आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

कञ्चनपुर,  सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गर्दैछन् । करिब एक महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा मनाइने राना थारू समुदायको होली खखडेहरा पर्वसँगै समाप्त हुने परम्परा छ ।

 

 

राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्वका रूपमा सीमित छैन । यो पर्व सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइन्छ । वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिइने होली पर्व समुदायका लागि सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थाको प्रतीक पनि मानिन्छ ।

 

 

राना थारू समुदायमा माघ शुक्ल पूर्णिमाका दिनदेखि होली पर्वको सुरुआत हुन्छ । सो दिन गाउँमा ‘होरी’ राखेर पर्व प्रारम्भ गरिन्छ । त्यसपछि करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई राना थारू समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ ।

 

 

जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने चलन छ । यसले समुदायमा मनोरञ्जनका साथै धार्मिक आस्था र सांस्कृतिक चेतनालाई पनि सुदृढ बनाउने विश्वास रहेको रामसहाय राना बताउनुहुन्छ ।

 

 

 

उहाँका अनुसार फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ । होलिका दहनपछि अर्को दिनलाई ‘टीका’ भनिन्छ । यस दिन गाउँका सबै जनाले होली जलेपछि बाँकी रहेको खरानीको टीका लगाउने परम्परा छ । समुदायमा रहेको विश्वासअनुसार होलीको खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने मान्यता रहेको स्थानीय रामसहाय बताउनुहुन्छ ।

 

 

टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ । यस अवधिमा दिन र रात दुवै समयमा होली खेल्ने गरिन्छ । मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ, जसलाई होलीको औपचारिक समापनका रूपमा लिने गरिन्छ ।

 

 

खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् । पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, घोडाको माटोको मूर्ति तथा शुद्ध पानी सङ्कलन गरिन्छ ।

 

 

 

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय रतनलाल रानाका अनुसार यी सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिन्छ । “गाउँका सबै घरबाट सामग्री सङ्कलन गरिन्छ, जसले यो पर्व सामूहिक सहभागितामा आधारित रहेको देखाउँछ”, उहाँ भन्नुहुन्छ ।

 

 

सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो, हडियालगायत सामग्री फुटाउने चलन छ । राना थारू समुदायका अगुवा जगता रानाले खखडेहरा फुटाउने कार्य गाउँका निश्चित व्यक्तिमात्रले गर्ने परम्परा रहेको बताउनुभयो । “यो कार्य प्रतीकात्मक रूपमा गाउँबाट नकारात्मक शक्ति हटाउने संस्कारका रूपमा मानिन्छ”, उहाँले भन्नुभयो ।

 

 

उहाँका अनुसार यस पर्वमार्फत राक्षसी प्रवृत्ति, रोगव्याधि, दुर्भाग्य र अन्य नकारात्मक प्रभावलाई गाउँबाट टाढा भगाउने विश्वास समुदायमा रहिआएको छ । खखडेहरा फुटाइसकेपछि सहभागीहरू गाउँ फर्किन्छन् । फर्किने क्रममा पछाडि फर्केर हेर्नु हुँदैन भन्ने कडा मान्यता छ । यदि कसैले फर्केर हेरेमा अनिष्ट निम्तिने वा दुष्ट शक्ति देखिने विश्वास समुदायमा प्रचलित रहेको राना थारू समुदायका बूढापाकाहरू बताउनुहुन्छ ।

 

 

 

खखडेहरा पर्वको अर्को महत्त्वपूर्ण पक्ष ‘फगुवा’ माग्ने परम्परा पनि हो । पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्ने गर्छन् । फगुवाका रूपमा घरधनीले गच्छेअनुसार नगद रकम, अन्न वा अन्य सामग्री दिने गर्छन् । यसरी सङ्कलित रकमबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।

 

 

साँझपख गाउँमा उत्सवमय वातावरण देखिन्छ । महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृङ्गारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने गर्छन् । समुदायमा रहेको विश्वासअनुसार खखडेहरा पर्वमा गरिने पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास गरिन्छ ।

 

 

नेपाल राना थारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष कृपाराम रानाले राना थारू समुदायका लागि होली सबैभन्दा महत्त्वपूर्ण पर्व रहेको बताउनुभयो । “राना थारू समुदायको सांस्कृतिक जीवनमा होलीको विशेष महत्व छ”, उहाँले भन्नुभयो, “विशेषगरी खखडेहरा पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्छ ।”

 

 

उहाँका अनुसार खखडेहरा पर्वका दिन गाउँमा खेतीपाती, गोरुगाडा चलाउनेलगायतका कामसमेत रोक्ने चलन छ । विगतमा तराई क्षेत्रमा मलेरिया, महामारी तथा प्राकृतिक विपत्तिसँग जुध्दै आएको समुदायले सामाजिक एकता कायम राख्न यस्ता सांस्कृतिक परम्पराहरू विकास गरेको उहाँले उल्लेख गर्नुभयो ।

 

 

गर्मी मौसम सुरु हुने लु लाग्ने समयमा रोगव्याधि फैलिने सम्भावना बढी हुने भएकाले समुदायले खखडेहरा पर्वमार्फत प्रतीकात्मक रूपमा भूतप्रेत, रोगव्याधि तथा दुर्भाग्यलाई गाउँबाट हटाउने विश्वास राख्दै आएका छन । यसरी खखडेहरा पर्व केवल धार्मिक अनुष्ठानमात्र नभई समुदायको सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्परागत मूल्यलाई जोगाउने महत्त्वपूर्ण अभ्यासका रूपमा स्थापित भएको देखिन्छ ।

 

 

“सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यो पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त बनाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको छ”, पूर्वअध्यक्ष रानाले भन्नुभयो । आजका दिन अर्थात् खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

काठमाडौँ,    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिनुभएको छ ।बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गर्नुभयो । सांसद भूमिका सुब्बाले राष्ट्रपति...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ,  काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ,  प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर,  चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९