बौनिया- प्रथम प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिग २०७८(बिएफएल सिजन १) को तयारी तिब्र पारिएको छ ।
बालबाटिका क्रीकेट लिगबाट निकै परिचीत बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले पारस्परिक सद्भाव शैक्षिक, विकास लैङ्िगक समानता एवम् स्वास्थ्यका लागि खेल भन्ने मुल नारासहित पहिलो संस्करणको प्रतियोगिता अन्तरगत फुटबल लिग ०७८ को आयोजना गरेको हो । बिधालयले तयारी स्वरुप सनिवार बाट विद्यार्थीहरुलाई अभ्यास गराउन सुरु गरेको छ ।
बिधालयले रानिकुन्डा स्थित मैदानमा दिउँसो ३:३० बजे देखि छात्र /छात्रा हरुलाई अभ्यास गराउन थालेको हो । अभ्यास गर्न पाउँदा आफुहरु निकै हषिर्त भएको विद्यार्थीहरुले बताएका छन । खेल्नको लागि मात्र नभई शरीरलाई स्वस्थ राख्न अभ्यास आवश्यक पर्ने हुदा बालबाटिका फुटबल लिगले राम्रो काम गरेको उनिहरुले बताएका छन ।
बिहिवार बौनियामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी दिएको बिधालयले सनिवारबाट आफ्ना खेलाडी विद्यार्थीहरुको अभ्यास सुरु गरेको हो । विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए । उनले तत्कालको लागि नयाँ सोच र नविनतम चाहाना बमोजिम फुटबल प्रतियोगिताको तयारी गरिएको बताए । तयारी स्वरुप सनिवार नै बिधालयएले जिल्ला भरिका बिधालयहरुलाई टिम समाबेश पत्र पठाएको छ । पत्र नपुगेका बिधालयहरुले समाचारकै माध्याम बाट पनि बिधालयलाई सहभागी गराउन सकिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।























































































































































