समाजमा बाँच्नै समस्या छ/अपांगता भएका व्यक्ति भन्छन्

धनगढी/शुक्रबार ३०औं अन्तर्राष्ट्रिय अपांगता दिवस विश्वभर मनाइएको छ। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै आए पनि डडेल्धुराका अपांगता भएका व्यक्तिहरूका समस्या भने ज्यूँका त्यूँ छन्। अपांगता दिवसले आफूहरूको पीडामा मल्हम लगाउन नसकेको उनीहरूको गुनासो छ। 

राम नेपाली (नाम परिवर्तित) अमरगढी नगरपालिकाका स्थानीय बासिन्दा हुन्। उनीसँग ख (निलो) वर्गको अपांगता परिचय पत्र छ। उनले मासिक एक हजार ६ सय रुपैयाँ पाउँछन्। अपांगता भएकै कारण समाजमा अपहेलित भएर बस्नु परिरहेको उनको गुनासो छ। 

 

‘परिचयपत्र मात्र पाएको छु। स्थानीय तहमा जनप्रतिनिधि आउनुभन्दा अगाडि नै मेरो परिचय पत्र बनेको हो। तर, अमरगढी नगरपालिकाले स्थानीय तहमा परिचयपत्र वितरण कार्यविधि-२०७६ बनाएको भन्ने सुनेको छु,’ उनले भने, ‘तर, फिल्डमा गएर काम गर्दा साथीहरूले परिचयपत्र नै नपाएको गुनासो गर्छन्। स्थानीय सरकारले हाम्रो क्षमता अभिवृद्धिका लागि अहिलेसम्म कुनै पनि कार्यक्रम गरेको छैन्।’

उनी मात्र होइन्, उनी जस्तै अन्य अपांगता भएका व्यक्तिको अवस्था पनि उस्तै छ। श्याम अवस्थी (नाम परिवर्तित) अमरगढी नगरपालिकाकै बासिन्दा हुन्। उनी स्थानीय स्तर वा समुदायमा हुने कार्यक्रममा समावेशीताको आधारमा सहभागी हुँदा आमन्त्रण गरे पनि आफ्ना कुरा राख्दा होच्याउने, हेप्ने कार्य गरिने बताउँछन्। 

उनी भन्छन्, ‘न हाम्रो स्थानीय तहमा अपांगता मैत्री भवन बनेका छन्। नत अपांगताको हितका लागि कानुन बनेको छ। नत हामीले सहज रूपमा जीवन निर्वाह गर्न सिप मुलक तालिमको व्यवस्था गरिएको छ।’ 

अपांगता भएका व्यक्तिको सहज रूपमा जीवन निर्वाह गर्न नसकेको गुनासो छ। नियमित आय हुने अपांगता नभएका व्यक्तिको तुलनामा अपांगता  भएका व्यक्तिको आय निकै कम छ। अपांगता  नभएका व्यक्तिको तुलनामा अपांगता भएका व्यक्तिको सेवामा पहुँच पनि पुगेको छैन। उनीहरूको सहायक सामग्रीमा न्युन पहुँच छ। 

जिल्ला अपांग कल्याण समिति डडेल्धुराको तथ्यांकअनुसार अमरगढी नगरपालिकामा कुल अपांगता भएका व्यक्तिहरूको संख्या ४०७ जना रहेका छन्। यीमध्ये १३४ जनाले मात्रै अपांगता परिचय पत्र पाएको अमरगढी नगरपालिकाको तथ्यांकमा छ। 

अमरगढी नगरपालिकाको तथ्यांकअनुसार २०७६–०७७ सालदेखि हालसम्म अपांगता भएका व्यक्ति १३४ जना  छन्। नगरपालिकामा 'क', 'ख', 'ग' र 'घ' गरि चार वर्गका अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ। जसमा 'क' वर्गमा २९ जना, ख वर्गमा ६१ जना, 'ग' वर्गमा ३५ जना र 'घ' वर्गमा नौ जना छन्। 

अमरगढी नगरपालिका नगरकार्यपालिकाको अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि–२०७५ जारी भएपनि अधिकांश अपांगता भएका व्यक्तिले परिचयपत्र पनि पाउन सकेका छैनन्। सरकारी तथा गैर सरकारी कार्यालयको सेवा लिँदा पनि उनीहरू माथि हेर्ने दृष्टिकोण नै फरक रहने गरेको छ। 

सेवा लिँदा सहज रूपमा सेवा लिन पाउनु पर्ने भए पनि त्यस्तो व्यवस्था नगरिएको पाइएको हो। स्थानीयस्तर वा समुदायमा हुने कार्यक्रममा सहभागिता नै नगराउने गरेको पाइएको छ। शर्मिला पन्त (नाम परिवर्तित) काअनुसार सहज रूपमा जीवन निर्वाह गर्न नै असहज छ। एकातिर परिवारमा बोझ भएर बस्नु परिरहेको छ भने अर्कोतिर समाजबाट अपहेलित हुनु परिरहेको छ।

‘स्थानीय तहले हामीहरूका लागि नीति निर्माण गरेको छ भन्ने सुनेपनि त्यसले जीवनमा खासै प्रभाव पारेको छैन्। मेरो त अहिलेसम्म अपांगता परिचयपत्रसमेत छैन्। अब गाउँमा आउँछन् भन्ने सुनेको छु। खोइ कहिले आउँछन्,’ उनले भनिन्, ‘विद्यालयमा पनि साथीहरूले हेयको दृस्टिकोणले हेर्छन्। हामीहरूले सहज रुपमा शिक्षा पनि लिन सकेका छैनौं।’

विद्यालयमासमेत शिक्षकले अरु विद्यार्थीसरह आफूलाई पनि पढाउने गरेकोले पठनपाठनमा समेत समस्या हुने गरेको उनको भनाइ छ। अपांगता  भएका व्यक्तिको जीवन स्तर र अन्य व्यक्तिको तुलनामा बेरोजगारी दर उल्लेख्य छ। 

गणेश बोहोरा (नाम परिवर्तीत) को ६ जनाको परिवार छ। दुईवटा छोराछोरी विद्यालयमा पढ्छन् भने घरमा वृद्ध आमा र श्रीमती छन्। गणेशको ‘क’ नम्बरको परिचयपत्र छ। सोही कारण उनले मासिक तीन हजार रूपैयाँ पाउँछन्। तर, मासिक आउने तीन हजार रूपैयाँले खान लगाउन नपुग्ने उनी बताउँछन्। 

‘तीन हजार रूपैयाँ आउँछ। छोरछोरीको कापी किताब ल्याउनै पुग्दैन । परिवार पाल्नको लागि खेति किसानी गरिरहेको छु’, उनले भने, ‘सुरूमा छोराछोरीलाई बोर्डिङमा पढाएको शुल्क तिर्न समस्या हुन थालेपछि सरकारीमै लगाए। अहिले श्रीमती र म दुबै खेतीपाती गर्दैछौं।’

स्थानीय सरकारले आफूलाई सहयोग हुने सीप नसिकाएको उनको आरोप छ। ‘जिल्ला अपांग कल्याण समितिबाट नेपालगञ्ज च्याउ बनाउने तालिम सकेर आएको यता, आर्थिक अभाव टार्न अझै सकिएन । सीप मात्र सिकाएर हुँदैन, आर्थिकको समेत व्यवस्था गर्दिनुपर्छ,’ उनले भने।

लाल नेपाली (नाम परिवर्तीत) अहिले पशुपालन गरिरहेका छन्। उनको फार्ममा बाख्रा, कुखुरा छन्। पशुपालन गरेर नै उनले सात जनाको परिवार पाल्दै आएका छन्। पशुपालन गरेर नै छोराछोरीको पढाई अनि घर खर्च चलाउँदै आएको उनको भनाइ छ। 

‘पशुपालन गरेर घर खर्च चलिरहेको छ। केही बचत पनि गरिरहेको छु। सुरुवातमा तालिम लिएको थिएँ। अरूमा निर्भर हुनुभन्दा पशुपालन गरेर आत्मनिर्भर बनौं भन्ने लाग्यो,’ उनले भने, ‘अनि पशुपालन सुरू गरेँ। अहिले राम्रै कमाइ भइरहेको छ।’ 

अपांगता भएको कारण पालेको कुखुरा, बाख्रा बिक्री गर्न समस्या भइरहेकोले स्थानीय सरकारले ध्यान दिएमा सहज हुने उनको भनाइ छ। स्थानीय सरकारले पनि अपांगता भएका व्यक्तिको लागि सीप मुलक कार्यक्रम ल्याएर आत्मनिर्भर बनाउनु पर्ने उनको भनाइ छ।

के भन्छ अमरगढी नगरपालिकाका ?

अमरगढी नगरपालिकाले भने अपांगताको क्षेत्रमा काम गरिरहेको बताएको छ। नगर उपप्रमुख संगीता भण्डारीका अनुसार नगरकार्यपालिकाले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि–२०७५ बनाएको र सोहीअनुसार कामसमेत भइरहेको जिकिर गरिन्। 

उनले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरणका लागि धेरै पटक टोलटोलमा गएको समेत बताइन्। उनले देश संघीयतामा जानुभन्दा पहिले चौतारामा गएर परिचयपत्र वितरण गरिएको कारण कतिपय वास्तविक अपांगता भएका व्यक्ति परिचयपत्र पाउन बञ्चित भएको  बताइन्।

‘भनसुनको भरमा परिचयपत्र वितरण गरियो। सामान्य अपांगता भएका व्यक्तिले भनसुनको भरमा ‘क’ वर्गको परिचयपत्र पाए। सोही कारण अहिले नविकरण गर्दैनन्,’ उनले भनिन्, ‘धेरैजसो अपांगता भएका व्यक्तिले क र ख वर्गको परिचयपत्र भए मात्र स्वीकार गर्ने अन्यथा परिचयपत्र नै नलिने अवस्था छ। अन्य पाउने सेवा सुविधाहरूलाई बेवास्ता गर्ने रूपैयाँलाई मात्र सेवा सुविधासँग तुलना गर्ने गरेको कारण समस्या भएको छ।’

न्युज कारखाना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९