माग पूरा नभएसम्म वडा देखि सडक सम्म अवरुद्ध गर्ने चेतावनी/कुईरा नदी पुल निर्माण संघर्ष समितीद्वारा गाउँपालिकालाई ज्ञापनपत्र पेश

गाउँपालिकाको बजेट पर्याप्त नहुने भएकोले प्रदेश र संघीय सरकारले समेत बजेट विनियोजन गर्नुपर्ने : अध्यक्ष डगौरा थारुको भनाई

 

 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा पर्ने सेती लोक मार्ग सगै जोडिने कुईरा नदिमा पक्की पुल निर्माण, काँडा कुईरा नदीबाट नदी जन्य पदार्थ उत्खनन कार्य पुर्णरुपमा बन्द गर्नु पर्ने ,कटान नियन्त्रण तथा तटबन्ध गर्नका लागि कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितिले बर्दगोरिया गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो एक दशक यता मात्रै पनि कुइरा र काँडा नदिको कटानले सयौँ घरपरिवार विस्थापित भइसकेको र कयौँ बिघा खेतीयोग्य जमिन समेत बगरमा परिणत भएको र अझै पनि उक्त क्षेत्र निक्कै जोखिममा रहेकोले यथाशीघ्र तटबन्ध निमार्णको प्रबन्ध मिलाउन मगंलबार गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका अध्यक्ष रवि जनलाले बताउनु भयो ।उहाँका अनुसार, १२ गते शनिवार संघर्ष समितिको विषेश पहलमा यस वडा नं. ३ को खैरेनी चोक देखि सुरु भएको विशाल र्यालीमा उपस्थित भई सहभागी भएका आम जनसमुदाय, बिभिन्न संघ संस्था प्रतिनिधि, शिक्षक कर्मचारी, विद्यार्थी, बुद्दिजिवी समाजसेवी, ब्यापारीको संयुक्त र्याली बौनिया बजार परिक्रमा गरी कोणसभामा परिणत भई कुईरा नदीमा पुल निर्माणका लागि दबाब मुलक कार्य प्रस्तुत गरिएको थियो संयोजकका भनाई अनुसार आवश्यक छलफल गरी तीन दिन भित्र  निर्माण कार्य प्रारम्भ गर्न अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइएको छ ।चुरेफेँदी हुँदै कैलालीका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याउँदै आएको कुईरा र काँडा नदिले रानीकुण्डा,खैरेनी, र बुटकौवामा क्षति पुर्याएको संघर्ष समितिका उप-संयोजक पुष्पराज गौतमले जानकारी दिनुभयो । तीनै तहका सरकारमा सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको हालिमुहाली भएपनि नागरिकको समस्या समाधान भने नभएको संघर्ष समितिका सदस्य आस्विन बि कको आरोप छ । लामो समय देखि तीब्र कटान गरिरहेको कुईरा र काँडा नदिमा तटबन्ध निर्माणका लागि वडा तह र सरोकारवाला निकायले निरन्तर पहल गर्दा समेत उपलब्धी नदेखिएको  गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष करर्ने सुनारको भनाइ छ ।कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितीले बुझाएको ज्ञापन पत्र बुझ्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले गाउँपालिकाको बजेटले कुईरा र काँडा नदि तटबन्ध गर्न नसकिने भएकोले प्रदेश र संघीय सरकारले समेत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । प्राविधिक दृष्टिकोणले पूर्ण रूपमा तटबन्ध निर्माणका लागि  गाउँपालिकाको बजेट पर्याप्त नहुने गाउँपालिकाका अध्यक्ष डगौराको भनाइ छ । उहाँले वर्दगोरीयाको विकासका लागि लगत्तै प्रदेश र संघीय सरकार समक्ष डेलिगेशन जाने तयारीमा रहेको उल्लेख गर्नुभयो । बर्दगोरिया गाउँपालिका र संघर्ष समितिले संगसंगै विकास निर्माणका कार्यका लागि दबाब सृजना गर्नुपर्नेमा अध्यक्ष डगौराले जोडदिनु भएको छ ।कुईरा नदी पुल निर्माणका लागि गठित संघर्ष समितिले जनताको जिउधनको सुरक्षा गर्ने राज्यको पुर्ण दायित्व र जिम्मेवारी हो । प्रत्येक वर्ष चारैतिरबाट काँडाकुईरा नदीले घेरिएको यस वडाबाट नदीजन्य बस्तु उत्खनन भई बाढी पहिरो र भुक्षयको कारण वर्षेनी खेतीयोग्य जमिन नोक्सान भैरहेको यथार्थ हो र जसका कारण गत वर्ष बाढीको कारण बुटकौवा शान्तिटोलका जनता बिस्थापित हुन पुगे ।नदी जन्य बस्तु उत्खनन कार्य पुर्णरुपमा बन्द गरिनु पर्ने यस वडावासीको माग हो रहेको छ ।

जुनकुरा अति आवश्यक पनि भएकाले यस वडालाई चारैतिर बाट घेर्ने काँडा कुईरा नदीलाई पुर्णरुपमा रोकथाम नगरी यस क्षेत्रका जनताको जीउधनको सुरक्षा हुन सक्दैन भन्ने आम जनसमुदायको दृढ विस्वास रहेको हुदा बर्दगोरिया गाउँपालिका काँडा कुईरा नदी समेटेर निकालेको ठेक्का तत्काल रोकिनु पर्ने आम जनसमुदायको साझा निष्कर्ष भएकोले जनताको चाहना अनुरुप नै शासन गरिनु पर्ने लोकतान्त्रिक मुल्य मान्यता बमोजिम जनताका मागहरु पुरा गर्नु अनिवार्य भएकाले तत्काल काँडा कुईरा नदीको ठेक्का रोकिनू पर्दछ भनी ज्ञापन पत्रमा लेखिएको छ ।जनचाहना बमोजिम उक्त कार्य रोकिएन र जनताको माग सुनुवाइ भएन भने जस्तो सुकै मुल्य चुकाउन समेत तयार रहेकोले ३ दिन भित्रमा माग सम्बोधन गरियोस । हाम्रो माग प्रति उदासिन भई सम्बोधन नगरिएको खण्डमा आम जनसमुदायको बिशाल उपस्थितिमा वडा नं. ३ को कार्यालय र बर्दगोरिया गाउँपालिकाको कार्यालयबाट दैनिक गरिने सेवा प्रवाहमा हस्तक्षेप गरी बन्द समेत गरिने र आवश्यक परेको खण्डमा सार्वजनिक यातायात समेत बन्द गर्ने बृहत र्यालीमा उपस्थित आम जनसमुदायको निष्कर्ष रहेकोले तपसिलका ३ बुदे माग पत्र सहितको ज्ञापन पत्र पेश गरेकाछौं भनी संघर्ष समितिले लिखित ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुलाई हस्तान्तरण गरिएको छ ।

मागहरु
१ बर्दगोरिया गाउँपालिका वडा नं. ३ सेती लोकमार्ग अन्तर्गत रहेको कुईरा नदीमा पक्की पुल निर्माणमा पहल गरिनु पर्ने ।
२ . काँडा कुईरा नदीबाट नदी जन्य पदार्थ उत्खनन कार्य पुर्णरुपमा बन्द गर्नु पर्ने ।
३ काँडा कुईरा नदी तटबन्धनका लागी बिशेष पहल गरिनु पर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

तनहुँ,  जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९