काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्दैछ । राष्ट्रिय सभाको निर्वाचनमा हुन सक्ने गठबन्धन र उम्मेदवार छनौटलगायत समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा उक्त बैठक बस्नेछ । जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सोमवारको बैठकमा राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा छलफल हुनेछ । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुदैँछ ।





























































































































































