै अमिलो–पिरो स्वादको बयरको चटनी पनि पाहुनाले मन पराउने परिकारमध्ये एक हो । जुन घरवास सञ्चालकले अनिवार्य रूपमा परिकारसँगै पस्कने गर्दछन् । घरवासमा उपलब्ध गराइने खानाका परिकारको मूल्य रु १३० देखि रु ३०० सम्म रहेको छ ।

 

 

 

घरवासमा आउने पाहुनाको मनोरञ्जनका लागि थारु समुदायका परम्परागत नृत्यहरू पनि प्रस्तुत गरिन्छ । सामुदायिक हलमा स्थानीय महिला तथा युवाहरूले सखिया, छोक्रा र मघौटालगायतका नृत्य प्रस्तुत गर्छन् । मादल र मञ्जिराको तालमा प्रस्तुत गरिने यी नृत्यले पाहुनालाई थारु संस्कृतिको झलक दिन्छन् ।

 

 

घरवास सञ्चालक परदेशनी डगौराका अनुसार पाहुनाको मागअनुसार सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । “नृत्य देखाएबापत एक घण्टाको रु तीन हजार शुल्क लिने व्यवस्था छ”, उहाँले भन्नुभयो, “यसले पाहुनालाई मनोरञ्जन दिनुका साथै हाम्रो संस्कृति जोगाउन पनि मद्दत पुगेको छ ।” सांस्कृतिक कार्यक्रमबाट प्राप्त रकम कलाकारहरूको सामूहिक कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ ।

 

 

“घरवासमा वर्षभरिमा करिब एक हजार जति पाहुना आएको रेकर्ड छ”, घरवास सञ्चालक लिलाकुमारी चौधरीले भन्नुभयो, “पर्यटन सिजनका बेला यहाँ पाहुनाको चहलपहल निकै बढ्ने गर्दछ, यस वर्षको फागुन महिनामा मात्र करिब २०० पाहुना यहाँ बस्न आएका छन् ।”

 

 

यहाँ आउने पाहुनामध्ये अधिकांश इलाम, धादिङ, मोरङ, सुनसरी, पोखरा र काठमाडौँलगायत क्षेत्रका बढी हुने गरेका छन् । कहिलेकाहीँ विदेशी पर्यटक पनि थारु संस्कृति, रहनसहन र खानपानबारे जान्न उत्सुकताका साथ यहाँ आउने गरेको सञ्चालकहरू बताउनुहुन्छ ।

 

 

 

घरवासमा बस्न आउने अधिकांश पाहुना नजिकै रहेका पर्यटकीयस्थलको अवलोकन गर्न पनि जाने गर्छन् । विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यहाँको मुख्य आकर्षण मानिन्छ । विशाल घाँसेमैदान र दुर्लभ बाह्रसिङ्गा हेर्नका लागि धेरै पर्यटक त्यहाँ पुग्ने गर्छन् । यसका साथै महाकाली नदीमाथि बनेको बहु–स्पान झोलुङ्गे पुलको दृश्यावलोकन गर्न पनि पर्यटक जाने गर्छन् ।

 

 

घरवास नजिकै रहेको सिस्ने सिमसार क्षेत्र पनि प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य मानिन्छ । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी तथा जलचर अवलोकन गर्न सकिन्छ । घरवास सञ्चालनबाट सहभागी परिवारहरूले मासिक रु ३० हजारदेखि रु ३५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । यद्यपि पाहुनाको सङ्ख्याअनुसार आम्दानी कहिले बढी त कहिले कम हुने गरेको सञ्चालकहरू बताउँछन् । स्थानीय बासिन्दाका अनुसार घरवास सञ्चालन सुरु भएपछि गाउँमा आर्थिक गतिविधि बढेको छ ।

 

 

यसले स्थानीय उत्पादनको उपयोग बढाउनुका साथै रोजगारका अवसर पनि सिर्जना गरेको छ । यससँगै थारु समुदायको मौलिक संस्कृति, खानपान र जीवनशैलीको संरक्षणमा पनि सकारात्मक प्रभाव परेको स्थानीय अगुवा सोभा खुना बताउनुहुन्छ ।

 

 

“घरवास सञ्चालनका सफलताका बाबजुत केही चुनौतीहरू पनि छन्” उहाँले भन्नुभयो, “सिजनअनुसार पाहुनाको सङ्ख्या घटबढ हुनु, विदेशी पर्यटकसँग भाषाको समस्या आउनु तथा प्रचारप्रसारको कमी हुनु प्रमुख चुनौतीका रूपमा रहेका छन् ।” सरकारी निकायबाट पूर्वाधार विकास, तालिम तथा प्रचारप्रसारमा सहयोग प्राप्त भएमा यस क्षेत्रलाई ग्रामीण पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।उहाँ भन्नुुहुन्छ, “विजयसाल सामुदायिक घरवासले सङ्घर्षशील मुक्तकमैया समुदायलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ, यसलाई निरन्तरता दिनका लागि सबै पक्षको सहकार्य हुन आवश्यक छ ।”राजेन्द्रप्रसाद पनेरु/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड

काठमाडौँ,   अल्पविकसित मुलुक समूहका अध्यक्ष तथा संयुक्त राष्ट्रङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बहुपक्षीय सहकार्यलाई अघि बढाउन तथा विकासका दृष्टिले सबैभन्दा पछाडि परेका देशहरूका लागि विकास उपलब्धि सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ अपरिहार्य रहेको बताउनुभएको छ ।       न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९