काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी रहेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी रहेको हो।१९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनमा सहमति छ। सोही अनुरुप पार्टीबाट उम्मेदवार तय गर्न कांग्रेसले बैठक आह्वान गरेको हो।


































































































































































