एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक सोमबारबाट सुरु हुँदै छ । सोमबा र मंगलबार दुई चल्ने बैठकले आसन्न राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सचिवालय बैठकले पार्टीका तर्फबाट राष्ट्रिय सभाको निर्वाचनको  उम्मेदवार चयन गर्न मापदण्ड बनाउने र साोहीअनुसार छनौट गरिएको उम्मेदवारलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा लैजाने बताइएको छ । सचिवालय बैठक यसअघि गत मंसिर २८ र २९ गतेका लागि तय गरिएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?