काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय दुतावासले सिधै २० करोडसम्म बाढन पाउने अनुमति दिन लागेकोमा बिरोध गरेका छन् ।आज देखी नेपाल भ्रमणमा आउन लागेका भारतीय बिदेश मन्त्री एसजयशंकरको भ्रमणको क्रममा सो सहमति गर्न लागेको भन्दै थापाले आपत्ति जनाएका हुन । ‘भारतीय राजदुतावासले बिकास निर्माणको नाममा सिधै २० करोडसम्मको योजना कार्यान्वयन गर्नसक्ने सम्झौता हुनलागेको सुनिन्छ।यो गलत र आत्मघाती काम नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु,’ थापाले सामाजिक सञ्जालमा भनेका छन, ‘विगतमा भएको गल्ती सच्याउनुको सट्टा थप गल्ती नगरौं।यसले समानान्तर सरकारको रुप लिन्छ,जुन नेपालको हितमा हुँदैन् ।’


































































































































































