साथीलाई कोरोना लाग्यो, अब के गर्ने होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरा हरु के के

मानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो। तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ।

कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन्रु

अब मानिलिउँ, तपाईंलाई संक्रमणको शंका लाग्यो वा परीक्षण गराउँदा पोजेटिभ नै देखियो। यस्तो अवस्थामा होम आइसोलेसनमै बस्न चाहनुहुन्छ भने तपाईंले के–के कुरामा ध्यान दिनुपर्छरु

अहिले हामी निषेधाज्ञाबीच पनि तरकारी वा अन्य सरसामग्री किन्न बिहान–बेलुकी पसल गइरहेका छौं। यसरी पसल गएर तरकारी, फलफूल वा अन्य खिद्रीमिद्री किन्दा त्यो सामानबाटै कोरोना सर्छ कि सर्दैनरु

कोरोना महामारी बेला यस्ता प्रश्नमा सर्वसाधारणलाई ठूलो चासो छ। सांसद गगन थापाले केही दिनअघि फेसबुक संवादका क्रममा यस्तै प्रश्न सरूवारोग विशेषज्ञ डा। अनूप सुवेदीसँग सोधेका थिए।

सबभन्दा पहिला संक्रमित व्यक्तिसँग कति दिनअगाडि सम्पर्क भएको व्यक्तिले सतर्क हुनुपर्छ भन्ने कुरा गरौं।

डा। सुवेदीले यसमा दुइटा कुरा औंल्याए।

पहिलो, लक्षण देखिनुभन्दा ४८ घन्टा अगाडिबाट संक्रमण सर्ने डर हुन्छ। भन्नुको मतलब, कसैलाई आज लक्षण देखिएको हो भने उसले आजभन्दा ४८ घन्टा अर्थात् दुई दिन अगाडिदेखि अरूलाई भाइरस सार्न सक्छ।

दोस्रो, कुनै व्यक्तिमा लक्षण देखिएको छैन तर परीक्षण गर्दा पोजेटिभ आयो भने उसले स्वाब झिक्नुभन्दा ४८ घन्टा अर्थात् दुई दिनअघिबाट संक्रमण सार्ने सम्भावना हुन्छ।

‘हामी जनस्वास्थ्यमा यिनै दुइटा आधार मानेर काम गर्छौं,’ डा। सुवेदीले फेसबुक संवादमा भने।

उनले अझ विस्तार लगाए, ‘तपाईंले कुनै साथीलाई एक साताअघि भेट्नुभएको थियो। त्यो साथीलाई हिजोदेखि ज्वरो आउन थाल्यो र आज परीक्षण गर्दा पोजेटिभ देखियो भने तपाईं डराउनुपर्दैन। तर, त्यो साथीलाई दुई दिनअघि मात्र भेटेको हो भने अब तपाईं पनि जोखिममा पर्नुभयो। तपाईंलाई पनि संक्रमण सरेको हुनसक्छ। यस्तो अवस्थामा तपाईंले आफ्नो पनि परीक्षण गराउनुपर्छ।’

यति हुँदाहुँदै त्यो संक्रमित साथीलाई परैबाट हाई(हेलो गरेको हो भने डराउनु पर्दैन।

 

डा। सुवेदीले यसलाई अझ प्रस्ट पार्न अमेरिका, सिंगापुर, कोरिया लगायत देशमा प्रचलित व्यवहारबारे जानकारी दिए। जसअनुसार, तपाईंले संक्रमित व्यक्तिसँग ६ फिटको दुरीमा रहेर १५ मिनेट बिताउनुभयो भने तपाईं जोखिममा पर्नुभयो। तर, तपाईंले ५ मिनेट मात्र बिताउनुभएको छ र ३ फिटको दुरीमा बसेर गफ गर्नुभएको छ भने तपाईंलाई जोखिम कम हुन्छ।

‘अर्को कुरा, तपाईंहरू दुवैले मास्क लगाउनुभएको छ भने जोखिम अझै कम हुन्छ,’ उनले भने।

उनको यो कुराबाट के थाहा हुन्छ भने, संक्रमित व्यक्तिसँग कति दिनअगाडि कति समय बिताएको थियो, कति दुरीमा बसेको थियो, मास्क लगाएको थियो कि थिएन, हात मिलाएको थियो कि थिएन लगायत कुराले जोखिम निर्धारण गर्छ।

‘यसबाट हामीले व्यक्तिगत दुरी कायम राख्नु र मास्क लगाउनु कति जरूरी छ भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘हामी नेपालीहरूले मास्कको सवालमा खरो व्यवहार देखाउनैपर्छ। आफूले जतिसुकै मान्नुपर्ने मान्छे भए पनि तपाईं कृपया मास्क लगाउनुस् अनि मात्र हामी कुरा गरौं भन्न सक्नुपर्छ। कसैले नाकमुनि मास्क लगाएको छ भने उसलाई राम्ररी लगाउनुस् नभए म तपाईंसँग कुरा गर्दिनँ भन्नुपर्छ।’

अब हामी कुरा गरौं, होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराहरूको।

डा। सुवेदीका अनुसार आइसोलेसनका दुइटा प्रयोजन छन् — एउटा, आफूलाई संक्रमण भएको छ भने लक्षण बढ्दै गएको छ कि छैन भनेर निगरानी गर्ने। अर्को, त्यसले अरू मान्छेलाई सर्ने सम्भावना नहोस् भनेर ख्याल राख्ने।

होम आइसोलेसनमा बस्दा यी दुवै कुरामा ध्यान दिनुपर्छ।

आफूलाई संक्रमणको लक्षण बढ्दै गएको छ कि छैन भनेर हेर्न नियमित ज्वरो नाप्ने गर्नुपर्छ। सँगसँगै, रगतमा अक्सिजनको मात्रा ठिक छ कि छैन र अरू लक्षणहरू कत्तिको देखिएका छन् भनेर पनि अनुगमन गरिरहनुपर्छ।

अचेल अक्सिजन सहज रूपमा नाप्ने मेसिन औषधि पसलहरूमै किन्न पाइन्छ। यस्तो मेसिन प्रयोग गरेर दिनको दुई–तीनचोटि अक्सिजन नाप्नुपर्ने उनी सुझाउँछ।

‘रगतमा अक्सिजनको मात्रा ९४ वा त्योभन्दा माथि छ भने हामी नर्मल भन्छौं। ९३ वा त्योभन्दा कम आए अक्सिजन कम भयो भनिन्छ,’ उनले भने।

कोभिड र अरू रोगमा अक्सिजन घट्दा देखिने लक्षण पनि फरक भएको उनले बताए।

‘अरू रोगमा सास फेर्न गाह्रो हुँदै गएपछि अक्सिजन घटेको थाहा हुन्छ। कोभिडमा भने तपाईंलाई सास फेर्न गाह्रो भइसकेको हुँदैन, तर अक्सिजन कम भइसकेको हुन सक्छ। यसमा अक्सिजन निकै कम भइसकेपछि मात्र लक्षण देखिन सक्छ। यस्तो बेला अस्पताल जाँदा ढिलो हुन सक्छ,’ उनले भने।

होम आइसोलेसनमा बस्दा कोठा कस्तो छ भन्ने पनि महत्वपूर्ण हुन्छ।

संक्रमणको शंका भएका वा लक्षण देखिएका बिरामी होम आइसोलेसनमा बस्ने हो भने एक्लै कोठामा बस्ने सुविधा हुनुपर्छ। त्यो कोठामा अरू मान्छे आउन नपर्ने व्यवस्था हुनुपर्छ। कोठामा राम्ररी हावा खेल्न सक्ने गरी झ्याल हुनुपर्छ।

‘त्यो कोठा अर्को मान्छेले प्रयोग गर्नु हुँदैन। कुनै कारणले त्यहाँ छिर्नुपर्‍यो भने एकदमै थोरै समय बस्नुपर्छ र दुवैले मास्क लगाउनुपर्छ,’ उनले भने।

शौचालय, बाथरुम र हातमुख धुने ठाउँ पनि कोठाभित्रै हुनुपर्ने र एक्लैले प्रयोग गर्नुपर्ने उनले बताए।

‘सबैकहाँ यस्तो सुविधा नहुन सक्छ। शौचालय, बाथरुम अरू मान्छेले पनि प्रयोग गर्नुपर्‍यो भने विशेष होसियारी अपनाउनुपर्छ। मास्क लगाएर मात्र जानुपर्छ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘अहिले बजारमा डिस्इन्फेक्टेन्ट झोलहरू पाइन्छन्। संक्रमित वा संक्रमणको शंका भएका व्यक्तिले शौचालय वा बाथरुम प्रयोग गरिसकेपछि धाराहरू डिस्इन्फेक्ट गर्नुपर्छ।’

उनले यो पनि भने, ‘नेपालीका लागि होम आइसोलेसन जटिल छ। जसको घरमा एउटा मात्र शौचालय–बाथरुम छ र सबैले त्यही प्रयोग गर्नुपर्छ भने उनीहरूका लागि होम आइसोलेसनमा बस्न सजिलो छैन।’

यति मात्र होइन, होम आइसोलेसनमा बस्दा अस्पताल नजिक छ कि छैन भन्ने पनि ख्याल राख्नुपर्छ।

बिरामीलाई अक्सिजन कम हुनेबित्तिकै बढीमा आधा घन्टाभित्र अस्पताल पुगिसक्नुपर्छ। त्यसैले, अस्पताल टाढा भएका घरमा होम आइसोलेसनमा बस्नु राम्रो विकल्प नभएको उनी बताउँछन्। दुर्गम हिमाली वा पहाडी भेगमा पनि अस्पताल टाढा हुने हुँदा होम आइसोलेसनमा नबस्न उनी सुझाउँछन्।

सामुदायिक आइसोलेसनमा बस्दा वा व्यक्ति आफैं कुनै होटलमा गएर आइसोलेसन बस्दा पनि यी कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले यति जानकारी दिएपछि सांसद थापाले सोधे, ‘मलाई लक्षण देखिएको छैन तर परीक्षण गराउँदा पोजेटिभ आयो भने के गर्नेरु तत्काल अस्पताल गइहाल्ने हो किरु’

जवाफमा डा। सुवेदीले भने, ‘परीक्षण पोजेटिभ आयो भने माथि भनेजस्तै आफ्नो स्वास्थ्य अवस्थामा ध्यान दिनुपर्‍यो। ज्वरो आएको छ कि छैन, अक्सिजन कम भएको छ कि छैन र अरू लक्षणहरू देखिएका छन् कि छैनन् भनेर आफूले आफैंलाई नियमित अनुगमन गर्नुपर्‍यो। अक्सिजन कम भयो वा ज्वरो धेरै आउन थाल्यो भने अस्पताल गइहाल्नुपर्‍यो।’

‘यस्तो अवस्थामा व्यक्तिले आफ्नो मात्र ख्याल राखेर भएन, आफूबाट अरूलाई संक्रमण नसरोस् भनेर पनि उत्तिकै सतर्क हुनुपर्‍यो,’ उनले भने, ‘होम आइसोलेसनमा बस्न माथि भनेजस्तै सुविधाहरू छन् कि छैनन् विचार गर्नुपर्छ। छ भने घरमै बसे हुन्छ। नभए सरकारले भनेको ठाउँमा वा आफैंले व्यवस्था गरेर छुट्टै ठाउँमा आइसोलेसनमा बस्नुपर्छ।’

धेरै मान्छे कोरोना परीक्षण गराउँदा पोजेटिभ आयो भने मात्र सतर्क हुन्छन्। डा। सुवेदी भने स्वाब परीक्षण गर्न दिएपछि नै सतर्कता अपनाउनुपर्ने बताउँछन्।

‘कोही मान्छे परीक्षण गर्न जानु भनेकै कुनै कारणले आफू संक्रमित भएको डर लागेर हो। यस्तोमा नतिजा पर्खने सवालै आउँदैन। स्वाब दिन गएपछि नै ऊ अरूबाट पन्छिएर बस्नुपर्छ,’ उनले भने।

अब हामी तेस्रो विषयमा कुरा गरौं – तरकारी, फलफूल वा अन्य खिद्रीमिद्री किन्दा त्यो सामानबाटै कोरोना सर्छ कि सँदैनरु

यसमा डा। सुवेदी भन्छन्, ‘सामानबाट सिधै कोरोना सर्ने होइन। किन्ने वा बेच्ने व्यक्तिले मास्क लगाएको छैन र दुईमध्ये एक जना संक्रमित छ भने उनीहरूले सास फेर्दा हावाबाट सर्ने हो।’

उनका अनुसार ९५ प्रतिशत मान्छेलाई हावाबाटै संक्रमण भएको छ।

‘हामीले किन्ने सामानमा संक्रमित व्यक्तिको सासको छिटा परेको छ र त्यो सामान हामीले छोएर त्यही हातले नाकमुख छुँदा पनि कोरोना सर्न सक्छ। तर यसरी सर्ने सम्भावना एकदमै कम हुन्छ,’ उनले भने।

यस्तो खालको संक्रमणबाट बच्न किनमेलमा जाँदा मास्क लगाएर मात्र जाने गर्नुपर्छ। बिक्रेतालाई पनि राम्ररी मास्क लगाउन लगाउनुपर्छ।

‘पसलबाट किनेर ल्याएको तरकारी, फलफूल पखाल्दा वा काट्दा नाकमुख छुनु हुँदैन। पखालेपछि वा काटेपछि हात राम्ररी धुनुपर्छ,’ उनले भने, ‘पकाउने बेला त तातोले भाइरस मरिहाल्छ।’

डा। सुवेदीले कोरोना संक्रमणबाट बच्न जापानको अनुभवले तयार पारेको एउटा फर्मुलाको पनि चर्चा गरे।

त्यो फर्मुला हो– थ्रीसी।

पहिलो– भीडभाडबाट टाढै बस्ने ९क्राउड०। जति धेरै भीडभाड भयो, संक्रमण फैलिने डर उति बढी हुन्छ।

दोस्रो– बन्द कोठामा नजाने ९कन्फाइन०। हावा खेल्ने सुविधा नभएको बन्द कोठामा मान्छेले सास फेर्दा त्यसका छिटा हावामा धेरै समय तैरिरहन्छन्। यसले संक्रमणको जोखिम बढी हुन्छ।

तेस्रो– नजिक–नजिक नबस्ने ९क्लोज कन्ट्याक्ट०।

‘हामीकहाँ सबभन्दा बढी संक्रमण सर्ने भनेको मान्छेहरू नजिक–नजिक बसेर हो। अरू बेला मास्क लगाउनेहरू पनि सँगै बसेर चिया पिउँदा मास्क खोल्छन्। त्यस्तो बेला भाइरस सर्ने जोखिम बढी हुन्छ,’ उनले भने।

‘हामीले अहिलेसम्म खोक्दा वा हाच्छिउँ गर्दा भाइरसका कणहरू निस्कन्छन् भन्ने सुनेका छौं। तर, ठूल्ठूलो स्वरले बोल्दा पनि भाइरसका कणहरू निस्कन्छन्। त्यसैले, जतिसक्दो अरूसँग दुरी राख्नुपर्छ। सँगै बसेर खाजा खान हुँदैन,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । आज बिहान १०ः०० बजे सम्म ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ ।     समानुपातिकमा नेपाली कांग्रेसले ११ हजार ४५६, नेपाल कम्युनिष्ट पार्टी...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९