कैलालीमा बिहिवार राति १२ बजेदेखि निषेधाज्ञा जारी (यस्तो छ निर्णय)

कैलाली ३ भदौं । कैलालीमा भोली (बिहिवार) राति १२ बजेदेखि १४ गते सम्मका लागि निषेधाज्ञा लगाईने भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्पुर्ण व्यापार व्यवसाय सञ्चालनमा समेत रोक लगाईएको छ।

यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन्।

खाद्यान्न, तरकारी, दुध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने तथा अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय छ।

यस्तै डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटर तथा रेष्टुरेन्ट खोल्न नपाइने निर्णय गरिएको छ।
एक जिल्लाबाट अर्को जिल्लाभित्र प्रवेश निषेध गरिने निर्णय पनि भएको छ।

अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीले भने फोटो सहितको परिचयपत्रका आधारमा सवारी संचालन गर्न पाईनेछ।जिल्ला संकट व्यवस्थापनको निर्णयहरुहरु
अत्यावश्यक सेवा तथा बस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय संचालन नगर्ने ।औषधी, खाद्यवस्तु तथा अन्य आत्यवश्यक उपभोग्य वस्तु तथा खरिदकृ काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनटम भौतिक दुरी कायम गर्नुपर्नेछ ।

३. अत्यावश्यक सामाग्री लगायतका मालबाहक ढुवानीका सवारी, साधान, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधान बाहेक अन्य सवारी साधानहरु जिल्ला भित्र प्रवेश निषेध गर्ने ।

४. जिल्लाभित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुबाहक सवारीसाधान संचालन नगर्ने ।

५. कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालय आउनु जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण करी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा संचालनमा हुने साधान बाहेक सवारी साधानहरु संचालन नगर्ने ,

६. सवारी साधान संचालानको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएको अत्यावश्यकीय बस्तु तथा सेवा अन्तरगत पर्ने औधषी, खाद्यवस्तु, इन्धन, खान पकाउने ग्याँस, तरकारी, फलफूल व्यवस्थापन, अस्पताल जाने आउने विमारी, मृत्यू संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सवारी संचालन नगर्ने ।

७. कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा, सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस नगर्ने निशेध गर्ने ।

८. परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधीहरु सञ्चालन तथा जमघट नगर्ने ।
९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधीहरु सञ्चालन नगर्ने ।

१०. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डिपार्टमेन्टल स्टोर(ग्रोसरी बाहेक), मनोरञ्जन स्थल, सैलुन, व्यूटीपार्लर स्पा, स्वीमीड्ड पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन नगर्ने ।

११. फुटपाथ वा खुला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यापार व्यवसाय सञ्चालन एवं कवाडी संकलन नगर्ने ।
१२. होटेल, रेष्टुरा सञ्चालन नगर्ने नगराउने ।तर

१३. आवश्यक परेको अवस्थामा सरकारी तथा सार्वजनिक कार्यालयहरु न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेक कर्मचारीहरुलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरु गर्नको लागि सम्बन्धित कार्यालय प्रमुखले व्यवस्था मिलाउने ।

१४. बैंकिड्ड सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गने व्यवस्था मिलाउनु पर्ने छ । सो सम्भव नभएमा स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी गराई नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा वा न्यूनतम मात्र कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न सक्नेछ ।

१५. औषधी, स्वास्थ्य सामाग्री र स्वास्थ्य सम्बन्धि कार्यको हकमा आवश्यकता अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी गराई सञ्चालन गर्नु पर्ने ।

१६. खाद्यान्न, तरकारी, दुध, फलफुल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुका हकमा विहान ५ बजेदेखि ९ बजेसम्म (४ घण्टा मात्र) स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी गराई सञ्चालन गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

धनगढी महोत्सवमा महिला पत्रकारमाथि आक्रमण, संघद्वारा कारबाही माग

धनगढी– धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि मंसिर २७ गते सार्वजनिक स्थलमै गरिएको अश्लील, अपमानजनक तथा हिंसात्मक व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर आपत्ति जनाएको छ।   संघका अनुसार, समाचार संकलन गरिरहेकी महिला पत्रकारमाथि दुई व्यक्तिले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९