मेयर निलम्बित भए पछि राैतहटकाे विजयपुरको सातौं नगरसभा उपमेयरले गराइन

 

रौतहट । लामो रस्साकसी पछी रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न भएको छ।४८ करोड भन्दा बढीको बजेट पारीत गर्दै बिहिवार फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो। कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगरसभा नगरपालिकाको सभाकक्षमा बिहिवार सम्पन्न भएको छ।

 

 

सातौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले नगरसभामा चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि कुल ४८ करोड पाँचलाख ८८ हजार दुई सय रूपैयाको बजेट सर्वजनिक गरेका थिए। नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान,पूँजिगत अनुदान, गरि जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको  छ । संघीय राजस्व बाँडफाँडबाट नौ करोड ८२ लाख १४ हजार २ सय, मालपोत दस्तुर बाट ३० लाख,  जग्गा रजिष्ट्रेशन बाँडफाँड बाट एक करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बाट २५ लाख र  समानीकरण अनुदान रु। ८० लाख ६२ हजार,  समपुरक अनुदान २० लाख,  विशेष अनुदान ३० लाख, सशर्त पूँजिगत  ८० लाख, आन्तरिक श्रोत बाट एककरोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान ४७ लाख रहेको उपसचिव प्रधानले बाचन गरेका थिए।अधिकृत प्रधान नगर सभाले  शिक्षा , स्वास्थ्य , भौतिकपूर्वधार , कृषी र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको बताएका थिए।

 

 

सम्पन्न नगरसभामा ११ वटै वडाका अध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यको उपस्तिति रहेको थियो । निलम्बित मेयर गोपाल प्रसाद यादव भने अनुपस्थित रहेका थिए। लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएर बिशेष अदालतले १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला सुनाएको थियो।

 

 

फैसला संगै पछि मेयर यादवको पद धरापमा परेपछि उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्। कार्यवाहीको जिम्मेवारी पाएपछी खातुन र कांग्रेस पार्टी बाट निर्वाचित ७ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु संग सहमती नहुँदा ७ महिना ढिलो नगरसभा भएको छ।

 

 

गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँ कार्यरत ३५० भन्दा बढी शिक्षक कर्मचारी गत साउन देखि तलब पाउन सकेका छैनन्। नेपाली कांग्रेस पार्टीको टीकट बाट, मेयर, उपमेयर,७ जना वडा अध्यक्ष सहित नगरपालिकामा पूर्ण बहुमह हुँदा पनि पार्टी भित्रै आन्तरिक खिचलोको कारण उनीहरू बीच सहमती हुनसकेको थिएन।

 

 

वडा अध्यक्ष राजेश यादव सहितले कार्यवाहक मेयर खातुन माथि एकोहोरो गर्नखोजेको आरोप लगाएका थिए। उता मेयर खातुनले कांग्रेस पार्टीको ठूलो नेताको ईशारामा आफूलाई असफल बनाउन पटकपटक षड्यन्त्र भइरहेको बताउँदै आएकी छन्।

 

 

 

प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको पहल बाट गत कार्तिकमा सामाजिक सुरक्षाभत्ता बितरण गरिएको थियो। फतुवा बिजयपुर नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति एवं प्रदेश सांसद सुनिल कुमार यादव ९ जितेन्द्र० को गृह नगर हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

काठमाडौँ, परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा...

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ ।   स्टारलिङ्कले कम–कक्षीय...

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

चितवन,  स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस...

आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९