काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । ९ साउन २०७६मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका खनालले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।आगामी साउनसम्म कार्यकाल बाँकी रहेका बेला उनले राजीनामा दिएका हुन् । विभिन्न अनियमिततामा आफ्नो नाम मुछिएपछि उनले राजीनामा दिएका हुन् ।


































































































































































