बौनियाँ,कैलालीको माेहन्याल गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष देबि दत्त उपाध्यायले पदवहालि गरेका छन। उनले पदवहालि गरेसंगै महत्त्वपूर्ण जनपक्षीय निर्णय समेत गरेका छन । १ जनयुद्धकालिन घाईते,अपांगहरुकाे परिचय पत्रहरुकाे आधारमा उपचारकाे ब्यबस्था मिलाउने । २ सहिद बेपत्ता द्वन्द्व पिडित घाइते अपांग तथा सिमान्तकृत बिपन्न परिवारका जेहेन्दार बिध्यार्थिलाई उच्च शिक्षा अध्यनकाे लागि एउटा छात्रा र एउटा छात्रकाे लागि गाउँपालिकाले काेटा निर्धारण गरि निशुल्क पढाईने। ३.निशुल्क बालि तथा पशुपंछि बिमा लागू गर्ने।४ निशुल्क स्वास्थ बिमा कार्यक्रम लागू गर्ने तथा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमै पुगि बितरण गर्ने ब्यबस्था मिलाउने ।५ सबै बस्तीहरुमा सडक सञ्जालकाेपहुँच पुर्याउने । माेहन्याल गाउँपालिकाका आम नागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने उदेश्यले सुगरखाल स्वास्थ्य चाैकिर पण्डाैन स्वास्थ्य चाैकि खिमडिलाई १५ सैयाकाे अस्पतालकाे रुपमा बिकसित गर्ने ।७ भुमिहिन दलित,भुमिहिन सुकुम्बासी तथा अब्यबस्थित बसाेबासिहरुलाई लालपुर्जा बितरण गर्ने निर्णय समेत गरे। उनी नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन।
मोहन्याल गाउँपालिकाको प्रमुखमा बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ४१९ मतान्तरले विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरे।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                



































                    
                    
                    
                    
                    



























































































































