कैलाली। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित सुखडको हेलिप्याडमा नेकपा एमाले कैलाली जिल्ला कमिटीको ९ औं जिल्ला अधिवेशन फागुनको ६ र ७ गते हुने भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले कैलालीले तयारी तीव्र पारेको छ ।
उक्त अधिबेसनमा सम्बोधन गर्नको लागि ओलीको उपस्थिति रहने बर्दगोरिया प्रचार प्रसार समितिका संयोजक तथा नेकपा एमाले बर्दगोरिया गाउँकमिटि उपसचिब मिलन ओलीले जानकारी दिएका छन्। सबै मिलेर जिल्ला अधिवेशनलाई सफल बनाउन लागिपर्नु पर्ने बताएका छन्।
अधिवेशनलाई भव्य रूपमा सफल तुल्याउन सबै तहतप्काका नेताहरू सक्रिय हुनुपर्ने बताएका छन् । जिल्ला अधिवेशनलाई भव्य रूपमा सफल पार्नका लागि प्रचार सामग्रीको निमार्णदेखि प्रचारप्रसारलाई व्यवस्थित बनाउन प्रचार विभाग तथा प्रेस चौतारीमा आबद्ध व्यक्तिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न ओलीको आग्रह छ ।





























































































































































