आज नेपाल भरि विभिन्न कार्यक्रम गरेर शहिद दिवस मनाईदै

यो वर्ष अलिक विषम नै रह्यो । कोरोनाको त्रास, राजनैतिक हतास अनि सत्ताको खिचातानी । गतवर्षको शहिद दिवस र यस वर्षको शहिद दिवस, दुबै शहिद दिवसले विगतका सयौं शहिद दिवसहरुसंग मिलेर एउटै प्रश्न सोधिरहेका छन्, के नेपालमा प्रजातन्त्रको लागि आफ्नो ज्यानको आहुती दिने शहिदहरुको सपना बास्तवमै साकार भयो।

नारायणहिटी बाट सिंहदरबारमा ल्याएको शाषनको बाघडोर क्रमश प्रदेश अनि स्थानीयस्तर सम्म पुग्दा शहिदहरुको वलिदानले न्याय पायो त रु बिघठित प्रतिनिधि सभा अनि निम्तो पाएको प्रतिगमन, आखिर प्रजातन्त्र पनि त स्वार्थले डोहोर्याएको रथ नै त भयो । या नेपालले बास्तबिक प्रजातन्त्रको स्वाद चाख्न अझै बाँकी छ ।nbsp;

शहिदहरुलाई धन्यवाद दिने या उनीहरुसंग माफी माग्ने र 
यस वर्षको शहिद दिवस पनि आइसकेको छ, आउनुहोस् यस पेरिफेरिमा कुरा गरौं । 

कवि भुपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौं ।

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नकालागि पनि हरेक एतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान रहेको छ । आज तिनै सपुतहरुको सम्झना र सम्मानको हो यस माघ १६ को शहीद दिवस् । परिवर्तित परिपेक्ष्यमा नेपाललाई शहीद दिवसका रुपमा मात्र नभई शहीद सप्ताहका रुपमा एकहप्ता अगाडिदेखिनै विभिन्न कार्यक्रम गरेर मनाईने गरिन्छ । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिक्ताकालागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरु अनि घटनाक्रमहरुले दिने गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषमा उल्लेख भए अनुसार शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो । थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानी हत्या गरिएको थियो ।

परिवर्तन ल्याउनकालागि अनि भावी पुस्ता र देशको आयाम बदल्नकालागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुमा हाम्रो पात्रोको नमन । यी शहिदहरुको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौं भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नैपर्ने बेला आएको छ । शहिदका परिवार अनि घरहरु लगायत शहिद परिवारका सदस्यहरुको अवस्था दूरदराजमा कस्तो रहेको छ रु विचार गर्न जरुरी छ, शहिदको आशिषको छत्रछाँया यो राज्यलाई जहिल्यै प्राप्त होस् र शहिदका आँशुहरु राज्यले पुछ्न् सकोस् ।

अब केही कुरा नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर शहिदहरुको, राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बहालिकालागि शहिदहरुले वलिदान दिएकोमा वि।सं। २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलिय व्यवस्था लगायत ३२ सालको जनमत संग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलिय प्रजातन्त्रको पूर्नस्थापनासम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरु शहिद भएका छन् । त्यसपछिको कालखण्डमा भएका स(शस्त्र द्वन्द्व अनि हिंसाको फेरिहिस्त लामै छ, अझै धेरै नेपालीहरू वेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी सबैजनाको वीरगतीको विवरण लामो छ ।

अनि ०६२ र ०६३ सालको जनआन्दोलन र त्यसपछी पूर्नवाहली गरिएको प्रजातन्त्र अनि गणतन्त्रमा प्रवेश गरेको नेपाल, सबै शहिदहरुलाई नमन छ ।

विशेषतः विधार्थी अनि मजदुरहरुको सक्रिय सहभागीतामा नेपाली ईतिहासले आन्दोलन अनि परिवर्तन ल्याउन सफल भएको छ, पुस्तक र कलम अनि औजार दुबै हातमा बोकेर आन्दोलनमा होमिएका अनि सत्यको पक्ष लागेर शहिद भएका सम्पूर्ण शहिदहरुलाई आज नेपालले सम्झना गर्न चाहन्छ ।

यी शहिदहरुलाई मसिनो हैन बाक्लो अनि जोडदार स्वरमा सम्झनागर्न जरुरी छ, शहिद गेटमा रहेको शहिदहरुको प्रतिमा देखि गंगालाल हृदयरोग प्रतिष्टान लगायत शहिदका नाममा गठन गरिएका विभिन्न परोपकारी सँस्थाहरुले, हुलाक टिकटहरु अनि सरकारी कार्यलयमा झुन्ड्याईएका तस्वीरहरु, शहिदहरुको नाममा बनाईएका बाटाघाटाहरु लगायतले शहिदको महत्व हामीलाई बुझाईरहेका छन् । पछिल्लो समयमा नेपाली राजनैतिक पृष्ठपोषकहरुले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरुप शहिदहरु तोक्ने अनि खुद्रारुपमै शहिदहरुको फेरिहिस्त तैयार गरिदिएकोमा धेरै जनगुनासोहरु सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिक्ताको अनुपम अट्टाहसमा मुस्कुराईरहेका हरेक नेपाली अनुहारमा शहिदहरुको अनुहार मुस्कुराईरहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबै तिर शहिदको रगतको रङ्गहरु माटामा मिसिएका छन्, नेपाली आकाशमा उनिहरुको सपना छ अनि नेपाली प्रजातन्त्रीक अभ्यासमा शहिदहरुको निस्वार्थ वलिदान अतुलनीय छ ।

शहिदले हाम्रालागि वलिदानी दिएर दिइगएको स्वतन्त्रता यसैमार्फत् प्राप्त गणतान्त्रिक प्रजातन्त्रको आधारमा नयाँ नेपाल निर्माणमा तपाइहामी सबैजना उत्तिकै जिम्मेवार छौ नि, हैन र रु

देशले फेरि परिवर्तन खोज्न सक्छ, शहिद एउटा मर्यादा अनि विश्वाश हो, देशभक्तकालागि ।

देशले रगत मागे वलि मेरो चढाउ रुदिनन मेरि आमा नेपालकी छोरी

यस्ता महत्वपू्र्ण सवेंदना भएका गीतहरु शायद त्यसै रचना भएका हैनन् ।

आज नेपाल भरि विभिन्न कार्यक्रम गरेर शहिद दिवस मनाईदैछ, माला र अविरका विच शहिदका तस्वीर खोज्न र राख्न भन्दा पनि शहिदलाई मुटुभित्र राखौ, देशलाई माया गरौ ।
जय होस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

महोत्तरीमा मतदानमा महिला सहभागिता बढी

महोत्तरी,  बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको छ । महोत्तरीमा पुरुषभन्दा ३९ हजार ८९ मतदाता कम भए पनि महिलाको सहभागिता बढी देखिएको हो ।   पुरुषभन्दा १३ हजार ५४५ बढी महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९