लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एरेस्टमा शुक्रबार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रुपमा हाम्रा जति पनि लगानीकर्ताहरु छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्‍ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन्। थपे, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौं।’ उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरु देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन्। भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौं, त्यो कुरोचाहीँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौं, त्यो मोडल लिएर हामीले यी-यी कुराहरु गर्न सक्यौं भनेर बाह्य लगानीकर्ताहरुलाई भन्‍नसक्छौं- तपाईंहरु आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्‍नुहुन्छ।’

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्‍ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउका छन्। भने, ‘यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोशिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरुले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ। लगानीको लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन सकेनौं भने ‘ठूला’ मान्छेहरु आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्रमात्रै पनि पहिल्याउन सकेनौं भने पनि त्यो सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौं। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्‍याउनुपर्ने मैले देखेको छु।’ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी,  मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...

मङ्सिर १३ गते हुने एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु गरेका छन् । महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मङ्सिर १३ गते एकसाथ हुने एमाले सचिवालयले जनाएको छ । आगामी मङ्सिर...

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ...

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

काठमाडौँ, नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी), विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् ।तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ...

विद्यालयमा आगालागी हुँदा दुई करोड बढीको क्षति

अदानचुली (हुम्ला), हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगालागीबाट रु करोड बढीका संरचना जलेर क्षति पुगेको छ । अदानचुली–३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाकोे झ्यालबाट आगालागी सुरु भएको थियो ।   अगालागीबाट विद्यालयको दुईतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ ।...

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।   जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९