
काठमाडौं । भारतीय बिदेश मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका छन ।शितल निवासस्थित राष्ट्रपति भवनमा आज उनले शिष्टचार भेटबार्ता गरेका हुन । नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय बिदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका हुन ।यसपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्न प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुग्नेछन ।