शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौँ,  काठमाडौँ महानगरपालिका­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन् ।गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले ब्रस चलाउँदै स्वयम्भूलाई आफ्नै स्कुलको भित्तामा उतारिरहनुभएकी काफ्लेले भन्नुभयो, “मलाई भित्तामा चित्र बनाउँदा आनन्द आइरहेको छ, सुरुमा प्राविधिक कुरा सिक्यौँ, अहिले फिल्डमै भित्तामा चित्र बनाइरहेकी छु, यसले कला सिक्ने मेरो चाहना पूरा गरिदिएको छ ।”

 

 

यहाँका विद्यार्थीले समूह बनाएर फोहर भित्ता सजाएका छन् । समूहमै सहभागी भएर चित्र कोरिरहेका भानु साउद भन्नुहुन्छ, “भित्तामा चित्र कसरी बनाउने, आउटलाइन कसरी तान्ने, रङ कसरी भर्ने ? सबै सिकेपछि चित्र कोर्न थालेका हौँ ।”केही विद्यार्थीले छेउमै बालबालिका खेल्दै गरेका चित्र बनाए । उनीहरुले बनाएको अर्काे भित्तेचित्रमा फूलमा मौरी घुमिरहेको थियो । अर्काे चित्रमा नेवारी महिला र धिमे बाजा देखिन्थ्यो । मुख्यगरी जनजीवन, संस्कृति र सम्पदालाई उनीहरुले भित्तामा सजाएका थिए । सिकाइरहेका कलाकार रोजन खड्काले ४ देखि ८ कक्षाका विद्यार्थीलाई शिक्षामा सीप कार्यक्रमअन्तर्गत कला शिक्षा दिइरहेको बताउनुभयो । हरेक शुक्रबार यसरी नै सिकाइने गरिएको उहाँ बताउनुहुन्छ ।

 

शिक्षिका विन्देश्वरी महर्जन उक्त स्कुलमा पहिलोपटक यो कार्यक्रम चलाएको र यसलाई निरन्तरता दिन सके राम्रो हुने बताउनुहुन्छ । “विद्यार्थीले सिक्न चासो दिएका छन्, यसलाई विद्यालयको पाठ्यक्रममै राख्नसके राम्रो हुन्थ्यो,” उहाँले भन्नुभयो ।

 

काठमडौँ महानगरपालिकासँग मिलेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उक्त शिक्षामा सीप कार्यक्रम चलाउँदै आएको छ । गत वर्ष चलाएको कार्यक्रम प्रभावकारी देखिएपछि यसवर्ष पनि यसलाई निरन्तरता दिइएको हो । विगतमा त्यसरी बनाएका कला प्रतिष्ठानमा प्रदर्शनीसमेत गरिएको थियो । उनीहरुका चित्र व्यावसायिक चित्रकारका जस्तै देखिन्छन् ।

 

काठमाडौँ–६ महाङ्कालस्थित जनकल्याण माविका विद्यार्थी पनि कला सिर्जनामा रमाउँदै आएका छन् । उनीहरु कक्षा कोठामै बसेर आर्ट पेपरमा थरीथरीका चित्र कोर्दै गरेका भेट्टिए । कक्षा ९ र १० का ३० विद्यार्थी उक्त कार्यक्रममा सहभागी छन् । महेन्द्र तामाङ र दीपक आउजीले यहाँ विद्यार्थीलाई कला सिकाइरहनुभएको छ । उक्त विद्यालयको कला फोकल शिक्षक दीपक घिमिरे यस्ता कार्यक्रमबाट विद्यार्थीले सिर्जना तिखार्ने अवसर पाउने बताउनुहुन्छ ।

 

यस्तै, महेन्द्र बौद्ध मावि, बौद्धका विद्यार्थीहरु चन्द्र मगर, अर्पण लामा, दावा शेर्पा र जीवन लामा माटोबाट बौद्ध स्तुपा बनाइरहेका थिए । उनीहरुसहित २४ विद्यार्थीले माटोमा आकार दिइरहेका थिए । पन्ध्र दिनको सिकाइमा उनीहरु विभिन्न चित्राकृति र मूर्ति बनाउन सक्ने भएका छन् । स्कुलका शिक्षक खेमनाथ सापकोटा यो कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकास भएको बताउनुहुन्छ ।

 

“रङमा खेल्दा विद्यार्थीले रमाउँदै सिक्ने अवसर पाएका छन्, यस्ता कार्यक्रम आवश्यक छन्, पढाउँदा जबर्जस्ती गर्नुपर्ने जस्तो लाग्ने, तर यो काम भने उनीहरु आफै सिक्न खोज्ने देखिए, यस्ता कर्याक्रमबाट सिकाइ प्रभावकारी हुन्छ,” शिक्षक सापकोटाले भन्ुनभयो ।

 

यसैगरी, विद्यार्थीले टङ्गला स्कुलमा पनि भित्ते चित्र बनाएका छन् । पीपलको रूखमुनि गौतमबुद्ध बसिरहेका सुन्दर भित्ते चित्रसहित प्रकृति र जनजीवनका चित्र उनीहरुले बनाएका छन् । विद्यार्थीहरु कला सिर्जना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन् । यसले भविष्यमा उनीहरुलाई बाटो देखाउन सहज हुने विश्वास गरिएको छ ।

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको विद्यार्थीहरुले कला सिकिरहेको बताउनुहुन्छ । विद्यालयतहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उहाँले यसलाई एउटा छुट्टै कोर्सका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो ।

 

काठमाडौँ महानगर र ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम सुरु भएको हो । यो कार्यक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने उद्देश्य महानगरले पूरा गरिदिएको प्रतिष्ठानले जनाएको छ । अहिले २६ स्कुलका विद्यार्थी भित्तेचित्र कोर्न सिकिरहेका छन् भने १७ विद्यालयका विद्यार्थी चित्रकला र मूर्तिकला सिकिरहेका छन् । हरेक विद्यालयमा २० देखि ३० विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् ।नारायण ढुङ्गाना/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित

काठमाडौँ,  नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटना हुनु चिन्ताको विषय भएको बताउनुभएको छ ।जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस प्रकारका अमानवीय व्यवहारले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

झापा, कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् ।हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् ।     बालअधिकार तथा संरक्षणकर्मी सुमन...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

महेन्द्रनगर,  कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९