काठमाडौं। राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक्नुपर्ने बताएका छन्।सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान हुने अन्य काममा पठाए पनि फौजमा भर्ती हुन पठाउन नहुने बताए। २०/३० हजार नेपाली पाउने गरी नभइ कम्तीमा एक लाख मासिक पाउने ठाउँमा नेपाली युवालाई पठाउनुपर्ने उनको प्रस्ताव छ।हाल नेपालीहरू बेलायती र भारतीय सेनामा भर्ना हुने गरेका छन्। अर्को विश्वयुद्ध हुँदा पनि नेपालीहरु प्रयोग हुन सक्ने खतरा रहेको नेता गौतमले बताए।
कर्णाली, गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

























































































































































