वडा अध्यक्ष गिरी द्धारा पदभार ग्रहण : जनताको हितमा ९ निर्णय

कैलाली – स्थानीय निकायकाे निर्वाचन २०७९ बाट निर्वाचित माेहन्याल गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरीले साेमबार पदभार ग्रहण गर्नु भएको छ । साेमबार वडा कार्यलयमा भएको एक कार्यक्रमका बिच वडा अध्यक्ष गिरीले पदभार ग्रहण गर्नु भएको हाे । 

 

गिरीकाे वडा अध्यक्षका रुपमा याे दाेस्राे कार्यकाल हाे । यस अघि स्थानिय निकायका निर्वाचन २०७४ मा समेत गिरी वडा अध्यक्ष काे रुपमा निर्वाचित हुनु भएको थियो । साे कार्यकालमा गिरिले फल्लेबिसाैना सम्म पिच सडक,बिधुत ,खानेपानी लगायतका सेवा प्रवाह गरेर चर्चामा आउनु भएको थियो ।

साेमबार पदभार ग्रहण संगै गिरिले विभिन्न ९ वटा निर्णयहरु समेत गर्नु भएको छ ।

 

🔴जसमा वडा भित्रका गाउ वस्तीमा सडक संजालको सुविधा गरीने र दिर्घकालीन सडक निर्माण गरी केही ठाउ हरुमा सडकहरु कालोपत्रे गरीने ,

🟠सवै घरहरुमा एक घर एक धारा खानेपानीको अवधारणा ल्याइ सवै वस्तीहरुमा खानेपानीको समस्या समाधान गरीने ,

🟡सिचाई को व्यवस्थापन गरी फलेविसौना लगायतका गाउहरुमा आवश्यक डिप वोरीङ् सहीतको सिचाई व्यवस्थापन ,

🔵वडा  भित्रका सवै विद्यालयहरुमा शैक्षिक सुधार लगायत भौतिक संरचनाहरुको उचित व्यवस्था गरीने

🔵स्वास्थ्य संस्थाहरुलाई व्यवस्थीत गरी फलेविसौना स्वास्थ्य ईकाई लाई स्वास्थ्य चौकीको रुपमा संचालन गरी रांगामलेखा र ताम्चामा स्वास्थ्य ईकाई संचालन गरीने

🟣आवश्यकक्ता अनुसार गाउघर क्लीनीक संचालन गरीने

 

🟤कृषि तर्फ आधुनीक तरीकाले कृषि संचालन गर्ने र सम्भावित फलफुल क्षेत्रहरुमा पकेट क्षेत्र घोषर्णा गरी कृषकहरुको स्तर उन्नती गरि, पशुपालन तर्फ व्यवसायीक पशुपालन गर्न प्रोत्साहन गर्ने र वजेटको उचीत व्यवस्थापन गर्ने 

⚫सामाजिक सुरक्षा भत्ता घरघरमा गई उपलब्ध गराउने गरी गरीवी न्यूनिकरण गर्ने र विपद,द्घन्द पिडीत, अपाङ्ग व्यक्तीहरुलाई राहातको व्यवस्थापन गर्ने 

 

⚪सेवाग्राहीलाई फलेविसौना र सिरखुरे बाट कार्यालय संचालन गरी सेवा दिईने र सावामा घुम्ती सेवा संचालन गरी सेवा प्रवाह गरीने , मोहन्याल गा.पा. ३ नं. भित्र सवै ठाउमा संचार,विद्युतीकरण र ऐलानी जग्गा लालपुर्जाको लागी आवश्यक पहल गरी भ्रष्टचार लाई सुन्य बनाई सवैलाई समान व्यभार गरी सेवा प्रभाव गरीने र वडा कार्यालयको संरचनालाई पनी आवश्यक अनुसार व्यवस्थापन गरीने निर्णय गरियकाे छ ।

साथै साे अवसरमा निर्वाचित वडा सदस्यहरूले समेत पदभार ग्रहण गर्नु भएको थियोे ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९