काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटन पुगेका छन । हिजो राती गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । यसरी भर्ना भएका श्रेष्ठलाइ भेटन प्रधानमन्त्री अस्पताल पुगेका हुन ।
गृह मन्त्री श्रेष्ठका स्वकिय सचिव बिजय गौतमका अनुसार उनको स्वास्थ्य स्थीति सामान्य र स्थीर रहेको छ । उनका अनुसार मङ्सिर १९ गते बेलुकी Angiogram गरी देब्रे नसा (left Anterior Descending Coronary Artery) को Angioplasty सम्पन्न गरिएको छ। यसअघि करिब ७ हप्ता अघि चिन भ्रमणको क्रममा उहॉंको left circumflex artery मा Angioplasty गरिएको थियो ।सघन कक्षमा उपचाररत उहॉंको स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयले जनाएकाे छ ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                



































                    
                    
                    
                    
                    


























































































































