बौनियाँ/दानुफाटा नमुना सामुदायिक बन उपभोक्ता समुहको दशौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
दानुफाटा नमुना सामुदायिक वनका अध्यक्ष टेकराज जोशिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष सुनारले यसो भने हेर्नु होस् यो भिडियो सहित
यसै गरि बिशिस्ट अतिथिमा बर्दगोरिया सब डिभिजन बन कार्यालयका बन अधिकृत कृष्ण बोहराले के भने हेर्नु होस् यो भिडियो सहित
बर्दगोरिया गाउपालिका कार्यपालिका सदस्य कोकिला खत्रीले जनचेतना मुलक गीत मार्फत सम्पूर्ण उपभोक्तालाई बन जंगल बचाउन यसो भन्नु हुन्छ हेर्नु होस् यो भिडियो सहित
र न्यायिक समिति सदस्य टंक राज ओलि रहनु भएको थियो । ओलीको भनाई यस्तो छ हेर्नु होस् यो भिडियो सहित
सामुदायिक वनका सदस्य लोकेन्द्र न्यौपानेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा वडा सदस्य विर बहादुर बौडेल, रानिजरुवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह बि क, जगदम्भिके भगवती मा.बि.का. प्र.अ. नेत्र बहादुर खडका, रामजानकी मन्दिरका संरक्षण समिती संयोजक शिव राज गौतम, राधा कृष्ण संरक्षण समितिका अध्यक्ष चक्र विष्ट, साईनिङ्ग स्टार युवा क्लबका अध्यक्ष भेष राज जोशी लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा अर्थिक वर्ष २०७६/०७७ को ४६ लाख,४२ ह्जार,४४ रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ को ३६ लाख,१५ ह्जार, ६ सय ५६ रुपैयाँ बराबरको आय ब्यय सामुदायिक वनका लेखा समिती संयोजक भुपेन्द्र रास्कोटीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन लेखा समिती सदस्य शिखर बि क ले गरेका हुन। कार्यक्रमको समापन गर्दै सामुदायीक बनका अध्यक्ष जोशीले यसो भने हेर्नु होस् यो भिडियो सहित



















































































































































