मोदीको संकल्प : विकसित भारत

मोदीको तेस्रो कार्यकालमा भारत एउटा अत्मनिर्भर र विकसित देशको हैसियत प्राप्त गर्न मार्ग प्रशस्त हुने प्रवल सम्भावना रहेकोले भारतकै छिमेकी देश नेपालमा पनि भारतीय राजनीतिको प्रभाव नपर्ला भनेर भन्न सकिँदैन।

 

– सत्येन्द्र लाल कर्ण

 

विश्वको सबैभन्दा ठूलो गणतान्त्रिक लोकतन्त्र भएको देश भारतमा अहिले भारतको पार्लियामेन्ट सदस्यहरूको चुनाव गर्ने अवसर आएको छ। केही महिनाभित्रै भारतको लोकसभाको पाँच सय त्रिचालिस वटा सिटको लागि प्रतिनिधिहरूको चयन हुने भएकोले आगामी दुई-तीन महिनाभित्रै निर्वाचन हुने गरी तयारी हुन थालेको छ। राजनीतिक दलहरूले राजनीतिक गठबन्धनहरू बनाएर चुनावमा जाने तयारी र गृहकार्यहरू गर्न थालेका छन्।

 

 

अहिलेको सत्तारुढ भारतीय जनता पार्टीको सरकारले प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेतृत्वमा चुनावमा जाने घोषणा गरिसकेको छ। मोदीले सन् २०१४ र सन् २०१९ को आम चुनावमा दुई पटक पाँच-पाँच वर्ष गरी लगातार दस वर्षसम्म सरकार चलाइसकेका छन् तथा मोदीकै नेतृत्वमा तेस्रो कार्यकालको लागि पनि व्यापक तयारी प्रारम्भ भइसकेको छ। भारतीय जनता पार्टीले आफ्नै दलको यथेष्ट बहुमत हुँदाहुँदै आफूले गठबन्धन गरेर चुनाव जितेका राजनीतिक दलहरूसँग सहकार्य गर्दै गठबन्धनभित्रका अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने रणनीतिअनुसार सरकार सफलतापूर्वक चलाइरहेका छन्।

 

 

 

नेशनल डेमोक्रेटिक एलाएन्स अर्थात एनडिए गठबन्धनभित्र सत्तारुढ भारतीय जनता पार्टीलाई सघाउने करिब सत्र वटाजति क्षेत्रीय राजनीतिक दलहरू सामेल रहेका छन् भने भारतीय जनता पार्टीको विपक्षी गठबन्धन कांग्रेसले नेतृत्व गर्दै गरेको अठाइस वटाजति राजनितीक दलहरूको गठबन्धन आइएनडिआइए अर्थात् इन्डियन नेसनल डेमोक्रेटिक इन्क्लुसिभ एलायन्स (इन्डिया) गठबन्धनले भारतीय जनता पार्टीसहित एनडिए गठबन्धनलाई ठूलो चुनौती दिन सक्ने अपेक्षाका साथ चुनाव मैदानमा होमिन लागेका छन्।

 

 

सत्तारुढ भारतीय जनता पार्टीको एनडिए एलाएन्सले बंगालमा ममता बेनर्जी, महाराष्ट्रमा सरद पवार, दिल्ली र पञ्जाबमा केजरीवाल, बिहारमा लालु यादव, उत्तर प्रदेशमा अखिलेश यादव, दक्षिण भारतमा राहुल गान्धी र अन्य विपक्षी स्थानीय दलहरूसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिँदै छ।

 

 

 

भारतीय राजनितिमा देखापर्ने राजनितिक तरङ्गहरूले भारतीय उपमहाद्विपका अन्य राष्ट्रहरूमा समेत ठूलो प्रभाव पार्न सक्ने प्रवल सम्भावनाहरू रहेको छ। त्यसकारण नेपाललगायत भारतका अन्य छिमेकी राष्ट्रहरू तथा अन्य ठूला देशहरूमा पनि भारतमा हुन लागेको यसपालिको संसदीय निर्वाचनलाई बडो चासोको रूपमा हेर्न थालिएको छ। अहिले विश्वको सर्वाधिक लोकप्रिय नेताको रुपमा भारतीय प्रधानमन्त्री चिनिएका छन्। उनको व्यक्तित्वमा भएका असाधारण गुणहरूले गर्दा उनका कट्टर विरोधीहरू प्रसंशक बन्न बेर लाग्दैन। कठिनभन्दा कठिन परिस्थितिमा पनि राजनीतिक सुझबुझ, राजनितीक दुरदर्शीता र अनुभवजन्य प्रमाणहरूबाट मोदीले आफ्ना समकक्षीहरूबीच अपार लोकप्रियता हासिल गर्न सफल भएका छन्।

 

 

केही महिनाअगाडि नै विश्वका अत्यन्त शक्तिशाली देशहरूको संगठन जी ट्वेन्टीको शिखर सम्मेलनको अध्यक्षता गरेर विश्व राजनीतिमा उनले बेग्लै छवि बनाउनुको साथै आफ्नो पहुँचको समेत विस्तार गर्न सफल देखिए। विश्वका ठूला-ठूला र शक्तिशाली देशहरूसँग भारतको व्यापारिक साझेदारी र सहभागिता लागातार बढ्दै गइरहेको छ। मोदीले आफ्नो पहिलो कार्यकालमा नै छिमेकी देशहरूलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेअनुसार नेपालसँग पनि दुई पक्षीय व्यापारिक सम्बन्धहरू अझ विस्तार हुन सक्ने सम्भावनाहरू लगातार बढ्दै गइरहेको छ।

 

 

 

नेपाल, भूटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, म्यान्मार, अफगानिस्तान लगायतका देशहरूमा भारतको ठूलो लगानी र पहुँच विस्तार हुने अवस्था रहेको छ। रूस र युक्रेनबीच चलेको भीषण संघर्षमा मध्यस्थता गरिदिनका लागि अमेरिकालगायत रूस र युक्रेनसमेतले नरेन्द्र मोदीलाई अनुरोध गरेका थिए। भारतले रूस र युक्रेनमध्ये कसैको पक्ष नलिई गुटनिरपेक्ष सिद्धान्तलाई पूर्णरूपमा पालना गरिरहेको छ। भारतको द्विपक्षीय व्यापार रूस र युक्रेनसँग निर्वाध रूपमा चलिरहेको छ।

 

 

त्यस्तै इजरायल र प्यालेसटाइनबीच सुरू भएको भीषण संघर्षमा सुरू-सुरूमा भारतले हमासले गरेको आक्रमणलाई मानवताबिरोधी र आतङ्कवादी कार्य भन्दै इजराइलको पक्षमा उभिँदा पनि इजराइली सेनाको प्रहारबाट बच्न शरणार्थी भएका तथा गाजा क्षेत्रमा घाइते भएका आम फिलिस्तिनी मुसलमानहरूको लागि ठूलो आर्थिक सहयोग र मानवीय सहायता प्रदान गरेर फिलिस्तिनी मुसलमानहरूको आलो घाउमा मल्हम लगाउने प्रयास गर्दा भारतको विदेश नीति र कूटनीति सफल भएको मानिन्छ।

 

 

मोदीले भारतको नेतृत्व गरेको छोटो समयमा नै भारत लगातार आर्थिक विकास र समृद्धिको चरणहरू पार गर्दै विकसित भारत बनाउने कार्य योजनामा जुटिसकेको छ। मोदीले भारतलाई ब्रिटिसहरूबाट स्वतन्त्रता प्राप्त गरेपछिको एक सय वर्ष अवधिको कालखण्डलाई भारतको अमृतकाल भनेर घोषणा गरिसकेका छन्। सन् २०४७ सम्म भारतले अङ्ग्रेजहरूको दासता र गुलामीबाट मुक्ति पाएको एक सय वर्ष पूरा हुने छ र त्यसबेलासम्म भारत पूर्ण विकसित राष्ट्रको हैसियतमा पुग्ने छ भनेर द्रुत गतिमा आर्थिक विकासका कार्यहरू अगाडि बढिरहेको छ।

 

 

 

धर्तीदेखि अन्तरिक्षसम्मको वैज्ञानिक अनुसन्धान र खोज कार्यमा वैज्ञानिकहरू जुटिसकेका छन्। भारतले प्रक्षेपण गरेको चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमाको दक्षिणी गोलार्द्ध क्षेत्रमा अवतरण गरिसकेको छ। भारतको दक्षिण भारतस्थित हरिकोटाको सतिस धवन अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको ‘गगन यान’ पनि सूर्यको नजिक पुगेर सूर्यको कक्षमा सथापित भइसकेको छ।

 

 

भारतीय वैज्ञानिकहरूले गरेका अनुसन्धानहरू निरन्तर सफलतातिर उन्मुख छ। भारतको अर्थ व्यवस्था तीव्र रूपमा सुधार भइरहेको छ। मोदीको नेतृत्वमा भारत अहिले विश्वको पाँचौं ठूलो अर्थव्यवस्था बनेको छ। अहिले भारतले अमेरिका, चीन, जर्मनी र जापानलाई पछ्याउँदै अगाडि आउन जमर्को गरिरहेको छ। प्रधानमन्त्री मोदीले आफ्नो तेस्रो कार्यकालमा भारतलाई विश्वको तेस्रो बलियो अर्थव्यस्थामा पुर्‍याउने घोषणा गरिसकेका छन्।

 

 

सन् २०४७ सम्म भारत विकसित राष्ट्र बन्छ र भारतीय स्वतन्त्रताको अमृतकाल पूरा भई स्वर्णकाल सुरू हुन्छ भन्ने घोषण नै भारतीय जनता पार्टीको रोडम्याप र संकल्प हो। मोदीले भारतको विकास यात्रालाई यसरी नै आगामी एक हजार वर्षसम्म अगाडि बढाइरहने भिजन बनाएर चुनाव मैदानमा ओर्लिएका छन्। जनताबाट पाइरहेको अपार जनसमर्थनको कारण उनका सबै प्रतिस्पर्धी राजनीतिक दलहरूले चुनावमा ठूलो पराजय व्यहोर्न सक्ने प्रवल सम्भावना रहेको छ

 

 

भारतीय राजनीतिमा कांग्रेस पार्टीको तर्फबाट जवाहरलाल नेहरू, इन्दिरा गान्धी, राजीव गान्धीसमेतको समय रेखालाई परिवारवादसँग जोड्ने हो भने पचहत्तर वर्षको संसदीय इतिहासमा तीस-चालीस वर्ष भन्दाबढी समयसम्म एउटै परिवारले शासन गरेको देखिन्छ। तर, भारतीय जनता पार्टीले छोटो समय अवधिमा नै भारतको अर्थव्यवस्था र भारतको लोकतन्त्रलाई जुन उचाइमा पुर्‍याएको छ, त्यसको परिणामस्वरुप मोदी जहाँ जाँदा पनि ‘मोदी मोदी’को गगन भेदी नारा लाग्दछ र मोदी अजेय प्रतिस्पर्धी ठहर्छन्।

 

 

मोदीले आफ्नो तेस्रो कार्यकालमा पूरा गर्ने कार्यहरूलाई सूचीबद्ध गरेका छन्, जुन् प्रथम दृष्टिमै अविस्मयकारी र अविश्वसनीय लाग्न सक्छ। आफ्ना प्रतिपक्षी दलहरूलाई धुलो चटाउन मोदीले कम्मर कसिसकेका छन्। मोदीले संसदमा घोषणा गरेका प्रतिबद्धताहरुलाई विचार गर्ने हो भने सरकारले देशभरिका सबै गरिबहरूलाई पक्की भवन बनाएर दिन्छ, देशैभरिका हरेक घरको भान्सामा खाना पकाउने ग्यासको कनेक्सन जडान गर्छ। देशैभरि चल्ने मेट्रो रेलहरूको सञ्जाल तयार हुन्छ।

 

 

भारतका विश्व विद्यालयहरूलाई विश्वका सर्वश्रेष्ठ विश्वविधालयहरूमा रुपान्तरण गरिने छ। भारतका हरेक घरमा बिजुलीको बिल शून्य हुन्छ। महिला र पुरुष दुबैका लागि समान कानुनको निर्माण गरी लागू गरिने छ। जसरी राम जन्मभूमि सम्बन्धी विवादहरू समाधान गरी भव्य राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ, त्यसरी नै कासी ज्ञानव्यापीस्थित महाकाल मन्दिर र मथुरास्थिर कृष्ण जन्मभूमि मन्दिरको निर्माण गरी प्राण प्रतिष्ठा गरिनुको साथै देशका सबै धार्मिक क्षेत्रहरूलाई आधुनिक पर्यटनस्थलको रुपमा विकास गरी करोडौं मानिसहरूलाई रोजगारी प्रदान गरिने लगायतका प्रतिबद्धताहरू जनाइएको छ।

 

 

यसरी मोदीको तेस्रो कार्यकालमा भारत एउटा अत्मनिर्भर र विकसित देशको हैसियत प्राप्त गर्न मार्ग प्रशस्त हुने प्रवल सम्भावना रहेकोले भारतकै छिमेकी देश नेपालमा पनि भारतीय राजनीतिको प्रभाव नपर्ला भनेर भन्न सकिँदैन। नेपालले पनि आफ्नो आर्थिक योजनाहरूमा भारतीय अर्थनीतिका सकारात्मक पक्षहरूलाई ग्रहण गर्दै योजना निर्माण गर्न सके नेपालमा पनि राजनीतिक स्थिरता, विकास र समृद्धिको लहर नआउला भनेर भन्न सकिँदैन। भारतीय राजनीतिलाई नियालेर हेर्ने राजनीतिक भविष्यवक्ताहरूले सही समयमा सही तरिकाबाट लोक कल्याणकारी नेपालको भविष्य निर्माण गर्न दुरदर्शीता अपनाउनु जरुरी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौँ,   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९