२०४६ देखि हालसम्म नेताहरू आफ्नो पदका लागि केन्द्रित /जीवनको अन्तिम अवस्थासम्म पद नछाड्ने प्रवृत्ति

काठमाडौँ — ‘हामीकहाँ त सत्ता नै म्युजिकल चियर खेलजस्तो भयो । हामी जनता धेरै निराश हुन थालेका छौं,’ कलाकार हरिवंश आचार्यले हालै कान्तिपुरसँग भने, ‘कोरोनासँग लड्न छाडेर हामी कुर्सीसँग लडिरहेका छौं ।’ चार दशकदेखि नेपालको राजनीतिलाई नजिकबाट नियाल्दै आएका आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) को भनाइ छ, ‘हामी दुईले सहकार्य थालेको ४० वर्षमा धेरै राजनीतिक परिवर्तन भयो । तर राजनीतिको मनोवृत्ति खासै बदलिएन । जसरी हुन्छ सत्ता छाड्दै नछाड्ने प्रवृत्ति प्रजातन्त्रवादी र कम्युनिस्ट भन्ने दुवै पार्टीमा देखियो ।’मह जोडीले भनेजस्तै ’५० र ’६० को दशकमा सत्ता संघर्षका क्रममा सरकार बनाउने र भत्काउने धेरै खेल भए । कांग्रेस, एमाले र राप्रपा यसका मुख्य पात्र थिए । यो खेलकै बीच २०५२ सालमा सशस्त्र संघर्ष सुरु गरेर माओवादी शक्ति जन्मियो । २०५८ पछि राजाले राजनीतिक दलको कमजोरीमाथि खेल्ने मौका पाए । दलमाथि प्रतिबन्ध लगाएर शासन गरे । राजनीतिक दलहरूले युद्ध गरिरहेको माओवादीसँग मिलेर जनआन्दोलन गरेपछि त्यसबेलाको अस्थिरताको एउटा चक्र पूरा भयो ।२०६२–६३ को जनआन्दोलनमा सात दलको अग्रपंक्तिमा बस्ने सात शीर्ष नेतामध्ये एक थिए, तत्कालीन सद्भावना पार्टीका नेता भरतविमल यादव । उनी अहिले सक्रिय राजनीतिमा छैनन् । ‘राजतन्त्रले प्रजातन्त्रमाथि षड्यन्त्र गर्‍यो भनेर त्यसबेला पूर्ण प्रजातन्त्रका लागि आन्दोलन गरेका थियौं । आन्दोलन सफल पनि भयो । त्यसपछि लोकतन्त्र र गणतन्त्र आयो । अहिले हेर्नुस्, दल र नेताहरुको राजनीतिक संस्कार कस्तो छ ?’ उनले भने ।०६२–६३ मा नेताहरूले खाएको कसम उनले स्मरण गरे । ‘त्यति बेला गल्ती गर्‍यौं भनेर नेताहरूले जनतासँग माफी मागेको थियौं । तर राजतन्त्र ढलिसकेपछि पनि उनीहरूले सरकार बनाउने र ढलाउने खेल खलिरहे । अनि जनतालाई राजनीति फोहोरी खेल रहेछ भनेर लाग्नु स्वाभाविकै हो,’ उनले भने ।यादवले नैतिकहीन प्रवृत्ति हाबी भएकाले आफू राजनीतिमा सक्रिय नभएको खुलाए । ‘अहिले जुन किसिमको नैतिकहीन राजनीति छ, त्यसमा इमानदार मान्छे लाग्न सक्दैन,’ उनले भने ।

मह जोडीका भनाइमा सत्तारूढ दलको विवादका क्रममा दुइटा ‘लाज लाग्ने काम’ भए– राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश र समाजवादी दल फुटाउने प्रयास । यो सत्तारूढ नेकपाभित्रै चर्को बहसको विषय बन्यो । जनता समाजवादी पार्टीले सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न खोजेको भन्दै राजनीतिक मुद्दा बनाएको छ ।

राजनीतिक संस्कार किन बसेन ?

राजनीतिक संस्कार, संस्कृतिबारे अक्सफोर्ड पोलिटिकल डिक्सनरीको परिभाषा यस्तो छ, ‘निश्चित राजनीतिक प्रणाली सञ्चालनका लागि मूल्य, मान्यता, विश्वास र व्यवहार जनाउँछ ।’ हाम्रो सन्दर्भमा लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाका मूल्य, मान्यता, विश्वास र व्यवहार पूर्ण रूपमा लागू गर्नु हो ।यो शासन व्यवस्थाको राजनीतिक प्रणालीका मूल्य, मान्यता, विश्वास र व्यवहार के हुन् ? यो व्यवस्थामा १० वर्ष सशस्त्र युद्ध गरेको माओवादी, २००७ सालदेखि प्रजातन्त्रका लागि संघर्ष गरेको कांग्रेस र भूमिगत एवं शान्तिपूर्ण राजनीति गर्दै आएको एमाले र मधेस केन्द्रित दलका साथै पूर्वराजावादी पार्टीहरू अटाएका छन् ।यो शासन व्यवस्थाको खास मूल्य–मान्यता भनेकै राजतन्त्रात्मक बहुदलीय प्रतिस्पर्धाभन्दा फरक लोकतान्त्रिक गणतन्त्र हो । यो जनताका छोराछोरी मुलुकको सर्वोच्च पद राष्ट्रपति बन्ने र कार्यकारी प्रधानमन्त्री हुने संघीय व्यवस्था हो । स्थानीय तहमा ७ सय ५३ स्थानीय सरकार, सात प्रदेश सरकार र एक संघीय (केन्द्रीय) सरकारको मालिक जनता र यसको शासक जनताले निर्वाचित गरेका प्रतिनिधिहरू हुन् ।व्यवस्था बदलियो, समाज बदलियो । राजनीतिक नेताको संस्कार भने खासै बदलिएन । सत्ता र पदका लागि २०६३ जनआन्दोलन सफल हुनुअघि व्यवहार बेलाबेला दोहरिन्छन् । जस्तो, ५० र ६० को दशकमा सरकार बनाउन र ढलाउन सांसदहरूलाई गैरराजनीतिक, आर्थिक प्रलोभनमा पार्ने काम भए । गणतन्त्र स्थापना भइसकेपछि पनि २०६६ सालमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता रामचन्द्र पौडेल चुनावी मैदानमा हुँदा मधेस केन्द्रित दलका सांसदलाई गैरराजनीतिक, आर्थिक प्रलोभनमा पार्ने प्रयास भएको नेताहरूले स्वीकार गरिसकेका छन् । त्यसबेला नेता कृष्णबहादुर महराले एक चिनियाँ व्यापारीसँग सांसदका लागि ५० करोड सहयोग मागेको अडियो सार्वजनिक भएको थियो । जसरी पनि आफ्नो सरकार बनाउने माओवादीको मानसिकताले यस्तो घटना निम्त्याएको थियो ।त्यसपछि २०६७ मा माओवादीको समर्थनमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भए । आफ्नै पार्टीको असहयोगका कारण उनले ६ महिनामा राजीनामा दिनुपर्‍यो । आफ्नै पार्टीका नेतालाई राजीनामा गराउन बाध्य गराउने त्यति बेला एमालेका नेताहरूमा पनि राजनीतिक संस्कार देखिएन ।हालै समाजवादीका सांसद यादव ‘अपहरण’ काण्ड पनि गैरराजनीतिक घटना हो । योसँगै दल बिभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सत्तारूढ नेकपाभित्र विपक्षी नेताहरू जुर्मुराए । कोभिड–१९ को त्रासबीच प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा गराउन नेकपाभित्र बहुमत जुटाउने प्रयास भयो । प्रधानमन्त्री पक्षबाट पनि बहुमत पुर्‍याउन सांसदहरूको हस्ताक्षर गराएको चर्चा चल्यो । प्रधानमन्त्री ओलीले संसद्मा दुई तिहाइ बहुमत नजिक जनमत भएको आफ्नो सरकार हुँदाहुँदै दल विभाजनका लागि सहज हुने अध्यादेश ल्याउनु गलत थियो । पार्टीभित्र र बाहिर व्यापक विरोध भएपछि त्यो अध्यादेश खारेज भए पनि त्यसले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई व्यंग्य गरिरहनेछ । यी कार्य यो व्यवस्थामा सुहाउने राजनीतिक संस्कार होइनन् तर भइरहेका छन् ।माओवादीको राजनीतिक रूपान्तरण शीर्षकमा जवाहरलाल विश्वविद्यालय दिल्लीबाट विद्यावारिधि गरेका मध्यपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक अर्जुनबहादुर अयडीको बुझाइ छ, ‘नेताहरू उमेरले परिपक्व भए तर उनीहरूमा राजनीतिक सामाजिकीकरण भएन । उनीहरूमा विगतको राजनीतिक प्रभाव गएको छैन । मानसिकता उस्तै देखिन्छ ।’राजनीतिक संस्कार सत्ता पक्षका नेताहरूमा मात्र होइन, प्रतिपक्षी नेताहरूमा पनि असल राजनीतिक संस्कारमा ह्रास आएको छ । सत्ता पक्षका नेताहरूले राजनीतिक संस्कार बिर्से प्रतिपक्षी दलका नेताले खबरदारी गर्ने लोकतान्त्रिक पद्धति हो । नेपालको राजनीतिमा कोइराला परिवारबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता शेखर कोइराला यो कुरा स्वीकार गर्छन् ।आफूमा राजनीतिक संस्कार र नैतिकता भएन भने राजनीति नगरे हुन्छ,’ उनले भने, ‘प्रतिपक्ष कांग्रेसमा समेत संस्कारमा ह्रास आएको छ । प्रतिपक्ष दलको भूमिका खेल्न सकेको छैन । सरकारको खबरदारी गर्ने बेला गुटमा रमाइरहेको देखिन्छ । पार्टीमा लोकतान्त्रिक ढंगले छलफल हुँदैन ।’अर्कालाई प्रश्न गर्दा आफू नैतिक धरातलमा उभिन आवश्यक रहेको उनको भनाइ छ । ‘पद र कुर्सीका लागि अपारदर्शी काम हुन्छन्, त्यसका लागि जे पनि गर्न तयार हुन्छन् । राजनीतिमा खारिएका नेताहरूले पनि संस्कार सिक्न सकेनन्,’ उनले भने ।२०४६ सालपछि फरक विचार राख्ने नेताहरूलाई सम्मान गर्ने असल राजनीतिक संस्कार कांग्रेसमा बस्न सकेन, जसका कारण २०५१ सालमा सर्वोच्च नेता गणेशमान सिंहले कांग्रेस छाड्नुपर्‍यो, अर्का वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई २०५६ पछि राजनीतिबाट निस्क्रिय भए ।

दलीय पद्धतिभन्दा व्यक्तिवादी नीतिरा

दल लोकतान्त्रिक पद्धतिमा चल्नु असल संस्कार हो । पद्धति, मूल्य, मान्यताभन्दा आफूलाई प्रधान ठान्ने प्रवृत्ति हाबी भएको भएको छ ।२०४६ देखि हालसम्म नेताहरू आफ्नो पदका लागि केन्द्रित भएको पाइन्छ । जीवनको अन्तिम अवस्थासम्म पद नछाड्ने प्रवृत्ति कांग्रेस र अन्य दलमा अहिले पनि छ । २०४६ सालपछि तीन दशक यस्तै प्रवृत्तिका कारण मुलुकमा राजनीतिक अस्थिरता आएको स्वयं दलहरूले स्वीकार गरेका छन् ।मुलुकमा गणतन्त्र स्थापना भएको १३ वर्षपछि पनि राजनीतिक अस्थिरता कायम रह्यो । यो अवधिमा एक पटक संविधानसभाले संविधान बनाउन सकेन । २०४६ सालपछि २६ सरकार परिवर्तन भए, त्यसमा दुई सरकार तत्कालीन राजा ज्ञानेन्द्र शाहले चलाए, बाँकी २४ सरकार राजनीतिक दलले चलाए ।दोस्रो जनआन्दोलन सफल भएको १४ वर्षमा १० सरकार परिवर्तन भए । २०४६ सालपछि कुनै पनि सरकार पूरा कार्यकाल चलेनन् । कांग्रेसले २०४८ र २०५६ को निर्वाचनमा पाँच वर्ष सरकार चलाउने जनमत पाए पनि आन्तरिक कलहका कारण बीचमै सरकार फेरबदल भए । २०४८ मा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले आफ्ना ३६ सांसदले सकारको नीति तथा कार्यक्रम विफल गराएपछि २०५१ मा मध्यावधि निर्वाचन गराए । त्यसपछि तत्कालीन एमालेको अल्पमतको सरकार बन्यो, त्यो पनि नौ महिनामै ढल्यो । २०५१ मा एमाले अध्यक्ष मनमोहन अधिकारी अल्पमतको सरकारका प्रधानमन्त्री भए ।कांग्रेसले राप्रपासित मिलेर २०५२ मा कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनी पनि एक वर्ष मात्र प्रधानमन्त्री भए । कांग्रेसले २०५६ को निर्वाचनमा २ सय ५ सिटमा १ सय ११ सिट जितेर बहुमत ल्यायो, प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । पार्टी सभापति कोइराला आफ्नै पार्टीको सरकार एक वर्ष नपुग्दै ढलाएर आफू प्रधानमन्त्री भए । माओवादी युद्ध चर्किरहेका बेला रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेपछि सेना परिचालन प्रकरणमा उनले राजीनामा दिए । त्यसपछि २०५९ मा कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री भए । माओवादीले २०५८ मंसिरमा माओवादीले दाङमा सैनिक ब्यारेक आक्रमण गरेपछि कांग्रेसमा विग्रह आयो । देउवाले २०५९ जेठमा संसद् विघटन गरेर कात्तिकमा निर्वाचन गर्ने घोषणा गरे तर असोजमा राजाले देउवालाई ‘अक्षम’ को आरोप लगाएर सत्ता हातमा लिए । बहुदलीय व्यवस्था आइसकेपछि २०४८ सालमा पूरा कार्यकाल चलाउने जनादेश पाएको कांग्रेसले अस्थिरताको सुरुवात गर्‍यो ।२०५१ देखि ०५५ सम्म पटकपटक मन्त्रिपरिषद् गठन भयो, त्यस अवधिमा ४८ जनासम्म मन्त्रिपरिषद बन्यो । २०५६ को निर्वाचनमा कांग्रेसले बहुमत ल्याएपछि पनि पटकपटक मन्त्रिपरिषद् फेरबदल भयो । यो अवधिमा सरकार अस्थिर हुने जग बस्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

काठमाडौँ,  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम...

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

काठमाडौँ,  निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

काठमाडौँ,  गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १०...

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…

खलङ्गा (जुम्ला),  चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९