टीकापुर । थरुहट आन्दोलनका सहिद टेकबहादुर साउदकाे सालिकमा माल्यार्पण गरिएकाे छ ।नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनकाे साउदकाे सालिकमा माल्यार्पण गरिएको हाे । पार्टीका संरक्षक रेशमलाल चाैधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीीसहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् । थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको थियो । उनलाई सहिद घाेषणा गरिएको छ । ७ भदाै २०८० गते टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा सालिक अनावरण गरिएको थियो ।नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चाैधरी र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो । साेही क्रममा थरुहट आन्दोलनका क्रममा मृत्युुवरण गरेका सबै सुरक्षाकर्मीहरुकाे फाेटाेमा पनि मालाअर्पण गरिएको छ ।



































































































































































