टीकापुर समाजिक सद्भाव र एकताको थलो : उपप्रधानमन्त्री खड्का

कैलाली । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर समाजिक सद्भाव र एकताको थलो भएको बताएका छन् । । सुदूरपश्‍चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै उनले  २०७२ सालको घटनापछि केही समय अशान्त रहन पुगेको टीकापुर अहिले पूर्ववत् शान्त अवस्थामा फर्कन थालेको उल्लेख गरे ।“यस क्षेत्रमा विभिन्न जातजाति र समुदायबीच सदियौँदेखि कायम रहिआएको समाजिक एकता, पारस्परिक सद्भाव र सहिष्णुतालाई हामीले कदापि खल्बलिन दिनुहुँदैन । यसतर्फ म यहाँका सबै राजनीतिकर्मी, बुद्धिजीवी र सर्वसाधारणको ध्यान आकृष्ट गर्न चाहन्छु”, उनले भने ।

 

सोही अवसरमा उपप्रधानमन्त्री खड्काले सुदूरपश्‍चिम प्रदेशलाई पर्यटन तथा कृषिको विकासमार्फत  समृद्धि बनाउन सकिने बताए । उनले दुईतिर छिमेकी मुलुकसँग सिमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी यस क्षेत्रलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको धारणा राखे ।“यो नेपालको ठूलो सम्भाव्यता बोकेको क्षेत्र हो। खप्तड र रामारोशन जस्ता मनोरम पर्यटकीय स्थलदेखि तराईका सुन्दर हरिया फाँटहरू भएको यो प्रदेशमा पर्यटन तथा कृषिको विकास मार्फत आर्थिक समृद्धिलाई चाँडै मूर्त रूप दिन सकिने स्थिति छ। यसका लागि यस क्षेत्रको प्रदेश सरकार र स्थानीय तहले एक आपसमा समन्वयात्मक ढङ्गले काम गरी अगाडि बढ्न आवश्यक छ। कर्णाली प्रदेश सँगसँगै यस क्षेत्रको आर्थिक र पूर्वाधार विकासका लागि नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि म सदा प्रतिबद्ध छु”, उनले भने ।

 

 

 

टीकापुर सुदूर पश्‍चिमको  सुन्दर र ठूलो आर्थिक सम्भावना बोकेको सहक भएको र सदरमुकाम धनगढीपछिको प्रमुख आर्थिक व्यापारिक केन्द्रको रूपमा रहेको उनको भनाइ थियो । “यो क्षेत्र पर्यटन विकासको दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको छ। टीकापुरमा आयोजना हुन गइरहेको यो महोत्सवले यस क्षेत्रका कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठुलो सहयोग पुग्ने कुरामा दुई मत छैन”, उपप्रधानमन्त्री खड्काले भने ।

 

 

सुदूरपश्‍चिम प्रदेशको समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्‍चिम सेती जलविद्युत आयोजना, पञ्‍चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा-कुलरिया सिँचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधारा-चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण जस्ता ठुला परियोजनाका साथै अन्य मझौला तथा साना आयोजनाहरूको निर्माण र सञ्‍चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाएको  उनले बताए । “भर्खरै मात्र गेटा मेडिकल कलेजलाई व्यवस्थित तवरमा सञ्‍चालनमा ल्याउन आवश्यक कार्यहरू प्रारम्भ गरिएको छ। उल्लिखित आयोजनाहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक विकासका नयाँ क्षितिजहरू उद्‌घाटित हुने र रोजगारीका लागि हाम्रा भाइबहिनीहरू विदेशिनु पर्ने स्थितिको अन्त्य हुने कुरामा म विश्‍वस्त छु”, उनले भने ।

 

 

यस क्षेत्रको विकासका लागि विभिन्न पहलहरू गर्नुपर्ने खाँचो रहेको  उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले खासगरी २०७५ सालमा छोटी भन्सारबाट मूल भन्सारमा स्तरोन्नति भएको सत्ती भन्सार कार्यालया आवश्यक जनशक्ति, ल्याब सहितको क्वारेन्टाइन, सडकको सहज पहुँच लगायतका व्यवस्था मिलाउन जरुरी रहेको बताए । टीकापुर कृषि उत्पादनका लागि पनि ठुलो सम्भावना भएको क्षेत्र हो। यहाँ केराको पकेट क्षेत्र स्थापनाका लागि पहल हुन आवश्यक रहेको उनको धारणा थियो ।

 

 

कर्णाली नदीको सनकट्टी घाटमा पुल निर्माणका लागि ठेक्का भएकोमा यसका लागि आवश्यक बजेटको व्यवस्था गरी निर्माण कार्यलाई शीघ्रातिशीघ्र पूरा गर्न सके यसबाट कैलाली र बर्दिया दुवै तिरका जिल्लावासीलाई आवत-जावतमा ठुलो सहयोग पुग्नेछ भन्दै उनले  चिसापानी-कुइने हुँदै सुदूरपश्‍चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला जोड्ने भरपर्दो सडक सञ्जालको निर्माण गर्न आवश्यक रहेको बताए । सुदूरपश्‍चिम प्रदेशको कृषि, उद्योग-व्यापार, शिक्षा, कला, संस्कृति र पर्यटनको प्रचार-प्रसार र प्रवर्द्धन गरी यस क्षेत्रको आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ टीकापुर उद्योग-वाणिज्य संघको आयोजनामा २०६५ सालदेखि  महोत्सव आयोजना हुँदै आएको छ ।

 

 

महोत्सवमा  प्रदर्शनीमा राखिने यस क्षेत्रका कृषि तथा औद्योगिक उत्पादनहरूले आम उपभोक्तामाझ ती वस्तुहरूलाई चिनाउन र तिनको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न समेत मद्दत पुग्नेमा  उपप्रधानमन्त्री खड्काले विश्वास व्यक्त गरे । “महोत्सवले यस क्षेत्रमा उत्पादन भई अरू प्रदेशमा तथा देशबाहिरसमेत निकासी गर्न सकिने बहुमूल्य वस्तुहरूको पहिचान र प्रवर्द्धन गर्न तथा तिनको बजार विस्तार गर्न समेत मद्दत पुग्ने देखेको छु। महोत्सवको आयोजनाले  टीकापुरलाई शैक्षिक नगरीका रूपमा स्थापित गर्न समेत ठुलो सहयोग पुग्ने कुरामा कुनै शङ्का छैन”, उनले भने ।

 

 

महोत्सवले सुदूरपश्‍चिमको कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा योगदान पुग्नुका साथै यस क्षेत्रका विभिन्न समुदायका संस्कृति, परम्परा र साहित्यको जगेर्ना एवं विकास गर्न समेत ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै भारतबाट आउने धार्मिक पर्यटकहरुलाई कैलाश मानसरोवर जोड्ने नाकाका रूपमा टीकापुरलाई विकास गर्न सके यसबाट यस क्षेत्रको पर्यटन उद्योगको विकासमा उल्लेख्य सहयोग पुग्ने उपप्रधानमन्त्री खड्काले उल्लेख गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।     प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री...

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ,  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

भोजपुर, यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।   जिल्लाका ग्रामीण...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९