काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा दूतावास खोल्ने सम्बन्धमा संसद्को संसदीय सुनुवाई समितिलाई जवाफ दिएका छन्। संसदीय समितिले ‘पोर्चुगलमा दूतावास स्थापना गर्नु पर्नाको कारण, आवश्यकता र औचित्यताको सम्बन्धमा’ सोचेको प्रश्नको जवाफमा शुक्रबार दूतावास खोल्नुको कारण उल्लेख गरेका हुन्।
मन्त्री साउदले नेपाल सरकारको पोर्चुगलमा दूतावास खोल्ने सुझबुझपूर्ण निर्णय गरेको बताएका हुन्।पोर्चुगल हेर्ने जिम्मवारी तोकिएको नेपाली दूतावासबाट पेरिस टाढा रहेको हुँदा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरु राहदानी तथा कन्सुलरसम्बन्धी सेवाका लागि पेरिस आउजाउ गर्न व्यवहारिक कठिनाई हुने गरेको उनको भनाइ छ।
पोर्चुगल र स्पेन बीचको सम्बन्धमा रहेको ऐतिहासिक मतभिन्नताका कारण स्पेनमा रहेको नेपाली दूतावासबाट पोर्चुगल हेर्न सक्ने गरी व्यवस्था गर्न नसक्ने अवस्था भएकोले गर्दा त्यहाँ रहेका चालिस हजारभन्दा बढी नेपालीहरूको हक हितको रक्षा गर्न तथा उनीहरूलाई सहज रुपमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्नका लागि दूतावास स्थापना गर्न आवश्यक भएको उनको तर्क थियो।
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































