काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजवाट सुरू हुदैँछ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ । सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ । उनका अनुसार मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुनेछ ।
घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...

























































































































































