बर्दगोरियाका अध्यक्ष कुँवर चर्चामा:निर्बाचित भएकाे ३५ दिनमै राजमार्ग कालो पत्रे: रोकिएको खाने पानी घर घरमा पुग्दै

कैलाली – सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको सडकपुर बौनियाँ बजार पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा परेका खाल्टाखुल्टी मर्मत सम्भार नहुँदा यात्रा जोखिम पूर्ण बन्दै गएको थियो । विगत लामो समयदेखि पूर्व पश्चिम राजमार्ग क्षेत्रमा परेका ठुल्ठुला खाल्टाखुुुल्टीमा पानी जम्ने समस्या अधिकांश पैदल यात्री सवारी साधनले दुःख भोग्दै आएका थिए । घाम लागेको दिन धूलो उड्ने र पानी पर्दा खाल्डामा पानी जम्ने र हिलोको समस्या रहेको स्थानीय व्यापारीहरुले वैज्ञानिक मिडियालाई बताउनु भयो ।सम्बन्धित निकायले ध्यान नदिँदा चालक तथा यात्रु र सडक नजिकको बस्तीलाई पनि समस्या पर्ने गरेको हो। सो राजमार्गमा नव निर्वाचित बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले निर्बाचित हुने बितिकै सडक डिभिजन कार्यालय लाई जानकारी दिनु भएको थियो । सम्बन्धित निकायलाई जानकारी दिएको ३५ दिन भित्रमा सडकमा कालो पत्रे हुन लागेको छ।सडक कालो पत्रे हुन थाले पछि बर्दगोरिया गाउँपालिका बासिन्दा मात्र नभई साे राजमार्ग हुदै ओहर दोहोर गर्ने यात्रु समेत खुशी भएका छन् ।यस्तै सडकपुर बौनियाँ खानेपानी आयोजना बर्षौ देखी अलपत्र परेको खाने पानी पनि अध्यक्ष कुँवरको पहलमा तिब्रता पाएको छ ।

सरकारको ७० प्रतिशत र स्थानीयवासीको ३० प्रतिशत लागत सहभागितामा काम गर्ने गरी नेपाल सरकार, निर्माण कम्पनी र उपभोक्ता समिति बिच २०७३ साल वैशाख ५ गते त्रिपक्षीय सम्झौता भएको थियो । सो खाने पानी करिब १४ करोड ५० लाख लागतको खानेपानी आयोजना हो ।

सो आयोजनाबाट बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ तथा वडा नम्बर ४ को मुडा बजारका गरी करिब ३५ सय घरधुरी लाभान्वित हुने बताईको छ । 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१