रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम इन्जिनियर्श एण्ड टेक्निकल एसोसिएशन गठन भएको छ। आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार इन्जिनियर्शहरूको भेलाले कमिटी गठन गरेको हो।
इन्जिनियर गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीको सदस्यमा मनोजकुमार कर्ण, अनन्त रञ्जन साह, गोपाल कर्ण, कपिल ढुङ्गेल, प्रेमकुमार साह, प्रदिप साह, रामप्रित साह, बिजया श्री बरुण, रचना न्याइच्यई श्रीजना होना रहेका छन्।
यसैगरी अरुणकुमार साह, रमेश साह, कृष्णा पञ्जियार, मनिषकुमार साह, रामशंकर महतो, रितु राज साह, श्यामकुमार यादव, चन्दनप्रसाद साह, ललेन्द्र इसर, रविन्द्र कुमार साह, संजिव कुमार, रपेश कुशवाहा, चन्दन कुशवाहा, ब्रजेश्वर साह, निरज झा, राजेश रविदास, राजदेव साह, संजीव यादव, खगेन्द्र साह, रञ्जित साह, गोविन्द प्रसाद गुप्ता सदस्य रहेका छन्।
यसैगरी सदस्यहरुमा दीलिप साह, प्रेमकुमार साह, अनिल साह, योगेश कर्ण, श्याम साह, अनिश न्याइच्याई, रिसव साह साहिल, गोवन्द प्रसाद साह, रवि कुशवाहा, घनश्याम साह, कौशल साह, मन्तोस पाईक, रुपेशकुमार साह, विकेश तामाङ, पशान्त थापालगायत रहेका आइटी आर्मीको केन्द्रीय सदस्य रामसरण यादवले बताए।
कमिटी गठन पश्चात आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले देश निर्माणको मेरुदण्डका रुपमा क्रियाशील इन्जिनियरहरूको पेशागत हक अधिकारको प्राप्ति, रक्षा एवम् विकासका लागि शुभकामना व्यक्त गरेका थिए।























































































































































