Baigyanik Media

Advertisement

Skip Ad

वीपी जन्मजयन्ती चित्रकला प्रतियोगितामा टीकापुरका रमेश कडायत प्रथम, २५ हजार १ सय ५ रुपैयाँ नगद पुरस्कार प्रदान   

लम्की / लम्कीमा सम्पन्नं वीपी जन्मजयन्ती चित्रकला प्रतियोगितामा ९ जना प्रतिस्प्रधिलाई पछि पादै टीकापुरका रमेश कडायत प्रथम हुन सफल भएका छन । प्रतियोगितामा टीकापुरक प्रतियोगि दिपक आउजीले द्धितिय स्थान प्राप्त गरेका छन् भने टिकापुरकै गणेश कठायत तिृतिय हुन सफल भएका छन् । प्रतियोगिताको सान्तवना पुरस्कार भने धनगढीकी रश्मी बोगटीले हात पार्न सफल भएकी छन । प्रतियोगितामा प्रथमहुनेलाई २५ हजार १ सय ५ रुपैयाँ, द्वितीयलाई १५ हजार १ सय ५ रुपैयाँ, तृतीयलाई ११ हजार १ सय ५ रुपैयाँ र सान्त्वना हुने प्रतिस्प्रधिलाई ५ हजार १ सय ५ रुपैयाँ नगद पुरस्कार र प्रसंशापत्र समेत सम्मान गरीएको थियो ।आज भएको अन्तीम चरण तथा छनोट प्रतियोगितामा १० जना प्रतिस्प्रधि दिपक आउजी टीकापुर, गणेश कठायत टीकापुर, केशवराज चौधरी जोशीपुर,महेश चौधरी लम्कीचुहा, ममता मगर धनगढी, नवीन घर्तीमगर दैलेख, पूजा भण्डारी लम्कीचुहा, रमेश कडायत टीकापुर, रश्मी बोगटी धनगढी, सुमेश बुढाथोकी लम्कीचुहा ले प्रस्तीस्प्रर्धामा भाग लिएका चित्रकला प्रतियोगिता मूल्यांकन समितिका संयोजक जीतबहादुर आउजीले जानकारी दिएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद प्रसाद कोईरालाको गत भदौ २४ गते पर्न गएको  १०७ औं जन्मजयन्तीको अवसरमा आयोजना गरी गरिएको प्रतियोगिता कोरोना भाईरसका कारण तत्कालीन समयमा कैलाली जिल्लामा निषेधाज्ञा भएकाले सो कार्यक्रम आज लम्कीमा गरिएको नेपाल तरुणदल लम्कीचुहा नगर समितिका अध्यक्ष रमेश विष्टले  जानकारी दिनु भएको छ  ।भाद्र २४ गते विपी जयन्तीका दिन औपचारिक कार्यक्रमका बीचमा प्रतिस्प्रधिलाई छनौट र पुरस्कार वितरण गर्ने निर्णय भएपनि जारी निषेधाज्ञाका कारणले छनौट प्रक्रिया लम्बिएको नगर अध्यक्ष बिष्टले बताउनु भयो  । कोरोना भाइरस कोभिड १९ का कारण महामारीबाट बच्न घरमै बस्नुपर्ने परिस्थितिमा समयको सदुपयोग गर्दै युवाहरुलाई सिर्जनशिल बन्न प्रतियोगिताले सहयोग गर्ने नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि टेक नाम्जालीको विश्वास रहेको छ ।   नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय कोईराला प्रतिको सम्मानसहित गाउँघरमा लुकेका तथा अवसरबाट बन्चित युवाहरुको प्रतिभाहरुलाई उजागर गर्ने मुख्य उद्वेश्यले प्रतियोगितको आयोजना गरिएको नेपाल तरुण दल लम्कीचुहा नगरकार्य समिति अध्यक्ष रमेश बिष्टले जानकारी दिएका छन ।

 

नेपाल तरुणदल लम्कीचुहाका नगर सभापति रमेश विष्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य तथा महासमिति सदस्य महोनसिंह राठौर रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथीमा नेपाली कांग्रेसका कैलाली जिल्ला सभापति नरनारायण शाह मनु र नेपाली कांग्रेसका महासमिति सदस्य तथा संविधान सभासदस्य मानबहादुर महतो रहनु भएको थियो ।कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य, पुर्ब महासमित सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय समितिका पदाधिकारी नगर तथा गाउँकार्य समितिका सभापति तथा पदाधिकारी, बिभिन्न वडाका वडासभापति, बिभिन्न गाउँ तथा वडा अध्यक्षहरु लगायत बिभिन्न भातृ संगठन, सुबेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी दजनौ मानिसहरु नेपाली कांग्रेसमा समेत प्रबेश गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाली कांग्रेस क्षेत्र नम्बर २ मा पार्टि भित्र बिभाजन आयजस्तो गरी एकै मञ्चमा नआउदा आउदा दिनमा पार्टि कतातिर जाने र भविश्य के हुने भन्ने चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेसका नेता टेक नामजाली मगरले गर्नु भएका कार्यक्रमको आयोजना नेपाल तरुणदल लम्कीचुहा नगर कार्यसमितिको आयोजनामा सम्पन्नं भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

किसानलाई धान काट्ने चटारो

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९