बौनियाँ,कैलाली । जिल्लाको बर्दगोरीया गाउँपालिका वडा न:-४ मा रहेको सुन्दरपुर ग्रामीण बिद्युत सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
शनिवार संस्थाका अध्यक्ष धर्म सिह बुढाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरीया गाउँपालिका वडा नं ४ का वडा सदस्य पुष्कर बि.क रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा श्री माध्यामिक बिद्यालय कोटातुल्सिपुरका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर भुल रहेका थिए ।
कार्यक्रममा संस्थाका सचीव केवल चलाउनेले आर्थिक वर्ष २०७७/०७८ को करिब १७ लाख ६० हजार ५ सय ७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अतिथि शिव पार्वती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष रामबहादुर कठरिया,सुन्दरपुर ग्रामीण बिद्युत सहकारी संस्थाका पूर्व अध्यक्ष प्रकाश दमाई र सुन्दरपुर ग्रामीण बिद्युत सहकारी संस्थाका सञ्चालक छत्र वहादुर ओली लगायतका अतिथिहरु उपस्थिति रहेका थिए।
संस्थाकी कोषाध्यक्ष तुल्सी सिजापतीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन उपभोक्त लाल बहादुर भुलले गरेका थिए ।

































































































































































