काठमाडौं। संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सनिल नेपालको नाम अनुमोदन गरेको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूतमा नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। गत २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...



























































































































































