काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमाम आसन्न राष्ट्रियसभा निर्वाचनसहित आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा पनि छलफल हुनेछ ।





























































































































































