समाजमा बाँच्नै समस्या छ/अपांगता भएका व्यक्ति भन्छन्

धनगढी/शुक्रबार ३०औं अन्तर्राष्ट्रिय अपांगता दिवस विश्वभर मनाइएको छ। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै आए पनि डडेल्धुराका अपांगता भएका व्यक्तिहरूका समस्या भने ज्यूँका त्यूँ छन्। अपांगता दिवसले आफूहरूको पीडामा मल्हम लगाउन नसकेको उनीहरूको गुनासो छ। 

राम नेपाली (नाम परिवर्तित) अमरगढी नगरपालिकाका स्थानीय बासिन्दा हुन्। उनीसँग ख (निलो) वर्गको अपांगता परिचय पत्र छ। उनले मासिक एक हजार ६ सय रुपैयाँ पाउँछन्। अपांगता भएकै कारण समाजमा अपहेलित भएर बस्नु परिरहेको उनको गुनासो छ। 

 

‘परिचयपत्र मात्र पाएको छु। स्थानीय तहमा जनप्रतिनिधि आउनुभन्दा अगाडि नै मेरो परिचय पत्र बनेको हो। तर, अमरगढी नगरपालिकाले स्थानीय तहमा परिचयपत्र वितरण कार्यविधि-२०७६ बनाएको भन्ने सुनेको छु,’ उनले भने, ‘तर, फिल्डमा गएर काम गर्दा साथीहरूले परिचयपत्र नै नपाएको गुनासो गर्छन्। स्थानीय सरकारले हाम्रो क्षमता अभिवृद्धिका लागि अहिलेसम्म कुनै पनि कार्यक्रम गरेको छैन्।’

उनी मात्र होइन्, उनी जस्तै अन्य अपांगता भएका व्यक्तिको अवस्था पनि उस्तै छ। श्याम अवस्थी (नाम परिवर्तित) अमरगढी नगरपालिकाकै बासिन्दा हुन्। उनी स्थानीय स्तर वा समुदायमा हुने कार्यक्रममा समावेशीताको आधारमा सहभागी हुँदा आमन्त्रण गरे पनि आफ्ना कुरा राख्दा होच्याउने, हेप्ने कार्य गरिने बताउँछन्। 

उनी भन्छन्, ‘न हाम्रो स्थानीय तहमा अपांगता मैत्री भवन बनेका छन्। नत अपांगताको हितका लागि कानुन बनेको छ। नत हामीले सहज रूपमा जीवन निर्वाह गर्न सिप मुलक तालिमको व्यवस्था गरिएको छ।’ 

अपांगता भएका व्यक्तिको सहज रूपमा जीवन निर्वाह गर्न नसकेको गुनासो छ। नियमित आय हुने अपांगता नभएका व्यक्तिको तुलनामा अपांगता  भएका व्यक्तिको आय निकै कम छ। अपांगता  नभएका व्यक्तिको तुलनामा अपांगता भएका व्यक्तिको सेवामा पहुँच पनि पुगेको छैन। उनीहरूको सहायक सामग्रीमा न्युन पहुँच छ। 

जिल्ला अपांग कल्याण समिति डडेल्धुराको तथ्यांकअनुसार अमरगढी नगरपालिकामा कुल अपांगता भएका व्यक्तिहरूको संख्या ४०७ जना रहेका छन्। यीमध्ये १३४ जनाले मात्रै अपांगता परिचय पत्र पाएको अमरगढी नगरपालिकाको तथ्यांकमा छ। 

अमरगढी नगरपालिकाको तथ्यांकअनुसार २०७६–०७७ सालदेखि हालसम्म अपांगता भएका व्यक्ति १३४ जना  छन्। नगरपालिकामा 'क', 'ख', 'ग' र 'घ' गरि चार वर्गका अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ। जसमा 'क' वर्गमा २९ जना, ख वर्गमा ६१ जना, 'ग' वर्गमा ३५ जना र 'घ' वर्गमा नौ जना छन्। 

अमरगढी नगरपालिका नगरकार्यपालिकाको अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि–२०७५ जारी भएपनि अधिकांश अपांगता भएका व्यक्तिले परिचयपत्र पनि पाउन सकेका छैनन्। सरकारी तथा गैर सरकारी कार्यालयको सेवा लिँदा पनि उनीहरू माथि हेर्ने दृष्टिकोण नै फरक रहने गरेको छ। 

सेवा लिँदा सहज रूपमा सेवा लिन पाउनु पर्ने भए पनि त्यस्तो व्यवस्था नगरिएको पाइएको हो। स्थानीयस्तर वा समुदायमा हुने कार्यक्रममा सहभागिता नै नगराउने गरेको पाइएको छ। शर्मिला पन्त (नाम परिवर्तित) काअनुसार सहज रूपमा जीवन निर्वाह गर्न नै असहज छ। एकातिर परिवारमा बोझ भएर बस्नु परिरहेको छ भने अर्कोतिर समाजबाट अपहेलित हुनु परिरहेको छ।

‘स्थानीय तहले हामीहरूका लागि नीति निर्माण गरेको छ भन्ने सुनेपनि त्यसले जीवनमा खासै प्रभाव पारेको छैन्। मेरो त अहिलेसम्म अपांगता परिचयपत्रसमेत छैन्। अब गाउँमा आउँछन् भन्ने सुनेको छु। खोइ कहिले आउँछन्,’ उनले भनिन्, ‘विद्यालयमा पनि साथीहरूले हेयको दृस्टिकोणले हेर्छन्। हामीहरूले सहज रुपमा शिक्षा पनि लिन सकेका छैनौं।’

विद्यालयमासमेत शिक्षकले अरु विद्यार्थीसरह आफूलाई पनि पढाउने गरेकोले पठनपाठनमा समेत समस्या हुने गरेको उनको भनाइ छ। अपांगता  भएका व्यक्तिको जीवन स्तर र अन्य व्यक्तिको तुलनामा बेरोजगारी दर उल्लेख्य छ। 

गणेश बोहोरा (नाम परिवर्तीत) को ६ जनाको परिवार छ। दुईवटा छोराछोरी विद्यालयमा पढ्छन् भने घरमा वृद्ध आमा र श्रीमती छन्। गणेशको ‘क’ नम्बरको परिचयपत्र छ। सोही कारण उनले मासिक तीन हजार रूपैयाँ पाउँछन्। तर, मासिक आउने तीन हजार रूपैयाँले खान लगाउन नपुग्ने उनी बताउँछन्। 

‘तीन हजार रूपैयाँ आउँछ। छोरछोरीको कापी किताब ल्याउनै पुग्दैन । परिवार पाल्नको लागि खेति किसानी गरिरहेको छु’, उनले भने, ‘सुरूमा छोराछोरीलाई बोर्डिङमा पढाएको शुल्क तिर्न समस्या हुन थालेपछि सरकारीमै लगाए। अहिले श्रीमती र म दुबै खेतीपाती गर्दैछौं।’

स्थानीय सरकारले आफूलाई सहयोग हुने सीप नसिकाएको उनको आरोप छ। ‘जिल्ला अपांग कल्याण समितिबाट नेपालगञ्ज च्याउ बनाउने तालिम सकेर आएको यता, आर्थिक अभाव टार्न अझै सकिएन । सीप मात्र सिकाएर हुँदैन, आर्थिकको समेत व्यवस्था गर्दिनुपर्छ,’ उनले भने।

लाल नेपाली (नाम परिवर्तीत) अहिले पशुपालन गरिरहेका छन्। उनको फार्ममा बाख्रा, कुखुरा छन्। पशुपालन गरेर नै उनले सात जनाको परिवार पाल्दै आएका छन्। पशुपालन गरेर नै छोराछोरीको पढाई अनि घर खर्च चलाउँदै आएको उनको भनाइ छ। 

‘पशुपालन गरेर घर खर्च चलिरहेको छ। केही बचत पनि गरिरहेको छु। सुरुवातमा तालिम लिएको थिएँ। अरूमा निर्भर हुनुभन्दा पशुपालन गरेर आत्मनिर्भर बनौं भन्ने लाग्यो,’ उनले भने, ‘अनि पशुपालन सुरू गरेँ। अहिले राम्रै कमाइ भइरहेको छ।’ 

अपांगता भएको कारण पालेको कुखुरा, बाख्रा बिक्री गर्न समस्या भइरहेकोले स्थानीय सरकारले ध्यान दिएमा सहज हुने उनको भनाइ छ। स्थानीय सरकारले पनि अपांगता भएका व्यक्तिको लागि सीप मुलक कार्यक्रम ल्याएर आत्मनिर्भर बनाउनु पर्ने उनको भनाइ छ।

के भन्छ अमरगढी नगरपालिकाका ?

अमरगढी नगरपालिकाले भने अपांगताको क्षेत्रमा काम गरिरहेको बताएको छ। नगर उपप्रमुख संगीता भण्डारीका अनुसार नगरकार्यपालिकाले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि–२०७५ बनाएको र सोहीअनुसार कामसमेत भइरहेको जिकिर गरिन्। 

उनले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरणका लागि धेरै पटक टोलटोलमा गएको समेत बताइन्। उनले देश संघीयतामा जानुभन्दा पहिले चौतारामा गएर परिचयपत्र वितरण गरिएको कारण कतिपय वास्तविक अपांगता भएका व्यक्ति परिचयपत्र पाउन बञ्चित भएको  बताइन्।

‘भनसुनको भरमा परिचयपत्र वितरण गरियो। सामान्य अपांगता भएका व्यक्तिले भनसुनको भरमा ‘क’ वर्गको परिचयपत्र पाए। सोही कारण अहिले नविकरण गर्दैनन्,’ उनले भनिन्, ‘धेरैजसो अपांगता भएका व्यक्तिले क र ख वर्गको परिचयपत्र भए मात्र स्वीकार गर्ने अन्यथा परिचयपत्र नै नलिने अवस्था छ। अन्य पाउने सेवा सुविधाहरूलाई बेवास्ता गर्ने रूपैयाँलाई मात्र सेवा सुविधासँग तुलना गर्ने गरेको कारण समस्या भएको छ।’

न्युज कारखाना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण

गोदावरी (कैलाली), धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा बनेका हुन् ।   पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र...

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा (बाँके),  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ ।हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो ।   उहाँका...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन,  गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो ।गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९