बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ३ रानिकुण्डाका एक युवाको माछाको विष सेवन गर्दा मृत्यु भएको छ ।
आइतबार बेलुका माछाको विष सेवन गरेका २७ वर्षीय राजु बि कलाई उपचारका लागि बर्दगोरिया अस्पतालमा लगिएको थियो। उपचार सम्भव नभएपछि डाक्टरहरुले कोहल्पुर नेपालगन्ज अस्पतालमा लैजान सुझाव दिएका थिए।
उपचारका लागि कोहलपुर लिने क्रममा उनको बाटोमा नै मृत्यु भएको आफन्तले बताएका छन ।
विष सेवन गर्नुको कारण भने खुलेको छैन ।
मृतकको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
































































































































































