सुदूरपश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्काको पहलमा लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई खेलकुद सामग्री हस्तान्तरण

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ का खेलाडीहरु लाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।सुदुर पश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्का को पहलमा लिटिल स्टार ट्रेनिङ्ग सेन्टर बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी लाई खेलकुद सामग्री सहयोग गरिएको छ ।अछामको साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पूर्व भलिबल खेलाडी श्री लक्ष्मी प्रसाद शर्मा  बाट  रु १००००।( हजार बराबरको ६ पिस भलिबल सहयोग गर्नु भएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद समितिका सदस्य चित्र भट्ट बाट रु २०००।-हजार, साइनिङ स्टार युवा कलव का अध्यक्ष भेष राज जैशी बाट एक पिस भलिबल, डडेलधुरा जिल्ला बहुमुखी क्याम्पसका स्वयु सभापति श्री जगत एयर बाट एक पिस भलिबल, बैतडी जिल्ला ने।बि।संघ सदस्य श्री धीरज चन्द्र बाट एक पिस भलिबल सहयोग गर्नुभएको अनमोल अनलाईन टेलिभिजन लाई कप्तान खड्काले जानकारी दिनुभएको हो ।बर्दगोरिया गाउँपालिका वडा न। ३ का खेलाडीहरु लाई प्रोत्साहन गर्न खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।

 

 

बिहीबार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका वडा न।३ मा सुदुर पश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्काले लिटिल स्टार ट्रेनिङ्ग सेन्टर लाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा खड्काले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यबाद समेत दिनुभएको थियो । कप्तान खड्का बताउनु हुन्छ गाउँ ठाउँ देश राष्ट्रलाई चिनाउने खेलकुद नै भएकाले खेलकुद सबै अभिभावकले बालबालिकालाई स्वास्थ्यको लागि खेलेर राष्ट्रको लागि खेल भन्दै देशलाई चिनाउने बेला आएको बताउनु हुन्छ कप्तान खड्का बताउनुहुन्छ आफूले सिकेको शीप साना साना बालबालिकालाई सिकाउन पाउँदा खुसी भएको समेत बताउनुभयो।खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले खेल खेल्नुपर्ने बताउनुभयो सबै नागरिक सँग एउटा न एउटा सीप हुने भएकाले जोसँग जुन सिप छ लुकाएर नराख्नुस समेत बताउनुभयो।हाम्रो अबको मान्यता स्थानीय स्तर बाटै राष्ट्रीय खेलाडी उत्पादन हुनुपर्छ भन्ने हो त्यही मान्यताका साथ खेल सामग्री प्रदान गरेका छौ उनले भने ।लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई खेलकुदका माध्यम बाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले लिटिल स्टार ट्रेनिङ्ग सेन्टरलाई सहयोग गरिएको बताईएको छ ।

    राष्ट्रको विकास र आर्थिक उन्नति गर्नका लागि               आजभोलि खेलकुद क्षेत्र महत्त्वपूर्ण

 

कुनै पनि राष्ट्रको विकास र आर्थिक उन्नति गर्नका लागि आजभोलि खेलकुद क्षेत्र महत्त्वपूर्ण र अपरिहार्य बनिसकेको छ। खेलमा सहभागिताले सामुदायिक स्वास्थ्य र उर्वरतामा समेत उन्नति गदर्छ। साथै चरित्रमा अनुशासन बन्न सहयोग गर्छ। खेल नै यस्तो विषय हो जसले विभिन्न समुदाय, जात, वर्गलाई एकै स्थानमा राखेर एकताबद्धसमेत गराउँद छ। को ठूलो को सानो, को बलवान को कमजोर, को धनी को गरिब यस्तो केही पनि हेर्दैन खेलले। यही खेल देशको आर्थिक उन्नतिका लागि एउटा खम्बा बन्न सक्छ। मुलुकलाई साँचिच्कै सम्वृद्ध बनाउने हो भने नेपालमा ठूल्ठूला प्रतियोगिता आयोजना हुनुपर्दछ।

ठूल्ठूला प्रतियोगिताको आयोजनाले त राष्ट्रका लागि कुनै योजनाको पूर्वाधारमा विकास गर्न मद्दत गरिरहेको हुन्छ। त्यसबाट थप रोजगारी दिन सकिन्छ। विदेशमा यात्रा गराएर विभिन्न देशका व्यक्तिसँग सम्पर्क बढाउँछ खेलले। साथै देश–देशबीचमा पनि यसले घनिष्ठता बढाउँछ। अहिलेको उदाहरणका लागि दक्षिण कोरिया र उत्तर कोरियाबीच भएको वार्ताले पनि खेलको महत्त्व बढाएको छ। उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने हिउँदे ओलम्पिकमा सहभागिता जनाउने बताएको छ। जब कि यी दुई कोरिया राजनीति दृष्टिले परम शत्रु मुलुक हुन्।

तर, सबैभन्दा ठूलो विषय भनेको खेलले देशलाई आर्थिकरूपमा पनि समृद्ध बनाउँछ। यानिकि देशको आर्थिक विकास गर्न खेलको भूमिका महत्त्वपूर्ण हुन्छ। तर, यसका लागि खेलसँग प्रायोजकको सम्बन्ध जोडिनुपर्छ। अनि मात्रै खेलकुदमा आर्थिक उन्नति हुन्छ र जसको प्रत्यक्ष फाइदा राष्ट्रले लिन सक्नुपर्दछ। नेपालमा खेलकुद क्षेत्र व्यावसायिक हुने क्रम अहिले ह्वात्तै बढेको छ। देशको आर्थिक उन्नति लागि सकारात्मक विषय पनि बनेको छ।

 

नेपाललाई खेलकुदबाट आर्थिक समृद्धि गर्ने हो भने विदेशमा कस्तो योजना बनेको छ त्यसको सिको गर्नु आवश्यक छ। हामी धेरै टाढा पनि जानु छैन। छिमेकी राष्ट्र भारतमा क्रिकेट लोकप्रिय छ। यही लोकप्रियताका कारण क्रिकेटलाई त्यहाँको राज्यस्तरबाटै सहयोग गरिरहेको छ।

 

उनीहरूले क्रिकेटबाट आम्दानी पनि गरिरहेको छ। खेलकुद मन्त्रालयले खेलकुदमा सुविधा बढाइरहनेमै ध्यान केन्द्रित गरेको छ। यस्तो नेपालको खेलकुद मन्त्रालयले गरेको देखिँदैन। यसैलाई हेरेर आगामी नयाँ सरकारले खेलकुदमा सुविधा दिएर आम्दानी गर्ने माध्यम बनाउनुपर्ने पहिलो प्राथमिकतामा राख्नुपर्छ।

 

भारतमा क्रिकेटबाहेक हकी, फुटबल, ब्याडमिन्टन, कबड्डीलाई व्यावसायिकता बनाएर प्रतियोगिता गराइरहेको छ। भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल)को सफलतापछि फुटबलमा पनि विदेशी खेलाडी भित्त्याएर इन्डियन सुपर लिग (आईएसएल) को प्रयोग गर्यो। यसले पनि सफलता हासिल गरेको छ। रंगशालामा भरिभराउ दर्शकले भारतलाई कति धनी बनाइरहेको छ भन्ने एक सानो उदाहरण हो। तर, नेपालमा यस्तो हुन सकिरहेको छैन।

 

 

 

अर्को सामाजिक सञ्जालले पनि देशको आर्थिक उन्नति गर्न ठूलो भूमिका खेल्न सक्छ। नेपालमा सामाजिक सञ्जालमा यस्तो भएको देखिँदैन। जब ठूला प्रतियोगिता हुन्छन् त्यतिबेला सामाजिक सञ्जाल नेपालमा प्रेरक बनेको देखिँदैन। जब कि यसबाट पनि धेरै फाइदा लिन सकिन्छ भन्ने कसैले पनि हेक्का गर्न सकेको छैन। देशमा ठूला प्रतियोगिता हुँदा सामाजिक सञ्जालबाट फाइदा यसरी लिन सकिन्छ।

 

जस्तैः मान्छेले टिकट किन्ने, खेलकुद ब्रान्डका उत्पादन किन्न, रेस्टुरेन्ट जाने, टिभी हेर्ने आदि पर्छ। ट्राभल कम्पनीहरू तथा अन्यले प्रतियोगिताको समयमा ज्यादाभन्दा ज्यादा लाभ लिन सकिन्छ। यो भनेको राष्ट्रलाई नै आर्थिक टेवा दिनु हो।

 

प्रतियोगिता नहुँदा कस्तो समस्या हुन्छ भन्ने समस्याबाट पनि नेपाल गुज्रिएको थियो। जस्तै माओवादीको द्वन्द्वकालमा नेपालमा कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। त्यतिबेला नेपालको खेल र खेलाडी मारमा परेका थिए। देशलाई आर्थिकरूपमा पछाडि परेको थियो। नेपालकै छिमेकी राष्ट्र पाकिस्तानमा समेत खेल हुन नसक्दा आर्थिकरूपमा पछि परेको छ। सन् २००८ मा आतंककारी आक्रमणपछि पाकिस्तानमा त्यहाँको लोकप्रिय खेल क्रिकेटका कुनै पनि ठूला प्रतियोगिता पनि भएका छैनन्।

 

ठूल्ठूला प्रतियोगिताले आर्थिक स्थिति कमजोर भएका राष्ट्रलाई कति फाइदा गरेको हुन्छ। यसले देशको आर्थिक वृद्धि दर ह्वात्तै बढाइदिन्छ। सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपलाई उदाहरणका रूपमा लिन सकिन्छ। सो विश्वकपले त्यहाँको व्यावसाय आर्थिकरूपले धेरै अगाडि बढेको थियो। यहाँसम्म कि स्थानीय खेलाडीका लागि समेत आम्दानी गराएको थियो। यसैले नेपालमा ठूल्ठूला प्रतियोगिता हुन आवश्यक छ।

 

अर्को नेपालमा रोजगारीको समस्या छ। त्यस्तै खेल सामग्री उत्पादन गर्ने कम्पनी कम छन्। यदि राज्यस्तरले सहयोग गरेमा खेल सामग्री बनाउने कम्पनी स्थापना गर्न सकिन्छ। यस्ता कम्पनी स्थापना गराउने हो भने कयौं बेरोजगारले रोजगारी प्राप्त गर्नेछन्। बेरोजगार कम हुने भनेको पनि राज्यलाई नै आर्थिक समृद्धि बनाउने हो। यतातिर ध्यान जाने नीति अहिलेसम्म बनेको छैन। अबचाहिँ बन्नुपर्छ यसमा ढिलो गर्नुहुँदैन।

 

अन्तमा खेलकुद जोगाउन पनि कोस खडा गर्नैपर्छ। यो रकम खेल र खेलाडीका लागि प्रयोगमा आउनुपर्दछ। खेलाडी आर्थिकरूपमा बलियो बनाएमात्रै खेलकुद जोगिन्छ। खेलकुद जोगिने भनेको राष्ट्रलाई आर्थिक तवरले सशक्त बनाउने र राष्ट्रको सम्मान अन्तर्राष्ट्रियमा समेत पुग्ने हो। अर्को खेलकुदलाई पनि शिक्षा प्रणालीकै एक अंगको रूपमा विकास गरिनुपर्दछ। सबैभन्दा ठूलो काम भनेको नेपालका कुना काप्चामा खेलकुद प्रतियोगिता सञ्चालन गरिनुपर्दछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन,  चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ ।यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले छ हजार ९९२...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९