को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ?

बुटवल। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)बाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापा( रोज राणा) लाई आइतबार बुटवलमा सपथ खुवाएका हुन् ।

 

बाँकेकी केसी र प्यूठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री चौधरीले अझैँ मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । केसी र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, कांग्रेसबाट राजु खनाल स्वास्थ्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सन्तोषकुमार पाण्डेय गृहमन्त्री, जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्थामन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधारमन्त्री छन् । थप गरिएका दुई मन्त्रीसँगै लुम्बिनीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।

 

थपिएका दुई मन्त्रीमध्ये सरोज थापाको विषयलाई लिएर भने टिकाटिप्पणी सुरु भएको छ । गुण्डागर्दी पृष्ठभूमिबाट आएका थापालाई मुख्यमन्त्री चौधरीले एकाएक मन्त्री बनाएपछि सरकारको नेतृत्व गरेको कांग्रेससँगै सत्तारुढ दलभित्र चर्को आलोचना सुरु भएको छ । कांग्रेसबाट संस्थापन इतर समूहबाट एक जनालाई पनि सरकारमा नलैजाने मुख्यमन्त्री चौधरीको निर्णयप्रति कांग्रेस प्रदेश नेतृत्व असन्तुष्ट बनेको छ ।

 

मुख्यमन्त्री चौधरी सभापति शेरबहादुर देउवा निकट हुन् । मुख्यमन्त्री चौधरीले वन वातावरण पर्यटन तथा खानेपानी मन्त्रालय आफैँले राखेका छन् । १० सदस्यीयभन्दा ठूलो ‘क्याबिनेट’ नबनाउने भनिए पनि भागबण्डा नपुग्ने भएपछि मन्त्रालय फुटाउने गरी सरकारले निर्णयसमेत गरेको छ । गत साताको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ को अनुसूची १ र २ हेरफेर गर्ने निर्णय गरेको हो । नियमावलीको अनुसूची १ मा लुम्बिनी प्रदेशमा रहने मन्त्रालयको संख्या किटान गरेको छ ।

कांग्रेसभित्रको विवाद मिलाउन नसक्दा मन्त्रिपरिषद्ले अझैँ पूर्णता पाउन सकेको छैन । कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारलाई सोही पार्टीका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तीन–तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक–एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
१० राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेशसभा ८७ सदस्यीय छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले) हो । एमालेका २९ सांसद छन् ।

 

यस्तो छ रोजको पृष्ठभूमि

सरोजबाट रोज बनेका उनको पहिलो सार्वजनिक छवि फिल्म निर्माता नै हो । उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’ लगायतका फिल्म निर्माण गरेका थिए । उनले ‘मेरो पैसा खोइ’ र ‘जय परशुराम’को निर्देशन समेत गरे ।

फिल्म क्षेत्रका कलाकार उनको डनगिरीबाट हैरान थिए । आफ्नो फिल्म अभिनय गर्न नमान्ने कलाकारलाई उनी अपहरणै गर्थे । त्यो बेलाका स्टार निखिल उप्रेतीले उनको फिल्ममा अभिनय गर्न नमान्दा घरैबाट उडाउने धम्की दिएको घटना प्रहरीसम्म पुगेको थियो ।

 

फिल्म त एउटा देखाउने धन्दा भइहाल्यो । उनको असली धन्दा रात्रिकालीन व्यवसाय थियो । त्यो बेलामा काठमाडौँमा नग्न डान्सबारको बिगबिगी थियो । रोजको बागबजार अनि गंगबुमा डान्सबार थियो । बागबजारमा रहेको उनको डान्सबार नग्न नृत्यका लागि कुख्यात थियो ।

काठमाडौँमा तत्कालीन एसएसपी थिए, रमेश खरेल । बागबजारमा रहेको टप भिआइपी डान्सबारमा छापा मार्नेक्रममा पक्राउ परेका युवतीहरूले बार सञ्चालकले जबर्जस्ती नाङ्गै नचाउने गरेको बयान दिएपछि खरेलले रोजमाथि मानवबेचबिखनको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाए । केही महिना लुकेका उनी बागबजार क्षेत्रमै पक्राउ परे । काठमाडौँ जिल्ला

 

 

अदालतको आदेशमा उनी केन्द्रीय कारागारमा सात महिना जेल पनि बसे । पछि उनले मानव बेचबिखनको अभियोगबाट सफाइ पाएका थिए । त्यसअघि २०७३ साउन ३१ गते मध्यबानेश्वरको एक रेष्टुरेण्टमा गुन्डाको परिचय बनाएका फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार भयो । बेलुका ७ बजेतिर सेन्ट्रल क्याफे अगाडि राणाको हात ताकेर खुकुरी हानेका थिए । उनी गम्भीर घाइते भएका थिए ।

 

रोजमाथि आक्रमण गरेको आरोपमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखा(काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय) ले विवेचना प्रजापति र सूर्य लामालाई पक्राउ गर्‍याे । उनीहरू पक्राउपछि रोजको हात छिनाल्नेगरी आक्रमण गर्न उनीहरूले ३० लाखमा काम पाएको खुल्यो । राणामाथिको आक्रमणको घटना २०७१ साउन २१ मा काठमाडौंको भीमढुङ्गा भन्ज्याङ नर्सरीमा भएको इन्काउन्टर घटनामा गएर जोडियो । त्यो दिन एमाले निकट अर्का गुन्डा नाइके दिनेश अधिकारी (चरी) प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

 

नेपालमा खोजी सुरु भएपछि त्यो बेला सुजन पौडेल(रमेश बाहुन) अनि चरी भागेर भारतमा बसेका थिए । रोज पनि उतै थिए । प्रहरीले पहिला रमेश बाहुनको इन्काउन्टरको योजना बनाएर पक्राउ गरेर नेपाल ल्याएको थियो । तर उनी पक्राउ परेको पोल खुल्दा उनको ज्यान जोगियो । प्रहरीमा आपराधिक रेकर्ड पनि भएको र फरार रहेको गुन्डा नाइकेको चयन गर्दा चरी परे ।

 

उनी नेपालमा आएर आफ्नो मुद्दा मिलाउने तयारीमा थिए । उनी काठमाडौँमा आएर आफ्नो वकिलसँग भेटगरी धादिङ जाने तयारीमा रहेको सूचना चुहिएपछि ट्रयापमा परेर मारिए । प्रहरीले पच्छ्याउनेक्रममा प्रहरीमाथि प्रहार गर्न खोजेपछि प्रतिकारमा मारिएको दाबी गरेको थियो । भारतबाट ल्याइएका रमेश बाहुन कलङ्कीको खसी बजारमा हिँडिरहेको बेलामा पक्राउ परेको भन्दै अवैध हतियार र लागुऔषधमा केन्द्रीय कारागार पुगिसकेका थिए ।

 

चरीबारे सूचना खुश्बु ओली र रोजलाई थियो । चरीको सूचना प्रहरीसम्म पु¥याउन रोजको भूमिका रहेको भन्दै चरी समूहका अन्य सदस्यले उनको हात छिनाल्न सुपारी दिएका थिए । रोज राणा उनको नक्कली नाम थियो । मन्त्री हुँदा सक्कली नाममै शपथ खाए । उनी कांग्रेसको राजनीतिमा लागेको धेरै लामो समय भएको छैन । साङ्घातिक हमलापछि नै हो उनी रात्रिकालीन व्यवसाय र फिल्म निर्माणको काम छाडेर राजनीतिमा लागेको ।

 

नेपाली कांग्रेसभित्र आरजु राणा देउवाको प्रिय पात्रको छवि बनाएका उनी जिल्ला फर्किएर राजनीतिमा लागे । आरजुको आशीर्वादले उनी छोटो समयमै कांग्रेसको राजनीतिमा जम्दै गए । उनी प्यूठान २ को पार्टीको क्षेत्रीय सभापति निर्वाचित भए । २०७९ मा प्रदेशको टिकट पाएर गठबन्धनबाट निर्वाचित भए पनि मन्त्रीको सूचीमा थिएनन् । संस्थापन पक्षको तारन्तार दबाबपछि चौधरीले संस्थापनइतर समूहको असहमतिमा थापालाई मन्त्री बनाए । आइतबार मन्त्रीको शपथका लागि आयोजित समारोह कांग्रेस संस्थापनइतर समूहले बहिष्कार गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौँ, पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी (कञ्चनपुर), शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो ।  बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९