फिल्डबुक दर्ता भइसकेको जग्गा पुनः दर्ता गरे बदर हुन्छ : भूमि आयोग रौतहट

काठमाडौं। राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटले फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानीको रुपमा स्वीकारेर पुनः दर्ता गर्न नमिल्ने बताएको छ ।  रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ मा फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई ऐलानी भन्दै पुनः दर्ता गरेको भन्ने चर्चाका बीच राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले फिल्डबुकमा दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्न कानुनले नदिने बताए ।

 

यद्यपि, फिल्डबुकमा दर्ता भइसकेको जग्गालाई पुनः दर्ता गरे बदर हुने र नियमविपरीत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुने उनको भनाइ छ । कसैको नाममा दर्ता नभएको पर्ती जग्गा ऐलानी हुने र सोही प्रकृतिको जग्गाको नाप नक्सा गर्न कर्मचारी फिल्डमा खटिएको जानकारी दिँदै उनले फिल्डबुकमा दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्न नमिल्ने दोहोर्‍याए ।

 

अधिकार सम्पन्न वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले मकवानपुर धियाँलको सट्टाभर्ना स्वरुप साविक रंगपुर वडा नम्बर ५ को जग्गा वितरण गरेको थियो । सोही आयोगले चरणवद्ध रुपमा लालपुर्जा विरतण गरिरहेका बेला २०४६ सालको आन्दोलनसँगै राजनीतिक परिवर्तनले पुर्जा वितरण कार्य प्रभावित भयो । पछि सरकारले पुर्जा वितरणसहितका कार्य सम्पन्न गर्न जिल्लास्थित सुकुम्बासी समस्या समाधान आयोगलाई जिम्मा दिएको थियो । तर, राजनीतिक स्वार्थका कारण तात्कालीन जनप्रतिनिधिले पुर्जा वितरणसहितका काममा भाँजो हालेका थिए ।

 

कल्याणी खड्का सुकुम्बासी समस्या समाधान आयोग रौतहटको अध्यक्ष हुँदा तात्कालीन रंगपुर गाविसका उपाध्यक्ष पदमकुमार श्रेष्ठसहितका व्यक्ति गएर ‘आफूहरुको आधार इलाका भत्किने’ भन्दै पुर्जा वितरण र स्रेस्ता कायम नगर्न आग्रह गरेका थिए । कल्याणी खड्का एमालेकी नेतृ थिइन् भने श्रेष्ठ एमालेबाटै उपाध्यक्षमा चुनाव जितेका जनप्रतिनिधि थिए । एउटै निर्णयले अधिकांशले पुर्जा पाउँदा केहीको रोकिन पुग्यो । र सरकारी निकाय र जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा नगर्दा फिल्डबुकमा दर्ता भएको जग्गाको स्रेस्ता कायम हुन सकेन । तर, यही जग्गाको विषयलाई लिएर केहीले पैसा उठाएर खाने कामसमेत गरेका थिए ।

 

अरुको नाममा दर्ता भएको जग्गा कब्जा गर्नेको नाममा हुने भन्दै पैसा उठाउनेहरु सर्वाेच्च अदालतसम्म पुगे । तात्कालीन सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष गम्भीराप्रसाद निरालाले दिएको लालपुर्जालाई ‘चुनावी लालपुर्जा’ भन्दै आफूहरुको नाममा जग्गा दर्ता गरि लालपुर्जा पाउनुपर्ने मागसहित चन्द्रबहादुर आले, टीकाराम सापकोटा, सोभितमान घिसिङसहितले सर्वाेच्च अदालतमा रिट दायर गरे । तर, उनीहरुको माग सर्वाेच्च अदालतले खारेज गरिदियो । २०६२ असार २४ गते सर्वाेच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलासले सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष गम्भीराप्रसाद निरालाले वितरण गरेको लालपुर्जालाई कानुनविपरीत भन्न नमिल्ने ठहर गर्दै रिट खारेज गरेको थियो ।

 

 

‘सुकुम्बासी समस्या सामाधान आयोग रौतहटको काम कर्तव्य र गठन प्रक्रियामा समेत निवेदकहरुले प्रश्न उठाउनु भएको पाईन्छ । तर, सो आयोग अनाधिकार रुपमा गठन भएको नदेखिई साधिकार निकाय भएको समेत देखियो । जुन निकायले निवेदकहरुको हकमा आघात पुग्यो भनी निवेदनमा दावी लिइएको छ । त्यो निकायलाई निवेदकहरुले विपक्षी बनाउन सकेको समेत देखिँदैन । एकाले प्राप्त गरेको जग्गा अर्काले दर्ता गराई लिन सक्ने अवस्था समेत भन्न नमिल्ने हुँदा नक्सा फिल्डबुक बमोजिम जग्गा दर्ता गर्ने निर्णय सुकुम्बासी समस्या समाधान आयोगले गरेको अवस्था पाइयो । तसर्थ अधिकार सम्पन्न सुकुम्बासी समस्या सामाधान आयोगले निर्णय गरी गुरु बहादुर आले मगर समेतका व्यक्तिलाई दिएको निवेदन दावीको जग्गाहरु कानून सम्मत तवरले दर्ता भएको देखिँदा अस्पष्ट आधारहिन माग दावीको आधारमा दिएको रिट निवेदन जारी गर्न नमिलि खारेज हुने ठहर्छ,’ सर्वाेच्च अदालतको फैसलामा उल्लेख छ ।

 

पछिल्लो पटक २०७१ मंसिर ४ गते हरिहरपुरस्थित जनजागृती प्राथमिक विद्यालयले राजुबहादुर क्षेत्री (राजु राउत)को जग्गा विद्यालयले भोगचलन गरेकाले विद्यालयको नाममा हुनुपर्ने माग गर्दै दायर रिटलाई २०८० भदौ २१ गते सर्वाेच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भोग चलन गरेकै आधारमा अरुको जग्गा आफ्नो नाममा हुनुपर्ने माग कानुनविपरीत हुने ठहर गर्दै रिट खारेज गरेको थियो ।

 

सर्वाेच्च अदालतले समेत पटक पटक स्पष्ट पारे पनि सरकारी निकाय र जनप्रतिनिधिले बेवास्ता गर्दै पीडितलाई न्याय दिएनन् । राजनीतिक अस्थिरताका कारण सरकारी निकायले आफ्नो जिम्मेवारी पूरा नगर्दा र स्थानीय नेताको राजनीतिक स्वार्थका कारण पीडितले न्याय पाउन सकेनन् ।

 

 

जग्गा कब्जा गरेकाहरुको समूहले न्यायको पक्षमा आवाज उठाउनेमाथि सांघातिक आक्रमण गर्दै ‘चार इन्ची’ उचाइ घटाउने भन्दै रातभर नारा लगाउँदै हिँडेका थिए । सांघातिक आक्रमणसहितका कारण पृथ्वीबहादुर बस्नेत कटानीबाट विस्थापित हुनुपरेको थियो । सोही विषयलाई लिएर सार्वजनिक स्थानमा माधव अधिकारीमाथि समेत दुर्व्यवहार भएको थियो ।

 

 

गणतन्त्र आएसँगै नयाँ जनप्रतिनिधिबाट न्याय पाउने आशमा पीडितहरु थिए । तर, उनीहरु पनि राजनीतिक दाउपेचमा लागेका छन् । गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारूले स्रेस्ता कायम नरहेको जग्गा ऐलानी हुने र जसको जोत उसकैको नाममा हुने कानुन र सर्वाेच्च अदालतको आदेशविपरीत अभिव्यक्ति दिएका छन् ।

 

‘४४ सालदेखि कयौं कित्ता जग्गा विवादित रहेको छ । स्रेस्ता कायम नरहेको जग्गा ऐलानी हुने र जसको जोत उसको नाममा नाप नक्सा भइरहेको सम्पूर्णमा हार्दिकण् अनुरोध छ,’ केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा वडा अध्यक्ष थारूले लेखेका छन् ।

 

साविक रंगपुरको वडा नम्बर ५ व्यवस्थित बसोबास क्षेत्रभित्र पर्छ । साविक रंगपुर वडा नम्बर ५ को ‘क, ख, ग र घ’मा ऐलानी जग्गा नरहेको सरकारी निकायको रेकर्डमा देखिन्छ । तर, वडा अध्यक्ष थारूले ऐलानी जग्गा नापनक्सा भइरहेको बताए । उनले स्रेस्ता कायम नभएको जग्गा ऐलानी हुने दाबी गरेका छन् । तर, उनको दाबीलाई भूमि आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मी र भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले कानुनविपरीत भनेका छन् ।

 

फिल्डबुकमा दर्ता भइसकेको र स्रेस्ता कायम नभएकै आधारमा ऐलानी जग्गा भन्न नमिल्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले बताए । साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि फिल्डबुक दर्ता भइसकेको जग्गा ऐलानी नहुने स्पष्ट पारेको छ । ‘चौर, पर्ती जग्गा ऐलानी हुने हो । फिल्डबुकमा दर्ता भइसकेको जग्गा ऐलानी हुँदैन । यो पुनः दर्ता गर्ने कार्य कानुनविपरीत हुन्छ,’ मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्ट बताउँछन् ।

 

ऐलानी जग्गाको नापनक्सा गर्ने राज्यको अभियान रहेको र फिल्डबुकमा दर्ता भएको जग्गा पुनः अर्काे व्यक्तिको नाममा दर्ता गरे सोकार्य कानुनविपरीत हुने भएकाले संलग्नलाई कारबाही हुने उनको चेतावनी छ । साथै उजुरी परेमा अनुसन्धान प्रक्रियाअघि बढाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कानुनविपरी कार्य र शंकास्पद आर्थिक गतिविधि भएको शंका लागेमा उजुरी दिन मिल्ने र उजुरी परेमा अनुसन्धान अघि बढाइने अख्तियारका प्रवक्ता नरहरि ढकालले जानकारी दिए । ‘सार्वजनिक सेवा प्रवाहमा शंकास्पद आर्थिक चलखेलको आशंका भएमा आयोगमा उजुरी दिन मिल्छ,’ उनले भने, ‘उजुरी दिएमा संलग्नमाथि अनुसन्धान प्रक्रियाअघि बढाउँछौँ ।’  उनका अनुसार आयोगको हटलाइन नम्बर, टोल फ्रि नम्बर, भाइबर, एसएमएस, इमेल, हुलाकमार्फत वा आफैँ उपस्थित भएर उजुरी दिन सकिनेछ ।

 

 

व्यक्तिको नाममा फिल्डबुक दर्ता भइसकेको जग्गाको स्रेस्ता कायम गराउने कानुनी दायित्वबाट पछि हटेर अर्केको नाममा दर्ता गराउने सार्वजनिक अभिव्यक्ति वडा अध्यक्ष थारूको कुन नियतबाट आएको हो ? कानुन र कार्यदेशविपरीत कार्य गर्ने वडा अध्यक्ष थारूले किन जोखिम मोलिरहेका छन् ? यसबारे पछि खुल्दै जानेछ । उनले भनेजस्तै आर्थिक चलेखलबिना यी भएका होलान् त ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर,  कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा आज दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि

काठमाडौँ,  यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।आज ३३५ कम्पनीको चार करोड १६ लाख...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ, देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ ।     विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९