काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।पार्टीका सचिव जीवनराम श्रेष्ठका अनुसार कतिपय जिल्लाहरूले अधिवेशन गर्ने
तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै मिति तोक्ने गरी सबै अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको बताए।उनले महाधिवेनमा कसरी नेतृत्व चयन गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए।





























































































































































