बाैनिया,सहयोगी वेलुवा युवा क्लब बर्दगाेरिया गाउपालिका वडा नं ५ काे क्लब उद्घाटन कार्यक्रम सनिवार सम्पन्न भएको छ । शनिवार एक समारोह बीच सहयोगी वेलुवा युवा क्लबका अध्यक्ष महेश रावलको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर र गाउपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) ले पानसमा दिप प्रज्वलन संगै गर्नु भएको थियो । साे अवसरमा क्लब उद्घाटन संगै बर्दगाेरिया गाउपालिकाका नवनिर्वाचित अध्यक्ष , उपाध्यक्ष संगै वडा नम्बर ५ का निर्वाचित प्रतिनिधि हरुलाइ स्वागत तथा सम्मान समेत गरिएकाे थियाे ।
कार्यक्रममा बिशिस्ट अतिथिको आसनबाट बाेल्दै गाउपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप)ले क्लब खाेल्नु मात्र ठुलो कुरा नभएर त्यसले समाजमा फरक छाप छाेड्न सफल हुनुपर्ने कुरामा जाेड दिनु भएको थियाे । साे अवसरमा उपाध्यक्ष गिरिले अगाडि भने क्लबमा संलग्न युवा हरु परिवर्तनगामि हुनुपर्ने बताउदै साे मार्गमा यदि सहयाेगि युवा क्लब अगाडि बडेमा गाउपालिका र आफ्नो तर्फबाट हुन सक्ने सहयोग निरन्तर रहने कुरा उद्धघाेष गर्नु भएको थियाे ।
कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवरले युवा क्लब भनेको युवा हरुकाे संगठन भएको नाताले युवाहरुले समाज परिवर्तन मा सकरात्मक भुमिका खेल्नुपर्ने कुरामा जाेड दिनु भएको थियाे । साे अवसरमा अगाडि बाेल्दै अध्यक्ष कुवरले पछिल्लो समयमा युवाहरु गलत कार्यमा संलग्न हुदै गैरहेकाले साे कुराबाट सहि मार्गमा अगि बडाउन युवाहरुकाे भुमिका अहम हुने भएकोले त्यस कार्यमा सहयाेगि यसवा क्लब सफल हुनेमा आफु विश्वस्त रहेको कसरा उल्लेख गर्नु भएको थियाे ।
कार्यक्रममा समाजसेवी हरु नर बहादुर कार्कि , निर्मल चाैधरि , जन्मजय रावत लगायतले शुभकामना मन्तव्य व्यत्त गर्नु भएको थियाे ।
क्लबका उपाध्यक्ष पारस बि.क काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन प्रवेश कार्कीले गरेका थिए।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































