कांग्रेस केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । गत बिहिवा, देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १४ गते बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो ।

 

हिजोको बैठकले बालकुमारीमा प्रहरीको गोलीबाट दुई नागरिकको हत्याको सबन्धमा छानबिनको माग गर्ने निर्णय गरेको थियो । कांग्रेसले कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर  ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाएको थियो। ` हिजो बैठकको निर्णयमा भननेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ । उसले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

`बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कानूनी कार्वाही गर्नुका साथै घटनामा घाइते भएकाहरुको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक नेपाल सरकारसँग माग गर्दछ` सो बैठकको निर्णयमा भनिएको छ ।

 

साथ‌ै,  पौष १२ देखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरु मध्य अर्थ मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एन.पी. साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।

सो बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ, किरण यादव, डा. गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, प्रदिपकुमार सुनुवार, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, प्रकाश रसाइली स्नेही, हरिशरण नेपाली, प्रा.डा.गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, सुशिला थिङ, रुपा वि.क., डा. जीवन राना, राधा घले, धना खतिवडा, कल्याणी रिजालले आ-आफ्नो धारणा राखेका थिए।

 

साथ‌ै,  प्रदेश सभापतिहरू मध्ये उद्धव थापा (कोशी प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९