ह्याकर ऐश्वर्या

ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्।

कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन्। यसरी गेमिङ हुँदै कम्प्युटर कोडिङमा लागेकी उनी अहिले एक ह्याकर हुन् । 

काठमाडौंकी २४ वर्षीया ऐश्वर्या नेपालका थोरै संख्यामा पर्ने महिला ह्याकरमध्ये एक हुन्। करिब तीन वर्षदेखि ह्याकिङमा लागेकी उनी अहिले एक बैंकका लागि काम गरिरहेकी छन्। बैंकको सिस्टम सर्भर, नेटवर्क, वेब एप्लिकेसन र डाटाहरू बाहिरी ह्याकरबाट बचाउनु उनको जिम्मेवारी हो।

कुुनै पनि अनलाइन साइटको पूर्वाधारमा आउने जोखिमबाट बचाउने र भविष्यमा त्यो घटना फेरि हुन नदिन त्यसबारे अध्ययन गर्ने काम हुन्छ ह्याकरको। यो दुई किसिमको हुन्छ– इथिकल ह्याकिङ र अनइथिकल।

अनुमति लिएर गर्नेलाई इथिकल ह्याकिङ भनिन्छ भने कसैको स्वीकृति बिना व्यक्तिगत वा व्यवसायिक डाटा चोर्न खोज्नुलाई अनइथिकल ह्याकिङ भनिन्छ।

इथिकल ह्याकिङमा कम्पनीले स्वयम् ह्याकर राखेका हुन्छन्। ताकि सबै जानकारी सुरक्षित राख्न सकियोस्। ऐश्वर्या इथिकल ह्याकिङका तिनै कर्तव्य पूरा गर्छिन्।

एक महिला ह्याकर हुनु हाम्रो समाजका लागि आज पनि नौलो विषय हुन सक्छ। तर उनका लागि सानैदेखिको सपना पूरा हुनु हो।

घरको वाइफाइ बिग्रियोस् मा अन्य सामग्री, बनाउन मै अघिअघि सर्थेँ उनले सम्झिँदै भनिन्,मेरो रूचि देखेर त परिवारले आफ्नो मोबाइल बिग्रियो भने पनि मलाई नै बनाउन दिनुहुन्थ्यो।ु

रूचि भए पनि ऐश्वर्यालाई यसमै भविष्य कसरी बनाउने भन्ने अलमल थियो। कोडिङका लागि छुट्टै पढाइ हुन्छ भन्ने उनलाई थाहा थिएन। १२ कक्षा पढेपछि आइटी विषय पढेर धेरै काम गर्ने अवसर पाइन्छ भन्ने थाहा पाइन्। बल्ल उनको अलमल सुल्झियो।

२०७२ सालमा उनी इस्लिङ्टन कलेजमा ुनेटवर्क र आइटी सेक्युरिटीुमा स्नातक गर्न भर्ना भइन्। स्नातकको दोस्रो वर्षमा उनी कलेजको आइटी डिपार्टमेन्टमा इन्टर्नका रूपमा काम गर्न थालिन्।

बिस्तारै एक साइबर सेक्युरिटी कम्पनी हुँदै अहिले उनी बैंकका लागि इथिकल ह्याकरका रूपमा काम गरिरहेकी छन्।

ऐश्वर्याका अनुसार साइबर सेक्युरिटीभित्र पनि थुप्रै विधा हुन्छन्। जस्तै, नेटवर्क सेक्युरिटी, मोबाइल सेक्युरिटी र वेब एप्लिकेसन सेक्युरिटी। ऐश्वर्याको काम वेब एप्लिकेसन सेक्युरिटी हो।

ुयो केही वर्षमै सिक्न सकिने काम होइन। हरेक पटक काम गरेपछि नयाँ कुरा सिक्न पाइन्छ,ु उनले भनिन्, ुह्याकिङ किताबमा रहेको कुराभन्दा धेरै ठूलो छ। त्यसैले यहाँ डिग्री लिएर मात्र हुँदैन। कामको अनुभवले धेरै महत्व राख्छ।ु

ह्याकिङ जसले पनि गर्न नसक्नुको कारण यही हो। यो क्षेत्रमा काम गर्न सक्नेलाई धेरै अवसर छन्। नेपालको सन्दर्भमा साइबर सेक्युरिटीबारे बैंकहरू बढी सचेत रहेको देखिन्छ। यही कारण बैंक र थुप्रै सेक्युरिटी कम्पनीले ह्याकरलाई काम दिइरहेका उनले जानकारी दिइन्।

यसबाहेक ह्याकरले थुप्रै ह्याकिङ प्रतिस्पर्धामा भाग लिन सक्छन् जसबाट बाहिरी देश पनि घुम्न पाइन्छ। सन् २०१९ मा गुगलले आयोजना गरेको ुगुगल सि।टि।एफ २०१९ु नामक ह्याकिङ प्रतिस्पर्धामा ऐश्वर्या पनि चुनिएकी थिइन्। त्यस क्रममा उनले लन्डन घुम्ने अवसर पाइन्।

युवामाझ ह्याकरलाई ुकुलु रूपमा हेरिने भएकाले ह्याकिङ धेरैको आकर्षणमा पर्न थालेको छ। ह्याकर शब्दबाट आकर्षित भएरै यतातिर लाग्ने युवा संख्या धेरै भए पनि बाहिरबाट हेर्दा जति ुकुलु देखिन्छ, काम गर्दा उत्तिकै गम्भीर हुनुपर्ने ऐश्वर्या बताउँछिन्।

ुइन्टरनेटमा ग्राहकको व्यक्तिगत डाटा चोरी हुने सम्भावना धेरै हुन्छ। कसैले जथाभावी प्रयोग गर्ने डर पनि। यसले कम्पनीलाई आर्थिक रूपमा मात्र घाटा नभई, बदनाम हुन सक्छ। सानो गल्तीले कम्पनीसहित ठूलो संख्यामा ग्राहकलाई असर पुग्न सक्छ,ु उनले भनिन्।

त्यस्तै ह्याकर भएपछि दिनरात नभनी खटिनु पर्ने उनको भनाइ छ। तै पनि आफूलाई मन पर्ने काम भएकाले उनी निकै रमाउँछिन्।

यो काममा ुसफ्टवेयर बगु फेला पार्न सकियो भने सबभन्दा खुसी लाग्ने उनले बताइन्। सफ्टवेयर बग कम्प्युटर प्रोगाममा हुने त्रुटिलाई भनिन्छ, जुन प्रोगामको डिजाइन वा स्रोतमा हुने गल्तीका कारण उत्पन्न हुन्छ।

यी बग फेला पार्नु एक ह्याकरका लागि ठूलो कुरा हुन्छ। ऐश्वर्याका अनुसार इन्टरनेटमा अनलाइन व्यवसाय वा सुरक्षामा कयौं कमजोरी भेटिन्छन्। ती त्रुटिको दुरुपयोग नगरी आधिकारिक रुपमा खुलासा गरेर सावधान गराउनु एक इथिकल ह्याकरको जिम्मेवारी हुन्छ। यस्ता बग भेटाएबापत ह्याकरलाई पुरस्कृत गरिन्छ।

अहिले विश्व नै डिजिटल भइरहेका समयमा यस्ता थुप्रै अनलाइन जोखिम बढ्दै गएको ऐश्वर्या बताउँछिन्। अहिलेको अवस्थामा सबैजना इन्टरनेटमै संलग्न छन्। यसले गर्दा हाम्रो व्यक्तिगत जानकारी पनि डिजिटल भएको छ।

यस्तो बेला आफ्नो सुरक्षाका बारेमा सचेत रहन निकै जरुरी छ सुझाउँछिन्,हामीले जस्तोसुकै लिंक खोल्नु हुँदैन। एउटै पासवर्ड धेरै एकाउन्टमा प्रयोग गर्नु हुँदैन। सार्वजनिक वाइफाइ प्रयोग गर्नु हुँदैन। कुनै पनि एप्लिकेसन खोल्नुअघि त्यो बारेमा बुझ्नु पर्छ। केही भएर आफ्नो इमेलमा कुनै पनि अनलाइन एकाउन्ट ह्याक भयो भने पासवर्ड परिवर्तन गरिहाल्नु पर्छ।ु

साइबर सेक्युरिटीमा बढ्दै गएको जोखिमबाहेक ऐश्वर्यालाई नेपाली ह्याकिङ क्षेत्रमा महिलाको संलग्नता निकै कम रहेको कुराले पनि पिरोल्छ। विश्वव्यापी साइबर सुरक्षामा महिलाको प्रतिनिधित्व २० प्रतिशत मात्रै रहेका बेला नेपालमा महिला ह्याकरको संख्या औंलामा गन्न मिल्ने छ।

ुपहिलो कुरा त यहाँ आइटी विषय पढ्ने केटीको संख्या नै थोरै छ। म आफैं कलेज पढ्दा कक्षामा मसहित दुई(तीनजना मात्र केटी थियौं,ु ऐश्वर्या भन्छिन्, ुकलेजमा इन्टर्न गर्दा म एक्लै थिएँ। अहिले काम गर्ने ठाउँमा पनि एक्ली महिला ह्याकर हो।ु

उनलाई एक्लै केटी भएर काम गर्न कहिल्यै अप्ठ्यारो लागेन। बरू केटाहरू उल्टै उनलाई देखेर अच्चम मान्थे रे।

एकपटक उनी आफ्ना एक पुरुष सहकर्मीसँग काममा जाँदा उनलाई बेवस्ता गरेछन्। आफ्ना अर्का सहकर्मीसँग मात्र बोल्न खोजे। यस्तो अनुभव उनका लागि अचेल सामान्य भइसक्यो। काम गर्दै गएपछि मात्र मान्छेले उनलाई बुझ्छन्।

ुसुरूमा भेट्ने मान्छेले केटी देखेर कामबारे बोल्न नखोज्ने घटना अचेल केही लाग्दैन,ु उनले सुनाइन्, ुयो क्षेत्रमा ह्याकरका रूपमा महिला आकृति सोच्नु परको कुरा, महिला ह्याकरले काम पाउन पनि आफ्नो क्षमताको विश्वास दिलाउनु पर्छ।ु

उनलाई प्रायःले ह्याकर मात्र नभनी ुलेडी ह्याकरु भनेर संबोधन गर्छन्, जुन उनलाई चित्त बुझ्दैन।

ुह्याकरलाई ह्याकरै भनेर चिनिन्छ। केटीका लागि अगाडि छुटै ुलेडीु शब्द किन आउनु पर्नेरु,ु उनी प्रश्न गर्छिन्, ुअचेल त मैले प्रतिवाद गर्नै छाडीसकेँ। बुझ्नेले यसै बुझिहाल्छन्, नबुझ्नेका अगाडि हाँसेरै टारिदिन्छु।ु

अब उनको उद्देश्य नेपालको प्रविधि क्षेत्रमा महिलाको सहभागीता बढाउनु बनेको छ। अनलाइन कार्यक्रम सञ्चालन गरी यस क्षेत्रबारे ज्ञान नभएका वा भर्खर सिक्न थालेका किशोरीलाई सहज पारिदिने काम उनी गर्छिन्।

सुरूमा केही महिला आफैं प्रविधि विषय गाह्रो हुन्छ भनेर पढ्न खोज्दैनन्। त्यो गलत हो,ु उनले भनिन्, ुकेटाले पढ्न र गर्न सक्ने कुरा केटीले पनि गर्न सक्छन्। अलिकति चासो र इन्टरनेटमा खोजबिन गर्न सकियो भने यहाँ धेरै अवसर पाउन सकिन्छ।ु

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ,  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता...

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।     गतवर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी (बेनी), जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ ।   प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९