खगेन्द्र चौलागाई माके(क्रान्तिकारी)निकट अखिल(क्रान्तिकारी)को अध्यक्ष भए

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) निकटका विद्यार्थीहरुले अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला नेपालगञ्जमा भव्य कार्यक्रमबिच सम्पन्न गरेका छन् । माओवादी केन्द्र (क्रान्तिकारी) निर्माण अभियान सञ्चालन भएसँगै त्यहाँरहेका विद्यार्थी अगुवाहरुले राष्ट्रिय भेलाको तयारी गरीरहेका थिए ।

लामो समयदेखिको तयारीपछि उक्त राष्ट्रिय भेला सम्पन्न भएको हो । भेलाबाट विद्यार्थी आन्दोलनमा लामो समयदेखि नेतृत्व गरिरहेका युवा, सामाजिक व्यवस्था रुपान्तरणको अभियन्ता खगेन्द्र चौलागाई सर्वसम्मत रुपमा केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । उनी माके (क्रान्तिकारी) का केन्द्रीय सदस्य समेत हुन् ।

त्यस्तै भेलाले चौलागाईको नेतृत्वमा ५५ सदस्यीय अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय सदस्यहरुमा जनक बिष्ट (कालिकोट), विवेक शाह ठकुरी (जाजरकोट), जगत बम (दैलेख), दिपेन्द्र बिष्ट (रुकुम), ठाकुर डाँगी (सलयान), जनक केसी (रुकुम), पूणृबहादुर शाह (अछाम), दिपक उपाध्याय (दैलेख), विराज शाही (रुकुम), खगेन्द्र खत्री (सुर्खेत) लगाएत रहेका छन् ।

त्यस्तै उक्त भेलाबाट अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा रोशन भट्टराई (पर्वत), गणेश केसी (सलयान), कुसुम पन्थी (अर्घाखाँची), रतन बुढा (हुम्ला), कमल थापा (बर्दिया), टिकाराम थापा (बर्दिया), गणेश ओली (बर्दिया), रुपा सुनार (रुकुम), दवेल (रुकुम), विमला बोहोरा (कैलाली), डबल बोहोरा (बझाङ्ग), विक्रम बोहोरा (बझाङग), भुपेन्द्र ओली (सुर्खेत), मंगल तामाङ्ग (हुम्ला), बिवस भट्टराई (सुर्खेत), रेशम बिसुन्के (दैलेख), रमेश शाही (कालिकोट), दिलिप कार्कि (रुकुम) अञ्जली कमारी थारु (बर्दिया), कमल शाही (कालिकोट) लगाएत रहेका छन् ।  

अखिल (क्रान्तिकारी) को भेला आयोजक समितिको जिम्मेवारी सम्हालेका विद्यार्थी नेता खगेन्द्र चौलागाईको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष राष्ट्रिय भेलामा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकरा जैसी (लोकेश) को प्रमुख आतिथ्यता रहेको थियो । भेलमा माओवादी केन्द्र (क्रान्तिकारी) का सल्लाहकार शोभा आचार्य, गंगाराम थारु र स्थायी समिति सदस्य, केन्द्रीय सदस्यहरु, पार्टी निकटका विभिन्न जनवर्गिय संगठनका नेताहरु समेत आतिथ्यता रहेको थियो ।

भेलामा विभिन्न क्षेत्रबाट आएका विद्यार्थी प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलामा करिब पाँच दर्जन जति विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भौतिक दुरी र आकस्मिक रुपमा भेलाको मिति ठोस गरिएकाले सबै जिल्लाबाट विद्यार्थी नेता प्रतिनिधिहरुलाई सहभागि गराउँन नसकिएको भएपनि सम्पर्क, सल्लाह भैरहेको निर्वाचित अध्यक्ष चौलागाईले आफ्नो धन्यवाद मन्तव्यको क्रममा बताएका थिए ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष चौलागाईले आफ्नो संगठन निसर्त रुपमा आम विद्यार्थीहरुको हक, हित र अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको भन्दै संगठनको नीति, निर्देशनमा रहेर अघि बढाईएका सबै योजनाहरुमा सक्रिय रुपमा भूमिका निर्वाह गर्नका लागि संगठनका नेता, कार्यकर्ताहरुमा निर्देशन समेत दिए ।

अध्यक्ष चौलागाईले आफ्नो संगठनले राष्ट्रियता, जनतन्त्र र आम जनजिविकाको समस्याहरुमा समेत आवाज उठाउँदै पार्टी र संगठनको नेतृत्वमा हुने सबै कार्यक्रममा सक्रिय र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका थिए । उनले आफ्नो संगठन मिल्ने मुद्दाहरुमा अन्य संगठनहरु सँग समेत सहकार्य गर्दै अघि बढ्ने नीतिमा रहेको समेत जनाएका थिए ।

उक्त कार्यक्रमको प्रमुख आतिथिको आसनबाट बोल्दै माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका मानवजिवनमा अत्यावश्यक कुराहरु पुरागर्ने राज्यको दायित्व भित्र पर्ने भन्दै अहिले मुलुकमा दलाल संसदीय व्यवस्था रहेकाले ति आधारभूत आवश्यकताहरु राज्यले पुरा नगरेको बताए ।

महासचिव लोकेशले दलाल राज्यव्यवस्थाका कारण राज्यको दायित्व भित्र रहेका शिक्षा, स्वासथ्य, कृषि, व्यापार र रोजगार सबैतिर राज्यसंयन्त्रकै मिलेमतोमा व्यापार भैरहेको बताए । उनले मुलुकमा शिक्षामा स्वास्थ्यमा सबैतिर दुईखालको सेवा सुविधा वितरण भएको भन्दै त्यसले राजयको संस्थागत दलालीकरणर प्रष्ट देखिएको तर्क गरेका थिए ।

उनले मुलुकका हरेक क्षेत्र, पक्षमा दलालीकरण, भ्रष्टिकरण बढेको भन्दै हुनेखाने वर्गको लागि र सामान्य नागरिकको लागि राजयले नै अलग अलग ढंगको सेवा सुविधा वितरण गर्ने नीति लागुगरेकाले वर्तमान राज्यवयवस्था आम युवा, विद्यार्थी, कृषक, सुकुम्बासी, आदीवासीजनताजी, उत्पीडित वर्ग जनसमूदाय कसैको पनि हितमा नरहेको स्पाष्ट पारेका थिए ।

उनले युवाहरु नै परिवर्तनका संवाहक भएको भन्दै त्यसमा पनि युवा विद्यार्थी अरुभन्दा बौद्धिक, सचेत र नेतृत्वकर्ताको भूमिकामा इतिहासमा रहदै आएकाले अखिल (क्रान्तिकारी) को विभिन्न जिम्मेवारीमा आएका नेता युवा विद्यार्थीहरुले वर्तमान समाजको अवस्थालार्य गहिरो अध्यन गरेर अन्याय, अत्याचारु, दलालीकरण, राष्ट्रघात, जनघात लगाएतका सबै मुद्दामा आवाज उठाउनुपर्ने बताए ।

उनले भेलाको तयारीमा जुटेका सबै अगुवा विद्यार्थी नेताहरुलाई पार्टी केन्द्रको तर्फबाट धन्यवाद सहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले अखिल (क्रान्तिकारी) अरुभन्दा पहिले हरेक अन्याय, अतयाचार, कुसंस्कार, भ्रष्टाचार, देशभाथिको बेईमानीका बिरुद्ध बौद्धिक ज्वाला भएर संर्घषको कमाण्डार बन्नुपर्ने भन्दै निर्देशन समेत दिएका थिए ।

उक्त भेलामा माओवादी केन्द्र (क्रान्तिकारी) निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष दुर्गादेवि खत्री, प्रेस सेन्टर नेपालका अध्यक्ष मनराज कठायत, युवा संघ नेपाल (क्रान्तिकारी) का संयोजक सूर्यबहादुर खत्री (सुमन), मुश्लिम राष्ट्रिट मुक्ति मोर्चाका संयोजक स्माईल गुजर लगाएत विभिन्न संघ संगठनका नेताहरुले शुभकामना सहित सुझाव सल्लाहहरु दिएका थिए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

काठमाडौँ,  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम...

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

काठमाडौँ,  निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

काठमाडौँ,  गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १०...

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…

खलङ्गा (जुम्ला),  चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९