सुखड/नेपाल कम्युनिस्ट पार्टी ( विप्लव ) निकट जनपत्रकार संगठन नेपालीको प्रथम जिल्ला भेला घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता, मानव अधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मुल नाराका साथ भएको भेलाले राजन जैगडीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । <
कमिटीको उपाध्यक्ष पुस्पा साउद, सचीव टिकाराम साउद र सदस्यमा क्रमशः दिनेश बोहरा, अनिल चौधरी,पृथ्वी लुहार, प्रविन वडायक, दिर्घ शाही र उत्तम पाध्याय सहित
२ सदस्य पछी थप्ने गरि नयाँ जिल्ला कार्य समितीको चयन गरेको छ । नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले भेलाको उद्घाटन गरेका थिए । भेलाको उद्घाटन गर्दै पुनले अहिलेको समय सुचना साम्राज्यको युग भएको भन्दै विश्व युद्ध विज्ञान र प्रविधिको लडाइँ अन्तरिक्ष केन्द्रित भैरहेको भन्दै बर्तमानमा नेपालको पत्रकारिता भित्तेपत्रिका लेखनबाट विकास हुँदै सुचना समाचार अन्लाईन डिजिटल युगमा पुगेको उल्लेख गरेका थिए ।
सुचनाको सम्प्रेषणमा प्रिन्ट हुदै डिजिटल प्रविधिमा अगाडि बढेको भन्दै विपन्न ग्रामीण जनताको जनजिविकाको बास्तविकता उजागर गर्न र पार्टीको विचार सबै वर्गको पहुचमा पुर्याउन पत्रकारहरुको महत्त्व रहेको पुनले बताएका थिए । जनताको आवाज पिडा बोल्ने जनपक्षीय पत्रकार बन्न शुभकामना दिदै पुनले भने पत्रकारहरु विभिन्न विचार पक्षमा वर्गको रक्षामा केन्द्रित बिभाजित रहेकोले जनता जनपक्षीय सत्यतथ्य समाचार बाहिर प्रचारमा लौजानु पर्ने आवश्यकता रहेको बताएका थिए । संगठनका जिल्ला संयोजक लोकेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका प्रदेश संयोजक प्रकाश थापा र प्रेस सेन्टर नेपाल केन्द्रीय सचिव भिम विक लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पुस्पा साउदको स्वागत गरेको कार्यक्रमको संचालन राजन जौगडी गरेका थिए ।





























































































































































