‘तनाव हटाउन सामाजिक सञ्‍जाल कम प्रयोग गर्नुस्’

काठमाडौँ — सरकारले लकडाउन गरेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोल बने । जस्तो– हाछ्यूँ गर्दा बिरालो तर्सेर भागेको, हातको इसाराले चुरोट मागेको तर नपाउँदा छटपटी भएको, घरको इँटा गनेको आदि । यिनले केही क्षण ‘रिफ्रेस’ बनाउलान् ।

 

तर यति बेला तपाईंको दिमाग सधैंझैं सामान्य छ त रु पक्कै छैन । लकडाउन फेरि थपिएला कि भन्ने चिन्ता छ तपाईंलाई । कोभिड–१९ को असर कहाँसम्म पुग्ला भनेर सोच्न पनि भ्याउनुहुन्छ । घरमा ग्यास सकियो भने के गर्ने भन्ने अर्को समस्या अघिल्तिर तेर्सिहाल्छ ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेका धेरैको दिमागमा अनगिन्ती विचार खेलिरहेका छन् । मनोचिकित्सकहरू भन्छन्– महामारीको समयमा स्वतः मानसिक रोग केही हदसम्म बढ्छ ।

विराटनगरकी १९ वर्षीया युवतीमा लकडाउन सुरु भएदेखि अनौठो लक्षण देखा पर्न थाल्यो । उनी जथाभावी बोल्ने, रुने, हाँस्ने, आत्तिने, रातभर नसुत्ने गर्थिन् । उनी स्थानीय क्लिनिकमा गइन्, उपचार गराइन् । समस्या बीसको उन्नाइस नभएपछि उनी मानसिक रोग विशेषज्ञ डा। रितेश थापाको सम्पर्कमा आइन् । ‘गम्भीर मानसिक समस्या साइकोसिस नै भइसकेको रहेछ । परामर्श र औषधिले उनी ठीक हुँदै छिन्,’ डा। रितेशले अनमोल अनलाईन टेलिभिजन संग बताए ।

 

भक्तपुरका ४५ वर्षीय पुरुषमा आत्तिने बानी देखिन थाल्यो । उनमा विगतमा पनि मानसिक समस्या थियो । तर ठीक भएका थिए । लकडाउनले समस्या उल्टिएको थियो । उनलाई कानमा कसैले बारम्बार एउटै कुरा दोहोर्‍याएजस्तै लाग्थ्यो । कसैले ‘तिम्रो शरीरमा चिप फिट छ, त्यसबाट कोरोना सर्छ’ भनेझैं लाग्थ्यो । मनोपरामर्श लिएपछि उनी अहिले सहज जीवन जिउन कोसिस गर्दै छन् । धेरै सुधार भएको छ ।

डा। रितेशका अनुसार क्वारेन्टाइनमा बसेर दिनभरि सामाजिक सञ्जालमा कोभिड–१९ सम्बन्धी कुरा र भ्रामक समाचार पढ्दा मानिस मानसिक बिरामी बन्दै छन् । घरमै केही नगरी बस्दा कोभिड–१९ बारे सोच्ने, त्यसकै कुरा गर्ने हुनाले आत्तिने, छटपटी र तनाव हुने समस्या बढिरहेको छ ।

मनोचिकित्सकहरूका अनुसार कोभिड–१९ को डर र त्रासले नयाँ मानसिक रोगका बिरामी थपिएका त छन् नै पुराना मानसिक रोगीको व्यथा झन् बढेको छ ।

ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन नेपालले कोभिड–१९ सम्बन्धी मनोसामाजिक परामर्श दिन हटलाइन सञ्चालन गरिरहेको छ । एक सातादेखि सञ्चालन गरिएको हटलाइनमा बुधबारसम्म २७ जनाले कल गरिसकेका छन् । फोन गर्नेमा धेरै पुरुष छन् । क्लिनिकल साइकोलोजिस्ट र साइकोसोसल काउन्सिलरले बिहान ८ देखि साँझ ६ बजेसम्म मानसिक समस्यासम्बन्धी परामर्श दिन्छन् । संस्थाका कार्यकारी निर्देशक डा। कमल गौतमका अनुसार धेरै जनाले मानिसमा कोभिड–१९ कसरी सर्छ भनेर जिज्ञासा राख्छन् । ‘निद्रा नलाग्दा, आत्तिँदा, घाँटी खसखस गर्दा कोरोना हो कि भनेर फोन गर्ने पनि छन्,’ उनले भने, ‘कोरोना लागिहाल्छ कि भन्ने शंका गरेर मनमा कुरा खेलाउने र छटपटी हुने समस्या साझा रूपमा देखिएको छ ।’

 

चिकित्सकहरूले परामर्श दिएर औषधि प्रेस्क्राइब गरे पनि औषधि किन्न समस्या छ । ‘सरकारले स्काइप तथा टेलिमेडिसिन सेन्टरबाट कसरी परामर्श दिने, कसरी औषधि प्रेस्क्रिप्सन गर्ने भनेर गाइडलाइन बनाउनुपर्छ,’ डा। गौतमले भने ।

मनोचिकित्सक डा। कपिल उपाध्यायलाई केही दिनअघि तेह्रथुमकी एक शिक्षिकाको फोन आयो । आफ्नो ठाउँमा कोभिड–१९ को संक्रमण फैलियो भने के गर्ने भनेर उनी निकै तनावमा रहिछन् । ‘अहिले सहरमा मात्र होइन गाउँमा पनि मानसिक समस्या देखिन थालेको छ । सहरका मान्छे कामविहीन भएर घरमै बसेका छन्, व्यायायमा पनि हुँदैन,’ उनले भने, ‘कामले शारीरिक स्फूर्ति राख्नुका साथै दिमाग ताजा बनाउन गाउँमा सम्भव छ ।’

विश्वभरि नै कोभिड–१९ महामारीका रूपमा फैलिइरहँदा मनमा डर हुनु मानवीय स्वभाव भएको चिकित्सकहरू बताउँछन् । ‘सकारात्मक सोचले दिमाग मात्र होइन, शरीर पनि बलियो बनाउँछ,’ डा। उपाध्यायले भने, ‘महामारीसँग भिड्न सक्छु भन्ने सकारात्मक विचार राख्ने गरे यस्ता समस्याबाट मुक्त भइन्छ ।’

✅तनावतनाव रहित कसरी हुनेरु 

सामजिक सञ्जालमा धेरै समय नबिताउने
कोभिड–१९ सम्बन्धी समाचार धेरै नपढ्ने, आधिकारिक मिडियाको मात्र भर पर्ने
आफूलाई व्यस्त राख्ने तथा मनमा लागेका कुरा गर्ने 
परिवार संग बिताउने
पोषणजन्य आहार खाने
किताब पढ्ने, लेख्ने, फिल्म हेर्ने
सामान्य व्यायाम र योग गर्ने
पर्याप्त निदाउने
जाँड रक्सी लागू पदार्थ नखाने

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । आज बिहान १०ः०० बजे सम्म ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ ।     समानुपातिकमा नेपाली कांग्रेसले ११ हजार ४५६, नेपाल कम्युनिष्ट पार्टी...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९