छिमेकी मुलुकसँगको नक्सा विवादमा घेरिंदै भारत

काठमाडौं ।आफ्ना छिमेकी मुलुकहरुबाट सीमा र नक्सा विवादमा घेरिंदै गएको छ । नेपालपछि अब भारतको चीरप्रतिद्वन्द्वी मुलुक पाकिस्तानले आफ्नो नयाँ नक्सा जारी गर्दै दिल्लीलाई चिढ्याएको छ । पाकिस्तानले जम्मु कश्मिर, लद्दाक र जूनागढलाई समेटेर आफ्नो नयाँ राजनैतिक नक्सा जारी गरेको हो । राजधानी इस्लामावादमा पाकिस्तानको मन्त्रिपरिषद्ले जारी गरेको नयाँ राजनैतिक नक्सालाई प्रधानमन्त्री इमरान खानले स्वीकृती प्रदान गरेका थिए । नेपालमा जस्तै पाकिस्तानमा पनि मुलुकको नयाँ नक्सा जारी गर्ने क्रममा सत्तारुढ, विपक्षी सबैले ऐक्यबद्धता देखाएका थिए । इस्लामावादबाट जारी भएको नयाँ नक्सालाई पाकिस्तान प्रशासित कश्मिरका नेताहरुले समेत त्यसलाई स्वागत गरेका थिए । नयाँ नक्सा जारी भएपछि नेपालका नागरिकले देखाएको खुशी जस्तै पाकिस्तानका नागरिकले पनि खुशियाली मनाएका थिए । तर दिल्लीले पाकिस्तानले जारी गरेको नयाँ राजनैतिक नक्साको कुनै बैद्यता नभएको प्रतिक्रिया दिएको छ । दुई महिना अघि नेपालको प्रतिनिधि सभाको शतप्रतिशत बुहमतले नयाँ नक्सा पारित गर्दा पनि साउथ ब्लकले यस्तै किसिमको प्रतिक्रिया जनाएको थियो । चीनसँगको सधैंको सीमा विवादपछि भारत यतिवेला पाकिस्तान र नेपालले जारी गरेका आफ्ना नयाँ राजनैतिक नक्साले घेरिएको छ । भारतले दुबै मुलुकले जारी गरेको नयाँ नक्साको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनियता नभएको प्रतिक्रिया दिएको छ । दिल्लीस्थित साउथ ब्लकले यी दुबै नक्सालाई आधारहीन भनेको छ भने दुबै मुलुकले मूर्खतापूर्ण कदम उठाएको दाबी गरेको छ । यो साता दिल्लीको उच्च राजनैतिक नेतृत्व अयोध्याको विवादास्पद भूमिमा राम मन्दिरको शिलन्यासमा जुटेकाले यो समारोहपछि पाकिस्तान र नेपालले जारी गरेका नक्सामाथि केही कदम चाल्ने अनुमान लगाइएको छ । दक्षिण एशियाली क्षेत्रमा नक्सा विवादको बिउ भारत आफैंले रोपेको थियो । दिल्लीले अघिल्लो वर्ष जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेपछि परम्परागत मित्र राष्ट्र नेपाल चिढिन पुगेको थियो । त्यसको बदलामा नेपालले पनि तीन महिना अघि आफ्नो नयाँ राजनैतिक नक्सा जारी गर्दै यी क्षेत्रलाई आफ्नोमा समेटेर नयाँ निशान छाप तयार मात्र गरेन, संविधान संशोधन गर्न तयार नै भयो । नेपालसँग जस्तै विवाद भारतको पाकिस्तानसँग पनि छ, जसको बिउ पनि भारत स्वयंले रोपेको थियो । अघिल्लो वर्षको अगष्ट ५ मा नरेन्द्र मोदी सरकारले भारतको संविधानको धारा ३७० ले दिएको जम्मु कश्मिरको विशेष राज्यको दर्जा खारेज गरेसँगै दुई चीर प्रतिद्वन्द्वी मुलुकको विवाद पुनः सतहमा आएको थियो । यी राज्यको विशेष दर्जा खारेजीसँगै जम्मु कश्मिरलाई विभाजन गर्दै केन्द्र शासित प्रदेश र लद्दाखलाई छुट्टै प्रदेश बनाइएको थियो । पाकिस्तानले मोदी सरकारले चालेको यस्तो कदमको विरोध अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत गरेको थियो । पाकिस्तानका प्रधानमन्त्री खानले कश्मिर विवादको एउटै समाधान भनेको संयुक्त राष्ट्र संघको प्रस्ताव मान्नु भएको बताउँदै आएका छन् । गत मंगलबार नयाँ नक्सा जारी गर्दा पनि खानले यो कुरा दोहोर्याएका छन् । कश्मिर विवादलाई पाकिस्तानले अन्तर्राष्ट्रियकरण गर्नुका पछाडि आफ्नै कारणहरु छन् । कश्मिरमा भारत र पाकिस्तानको आ आफ्नो दाबीसँगै चीनले पनि केही भूभाग आफ्नो भएको बताइरहेको छ । कश्मिरको ४५ प्रतिशत भूभागमा भारतको, ३५ प्रतिशत भूभागमा पाकिस्तानको र बांकी २० प्रतिशत भूभागमा चीनको दाबी रहेको छ । यता, भारतले नेपाल र पाकिस्तान दुबै मुलुकको नयाँ नक्सा विवादमा पेलेरै अघि बढ्ने रबैया अपनाइरहेको छ । नेपालले पटक;पटक विवादलाई कूटनीतिकस्तरबाटै समाधान खोज्ने बताइरहँदा भारतले त्यतातर्फ ध्यान नै दिएको छैन । भारतले कोरोना महामारीका कारण वार्तामा बस्ने अवस्था नभएको कारण देखाइरहे पनि दिल्ली आफैंले चीन, अष्ट्रेलिया जस्ता शक्ति मुलुकसँग महामारीकै बीचमा वार्तामा बसिसकेको छ । यसबाट पनि भारतको पेलेरै अघि बढ्ने नियती प्रष्ट हुन्छ । तर सीमा जस्तो संवेदनशील मुद्धामा जतिनै बिलम्ब भयो, घाटा भारतलाई नै छ । विश्व महाशक्ति राष्ट्र बन्न अघि लम्किरहेको भारत साना छिमेकी मुलुकसँग सीमा विवादमै अल्झिरह्यो भने अन्तर्राष्ट्रिय मञ्चमा उसको विश्वसनियता घट्छ । अन्य महाशक्ति मुलुकले भारतलाई विश्वास गर्ने आधार बन्दैन् । छिमेकी मुलुकसँग चर्किरहेको सीमा विवादलाई जति छिटो मत्थर गर्न सक्यो, भारतलाई त्यति नै हितकर छ । त्यसैले पनि जानकारहरु भनिरहेका छन्, सीमा विवाद मिलाउन नेपाल अथवा पाकिस्तानलाई हतारो छैन, हतार छ त केवल भारतलाई नै छ । किनभने, दक्षिण एशियाकै शक्ति मुलुक भारत आफ्नै कारणले यो क्षेत्रमा राजनैतिक संकट उत्पन्न होस् भन्ने पक्कै चाहँदैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

उपराष्ट्रपतिद्वारा शोक व्यक्त

काठमाडौँ,  उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गर्नुभएको हो । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ,   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ ।आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर एक लाख छ...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा

गण्डकी, माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुईदिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला सुरु गरिएको हो ।   कार्यशालामा शिक्षा क्षेत्रसँग...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट (बागलुङ), दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९